मुटुरोगबाट जोगिन खानपिन र जीवनशैलीको महत्त्व


काठमाण्डौ, २९ भाद्र, २०७७ । खानपिन र जीवनशैलीमा सुधार ल्याएर ८० प्रतिशत भन्दाबढी मुटु र रक्तनली सम्बन्धी रोगहरुबाट बच्न सकिन्छ । मुटुरोगले समस्त मानवजातिलाई नै आÏनो चपेटामा लिराखेको बेलामा, खानपिन र जीवनशैलीमा सुधार ल्याउनुलाई नै यो रोगको रोकथामको सर्वोक्तम उपाय मानिन्छ ।

डा. ओम मुर्ति अनिल
बरिष्ठ मुटुरोग विशेषज्ञ

उच्चरक्तचाप, मधुमेह, उच्चकोलेस्ट्रोल, मुटुरोग आदिको लागि प्रयोग गरिने औषधिहरुले रक्तचाप, सुगर वा कोलेस्ट्रोल मध्ये एकलाई मात्र नियन्त्रण गर्दछ । अर्थात सुगरको औषधिले प्रेसर घटाउदैन र पे्रसरको औषधिले सुगर घटाउदैन । तर खानपिन र जीवनशैलीको असर सुगर, रक्तचाप, कोलेस्ट्रोल, तौल, मुटु, मस्तिष्क, हाडजोर्नी र मानसिक अवस्था लगाएत सम्पूर्ण स्वास्थ्यमै सकारात्मक परिवर्तन गर्ने भएकोले प्रत्येक व्याक्तिले रोगको नियन्त्रणको लागि र रोग हुनबाट बच्न समेत औषधि भन्दा खानपिन र जीवनशैलीमै बढी जोड दिनु आवश्यक हुन्छ ।

श्रीमद्भागवत गीतामा भगवान श्रीकृष्णले भन्नु भएको छः

“युक्ताहारविहारस्य युक्तचेष्टस्य कर्मसु ।
युक्तस्वप्नावबोधस्य योगो भवति दुःखहा ।। १७ ।।

यसको अर्थ जुन व्यक्तिको आहार, निद्रा, कर्म र जीवनशैली राम्रो र अनुशासित हुन्छ, उसले योगाम्यासद्वारा सम्पूर्ण संसारिक दुःखबाट मुक्त हुनसक्छ ।

नेपालको शहरी क्षेत्रमा र विशेष गरेर बालबालिका र युवाहरुमा फास्टफुड र मांसाहारी खानाको चलन बढ्दै गएको देखिन्छ । तर विकसित राष्ट्रहरुमा आजभोलि शाकाहारी खानाको प्रयोग र वनस्पतिबाट प्राप्त हुने खानाको उत्पादन बढ्न थालेको छ । अमेरिकामा सन् २००६ मा गरिएको राष्ट्रव्यापि अध्ययनमा १.४ प्रतिशत मानिसहरु पूर्ण शाकाहारी (दुध पनि नखाने) भएको पाइएको छ । विशेष गरेर युवा र महिलामा शाकाहारी हुने रुचि बढेको देखिन्छ । शाकाहारी खानाको विशेषताको बारेमा बढ्दो जानकारीले होला, विकसित राष्ट्रका युवाहरु, शाकाहारी बन्ने एउटा शौखको रुपमा लिन थालेका छन् ।


अन्य महत्वपूर्ण स्वास्थ्य सामाग्रीहरु पढ्नुहोस्ः

१) फोक्सोको क्यान्सर कसरी परिक्षण गरिन्छ?
२) मोटोपनको प्रमुख कारणहरु के हुन्?
३) के हो ‘ब्यूबनिक प्लेग’?
४) मुटुमा ब्लोकेज रोक्न ट्रान्स फ्याट भएका खानेकुरा नखानु नै वेश
५) लकडाउनमा एक्लो र उदास हुनुहुन्छ? मनोपरामर्श आवश्यक हुनसक्छ!
६) मुटुरोगबाट बच्ने बाटो
७) कोरोना भाइरस (कोभिड-१९): अभिभावकले जान्नु पर्ने कुरा
८) कोरोना भाइरस (COVID-19) रोगबाट कसरी आफू र अरूलाई बचाउने ?
९) अविवाहित महिलाहरुमा हार्मोनले देखाउने समस्या
१०) तोरी, सूर्यमुखी र ओलिभ तेलको के छ फाईदा र बेफाईदाहरु?


Loading comments...