फेसबुक कथा


संगीत, ए संगीत ल खाजा तयार भयो खान आऊ त ।
हस् मम्मी म आएँ ।
एकैछिनमा ऊ किचनमा पुग्यो । मम्मीले खाजा दिँदै भन्नुभयो , लौ खाजा खाऊ अनि होमवर्क गर्न सुरु गर्ने है ? संगीतले केही उत्तर दिएन । केवल खाजा खाइरह्यो नबोलिकनै ।
खाजा खाइसकेपछि
मम्मी म एकछिन् ल्यापटप चलाउँछु नि है ? डराइ डराइ संगीतले सोध्यो ।
हुँदैन, खाली ल्यापटप, पहिला होमवर्क अनि बल्ल ल्यापटप ।
ह्या मम्मी एकैछिन् क्या ।
हुँदैन भनेपछि हुँदैन, खुरुक्क होमवर्क गर्न सुरु गर्ने । मम्मीले चर्काे स्वरमा भनिन् ।
आज होमवर्क नै छैनभन्दा हुन्छ मम्मी
किनकि म्याथको मलाई आउँदैन भोलि साथीको सारेर लेख्छु, साइन्सको सर एब्सेन्ट, नेपालीको होमवर्क गरे पनि सरले चेक गर्नुहुन्न, अरुको होमवर्क छैन मम्मी ।
छोराको कुराले मम्मी अझ रिसाएर भनिन्, राइटिङ्ग नभए रिडिङ्ग गर्ने ।
मन नलागी नलागी संगीत कोठामा गयो र किताब समाएर पढेजस्तो गरेर बस्यो ।
मम्मीले आफ्नो काम गर्नतिर लागिन् ।
एकैछिनमा
ह्या । हात्ती पढेर ठूलो भा हो र? आफैँले आफैँलाई प्रश्न गर्दै किताब छोडेर ऊ बाहिर निस्क्यो ।
केहीबेरपछि
मम्मीले खाना खान बोलाउनु भयो । किचनमा गएर छिटो छिटो खाना खायो । हतार भएझैँ गरेर किताब समाएर बसिरह्यो ।
मम्मीले आफ्नो काम सकेर टिभी हेर्न थाल्नु भयो । संगीत किताबमा सिरानी राखेर निदाएको जस्तो ग¥यो । मम्मी पनि टिभी बन्द गरेर सुतिन् । केही बेरमा उठेर संगीतले फेशबुक खोल्यो । दुईघण्टा जति फेशबुक चलाएपछि ऊ पनि सुत्यो ।
भोलिपल्ट बिहानै मम्मीले संगीतलाई दूध हर्लिक्स तयार गरिदिइन् । घडीमा सात बजिसक्दा पनि संगीतको निन्द्रा खुलेको थिएन । मम्मीले बोलाएपछि बल्ल बल्ल आँखा मिच्दै उठेर दूध हर्लिक्स खायो मुख नधोइकनै । अनि सरासर वाथरुम गयो । ब्रस ग¥यो । आफ्नो ड्रेस लगायो ब्याग मिलायो । मम्मीले खाना खान बोलाएपछि ऊ खाना खान गयो । खाना खाइसकेपछि जुत्ता, मोजा लगाएर व्याग लिएर ऊ स्कुलतिर हिड्यो ।
बाटोमा उसको साथी आकाश भेट भयो ।
ओ आकाश के छ यार ?
बबाल छ मेरो त अनि तेरो नि ?
मेरो त ठिकै छ ।
आँखा त रातो रातो छ नि रातिसम्म खूब पढ्छस् कि क्याहो संगीत ?
कहाँ पढ्नु यार । रातभरि फेसबुक चलाएर हो नि ।
अँ साँच्चै तँ त रातिसम्म अनलाइनमा थिइस् त खूब च्याट गर्छस् क्या हो कसैकसैसँग ?
आकाश रिसायो र भन्यो
अँ खुब तँजस्तो हो नि , म त साइन्स सरसँग नजानेको कुरा सोध्दै सिक्दै थिएँ । अनि पछि निदाएँछु , अनलाइन देखाएहोला।
हो र ? तैँले सरलाई पनि एड गरेको छस् ? म त गर्दिन यार , अनलाइन भएको थाहा हुन्छ अनि स्कुलमा गाली खाइन्छ ।
तँ जस्तो हो र ? झन् नजानेको कुरा सोध्न पाइन्छ ।
अँ साँचै मलाई हिजो सबिनाले रिक्वेस्ट पठाकी रैछ यार , मैले च्याट गर्दै थिएँ मम्मीले बोलाएर कुरै गर्न पाइन , आज स्कुलमा भेटेर कुरा गर्नुपर्छ
ह्या खाली फेशबुक र केटीका कुरा । आकाश झर्किँदै अगाडि गयो संगीतलाई छोडेर ।
केही बेरमा अर्काे साथी भेट भयो । अकिंत
के छ अंकित ?
ठीक छ ।,अनि तेरो
मेरो पनि सेम ।
होमवर्क सबै गरिस् त अंकित ?
छैन ।
के गरिस् त हिजो ?
के गर्नु नि फेशबुक चलायो बस्यो ।

