चलाखी


दशैंको मौका थियो । गाउका मानिसहरू नजिकैको शहर बजार गएर बोका, कुखुरा, हाँस आदि किनेर चाड मनाउने गर्दथे । छिमेकीले किनेर ल्याएका बोका, कुखुरा, होस आदि सस्तो वा महंगो के भयो भनेर निकै वहस गर्दथे । मोहनले पनि एउटा राम्रो कालो बोका किनेर ल्याएको थियो । छिमेकीहरू आएर त्यस बोका कतिको मोटो छ भनेर हेरे । त्यस पछि उनीहरूले त्यस बोकाको मोल सोधे । यहि मौका हो भन्ने सोचेर मोहनले चलाकी ग¥यो । उनले छिमेकीहरूलाई राम्रै सोचेर त्यस बोकाको मोल अन्दाज गर्न भने । त्यस बोकालाई उचालेर त्यसको तौल पनि अन्दाज गरे । अनि छिमेकी मध्ये एक सधै जसो किनमेल गर्न सिपालु मानिसले एक छिन विचार गरेर भने यस बोकाको मोल कम्तीमा पनि चार हजार रुपैँया हुनु पर्छ ।

मोहनले त्यस बोकाको मोल चार हजार रुपैँया नै तिरेको रहेछ । उनले भने भन्नलाई त पाँच हजार रुपैँया भनेको थियो । तर मैले यसलाई तीन हजार रुपैँया मात्र तिरें । छिमेकीहरूले मोहनले निकै सस्तोमा किनेर ल्याएकोमा दंग परे । दशैं सकेको धेरै दिन सम्म पनि मोहनले एकदमै सस्तोमा किन्न जानेकोमा गाँउ भरि चर्चा भइ रह्यो । मोहन भने सबलाई छक्याउन सकेकोमा भित्र भित्रै दंग थियो । अर्को साल दशैंमा एक जना छिमेकी आएर भने । तपाई त किनमेल गर्न निकै सिपालु हुनुहुन्छ । लौ न यसपाली मलाई पनि एक वटा बोका किनेर ल्याइ दिनु प¥यो । छिमेकीलाई आफू चलाक भएको कुरा देखाउने मौका यहि हो भन्ने सोचेर उनले भने ”हुन्छ, म सकेसम्म सस्तोमा किनेर ल्याइ दिउला” । अनि तुरन्तै उनले मोहनलाई तीन हजार रुपैँया दिए । त्यस साल त्यस छिमेकीकोलागि मोहनले बोका किन्न शहर गए । शहरबाट मोहनले चार हजार रुपैयाँ पर्ने बोका किनेर ल्याए । छिमेकीले दिएको तीन हजार रुपैयामा आफनो खल्तीबाट एक हजार रुपैँया थपेर चार हजार पर्ने बोका किनेर ल्याएको थियो । बोका किनेर गाउमा आउने वितिकै एक हुल छिमेकीहरू आएर सोध्न थाले त्यस बोकाको मोल । यस पाली पनि उनले आफना छिमेकीहरूलाई अन्दाज गर्न लगाए । एक छिन सम्म वहस गरे पछि त्यहाँ उपस्थित छिमेकीहरू निक्र्योल गरे कम्तीमा पनि यस बोकाको मोल चार हजार रुपैँया हुनु पर्छ । मोहनले आफनो खल्तीको एक हजार रुपैँया थपेको कुरा लुकाए । मोहनले भने चार हजार त होइन, यस बोकालाई मैले तीन हजार मात्र हालेर ल्याएको हुँ । यो कुरा सुनेर छिमेकीहरू यो वर्ष पनि दंग परे । सबैले भने मोहन साह्रै नै सिपालु छ । सबैले मोहनको तारिफ गरे । मोहन सबैलाई छक्याउन सकेकोमा मन मनै खुसी भए ।
मोहन सरसामान किन्न निकै सिपालु भएको कुरा गाँउ भरि नै फैलियो । गाँउ भरिका मानिसहरू मोहनलाई आफनो घरमा भोज हुँदा बोलाउने गर्दथे । गाँउमा हुने हरेक मेलापात, हरेक चाडवाडमा मोहन कै चर्चा हुने गर्दथे । मोहनलाई भने आफनो खल्तीबाट रुपैँया थपेको छिमेकीले थाहा पाउला भन्ने मनमा डर भइ रहन्थ्यो । अरुले थाहा पाए भने त वरवाद हुन्छ । आफैले न भनेसम्म कसरी थाहा होला आफैले आपूmलाई सान्त्वना दिए ।
अर्काे साल फेरि दशैं नजिकै आयो । यस पालि त चार जना छिमेकीहरूले हामीलाई पनि दशैंको लागि बोका तपाइले किनेर ल्याइ दिनु होला भन्दै अनुरोध गर्न आए । मोहनले यही हो बहादुरी देखाउने मौका भन्दै सबैलाई किनेर ल्याइ दिने बचन दिए । यस वर्ष मोहनले प्रत्येक छिमेकीको लागि आफनो खल्तीबाट एक एक हजार रुपैँया राखि दिए । छिमेकीहरू सस्तोमा बोका किन्न पाएकोमा खुसी थिए ।
मोहनको कुरा कसैले थाहा त पाएनन् । तर मोहन भने हरेक वर्ष छिमेकीको लागि आफना खल्तीबाट रुपैँया हाल्दै गर्दा झन झन गरिब हुदै गए । त्यस पछिका वर्षहरूमा दशैमा बोकाका साथै कुखुरा हाँस र अन्य घरायसी सामानहरू किनेर ल्याइ दिन अनुरोध गर्नेको संख्या बढेर गयो । मोहन कसैलाई नाईं भन्न सक्दैनथे । सबैलाई आफनो खल्तीबाट अलि अलि रुपैँया हाल्दा पनि धेरै रुपैँया खर्च भयो । सात आठ वर्ष यसरी नै बित्दै जादा मोहन एकदमै गरिव भयो । उ सग अव खानको लागि अन्न र अरु सामान किन्न रुपेैँया भएन । उ अव भोक भोकै पर्न थाल्यो । मोहन घरबाट बाहिर निस्कन पनि छोड्यो । धेरै दिनसम्म भोकै हुँदा हिड्न पनि सकेन । एक दिन यस लोकबाट सधैँको लागि विदा भए ।

-रघुवर श्रेष्ठ


Loading comments...