
काँग्रेस महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्नाः के भन्छ अस्पताल?
काठमाण्डौ, ३१ भाद्र, २०७७ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालमा भर्ना हुनु भएको छ । केहिदिन अघि कोरोना संक्रमण देखिएपछि होम आइसोलेशनमा रहनुभएका डा. शशांक कोइरालालाई हिजो साँझा ज्वरो आएपछि उहाँलाई यस चावहिल स्थित ॐ अस्पतालमा ल्याईएको हो ।
डा. शशांक कोइरालको उपचारमा ॐ अस्पतालका मेडिकल डाइरेक्टर समेत रहनुभएका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा विश्वनाथ कोइरालाको नेतृत्वमा सिनियर कन्सल्ट्यान्ट पल्मोनोलोजिष्ट डा सुबोध सागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिष्ट डा प्रमेश सुन्दर श्रेष्ठ लगायतको टिम संलग्न रहेको छ । डा. शशांक कोइरालको अवस्था स्थिर (Stable) रहेको जानकारी गराउन चाहन्छौं । ॐ अस्पताल परिवार डा. शशांक कोइरालाको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।
अस्पतालद्वारा जारी विज्ञप्तीको पुरा पाठ