हो र ? मलाई त मम्मीले ल्यापटप खोल्नै दिनुहुन्न । त्यसैमा पनि मम्मी रातिसम्म सिरीयल हेरेर बस्नुहुन्छ । मम्मी नसुतुन्जेल चलाउनै मिल्दैन ।
कसरी चलाउनु ?
ल्यापटपमा मात्रै फेसबुक चल्छ र ? आफूलाई त नो टेन्सन
किन ? कसरी ?
मेरो त बाबाले अहिले आइफोन चलाउनु हुन्छ । पहिला नोकियाको मोबाइल थियो । मैले त त्यसैमा सीम राखेर चलाउँछु । किताब पढेझैँ गर्छु फेशबुक चलाउँछु । क्या मज्जा ।

उनीहरुको कुरा नसकिँदै स्कुल नजिकै आए । अनि अंकितले भन्यो , आज फिल्म हेर्न जाउँ न यार ।
हुँदैन मत स्कुल जान्छु । हिजो सबिनासँग कुरा गर्नै पाइन अनलाइनमा , आज जसरी भेटेर कुरा गर्नु छ ।
तँ साहै्र बिग्रिएछस् संगीत ।
अँ खुब स्कुल नगएर फिल्म हेर्न जाउँ भन्ने मान्छेचाँिह राम्रो होला नि ।
घरबाट स्कुल हिँडेका तिनीहरु स्कुलमा पुगेनन् । तर साँझ भने सधैकै समयमा घर पुगे ।
पहिला पढ्न अल्छि गर्ने अंकित त्यो दिनदेखि किताब समातेर पढेको देखिन्थ्यो । मम्मीले पनि बाबासँग फोनमा कुरा गर्दा संगीत ज्ञानी भएको भनेर भनिन् ।
फेसबुकमा रिक्वेस्ट आउने पठाउने क्रम चलिरहेको थियो । केटीको प्रोफाइल पिक्चर र नाम देख्नेबित्तिकै एसेप्ट गर्न ढिला गर्दैनथ्यो भने उसले पठाउने रिक्वेस्ट पनि यस्तै हुन्थे ।
एकदिन एउटा रिक्वेस्ट आयो । दामी प्रोफाइल पिक्चर भएको केटीको, अबाउटभित्र खासै इन्फरमेसन नभएको । भर्खर सुरु गरेको जस्तो अकाउन्ट । संगीतले ढिला गरेन एसेप्ट गर्न ।
एसेप्ट गर्नेबित्तिकै उताबाट मेसेज आयो ।
हाइ……………..
संगीत खुशी हुँदै रिप्लाइ ग¥यो ।
उताबाट आउने र यताबाट पठाउने क्रम लामो समयसम्म चल्यो । दुबैको सामान्य परिचय भयो । मीठा मीठा कुरा भए । मोबाइल नम्बर साटासाट भयो । र फनपार्कमा भोलि शनिबार भेट्ने कुरा भयो ।
यति हुँदासम्म रातको एक बजिसकेको थियो । संगीत सुत्न गयो । उसलाई कतिबेला उज्यालो हो
ला भन्ने भएको थियो ।

बिहानै पाँच बजे उठेर संगीत बाथरुम गयो ।
संगीत उठेको मम्मीले थाहा पाइन् । हत्तपत्त उठेर सोधिन् , बाबु सञ्चो भएन ? किन छिटो उठेको ?
होइन मम्मी सञ्चै छ । भोलि सण्डे देखि स्कुलमा टेस्ट छ । अझ भोलि म्याथको छ । त्यसैले आकाशकोमा सिक्न जान्छु मम्मी ।
मम्मीले पनि छोराको कुरा पत्याइन् । उसोभए खाजा खाएर जाउ न त । होइन ,मम्मी म खाजा खाना साथीकोतिरै खान्छु ।
बुक कपि, पेन लिएर जाऊ ।
होइन मम्मी बुक साथीसँग नै छ बरु कपि पेन किन्नु छ पैसा दिनु न ।
मम्मीले भित्रबाट रु पाँचसयको नोट निकालेर दिइन् र भनिन् , ल यसैबाट के के चाहिन्छ किन्नु, साथीलाई पनि खाजा खुवाउनु है ?
हस् मम्मी
बाइ
संगीत सरासर निस्क्यो । बाटोबाट बसपार्क जाने गाडी चढ्यो । रत्नपार्क पुगेर हिजोको नम्बरमा फोन ग¥यो । उताबाट केटीको आवाजमा नै म आइसकेँ छिटो आउ बाल्मीकि क्याम्पसको अपोजिटमा भन्ने आवाज आयो । केहीबेरमा ऊ त्यहाँ पुग्यो । फोन लगायो फोन उठेन । कसैले उसको आँखामा पट्टी लगाइदियो । उसले आफूलाई केही सुँघाएर गाडीमा राखेको महशुस ग¥यो । त्यसपछि उसले केही थाहा पाएन र ऊ घर पनि कहिल्यै फर्किएन ।
सहयोगी रविन
पिनाकल स्कलर्स एकेडमी कलंकी काठमाडोैँ


Loading comments...