Lifestyle Portal
  •   ३१ भाद्र २०७८, बिहीबार

भारतद्वारा ‘कोभिड–१९’ विरुद्घ लड्न २ हजार भाइल ‘रेमडेसिभिर’ सहयोग

३० भाद्र २०७७, मंगलवार २२:३१

काठमाण्डौ, ३० भाद्र, २०७७ । भारत सरकारको तर्फबाट भारतीय राजदूत विनय मोहन क्वात्राले नेपालका माननीय परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई २०७७ भाद्र ३० गते दुई हजार भाइल रेमडेसिभिर औषधी हस्तान्तरण गर्नुभयो ।

कोभिड–१९ को विश्वव्यापी महामारीले निम्त्याएको चुनौती सामना गर्न भारत सरकारले नेपाललाई गरिरहेको सहयोग अनुरुप उक्त औषधी हस्तान्तरण गरिएको हो । यसअघि वैशाख १० गते प्यारासिटामोल, हाइड्रोक्लोरोक्विन लगायतका अत्यावश्यक औषधी, जेष्ठ ४ गते कोभिड–१९ टेष्ट कीट (आरटी–पीसीआर) र श्रावण २५ गते आइसीयू भेन्टिलेटर जस्ता स्वास्थ्य सामग्री भारतले नेपाललाई सहयोग स्वरुप प्रदान गरिसकेको छ । निकटतम मित्र तथा छिमेकीको हैसियतले यस महामारी विरुद्धको लडाईमा भारत नेपाल सरकार र नेपालीको साथमा रहेको छ ।

अक्सिजन थेरापीमा रहेका मध्यमदेखि गम्भीर प्रकृतिका बिरामीहरुको उपचारमा प्रयोग गरिने रेमडेसिभिर एक प्रभावकारी औषधी हो । चिकित्सा अध्ययनका अनुसार यो औषधीको प्रयोगले बिरामीहरुको अस्पताल बसाई अवधि र रोगबाट निको हुने समयलाई कम गर्न उल्लेखनीय रुपमा सघाउ पुर्र्याउँछ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाण्डौ, न्युजकारखाना । एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले राजतन्त्रको विपक्षमा उभिँदा मदन भण्डारी मारिनु परेको बताएका छन् ।

सुर्खेत । भेरी नदीमा एक अपरिचित महिलाले हाम फालेकी छन् । भेरी नदीको किनारामा कपडा, मोबाइल र चेकलगायतका सामान छाडेर

काठमाण्डौ । भारतीय राजदूतावास, काठमाण्डौले २०७८ भाद्र २९ देखि असोज १२ सम्म “आजादीका अमृत महोत्सव” को कार्यक्रमको रुपमा पाक्षिक हिन्दी

ओखलढुंगा । दाताले दिएका स्वास्थ्य सामग्री स्वास्थ्य संस्थामा नपुगी स्टोरमै थन्किएका पाइएको छ । मोलुङ गाउँपालिकाका स्वास्थ्य संस्थाका लागि उपलब्ध