डिजेल र मट्टीतेलको मूल्य घट्यो


काठमाण्डौ, ३१ भाद्र, २०७७ । आजै राति देखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य एक/एक रुपैयाँले घटेको छ । निगमले डिजेल मट्टीतेलको नयाँ मूल्य ९०(९० रूपैया रूपैयाँ कायम गरिएको निगमले जनाएको छ।

डिजेल तथा मट्टितेलको साविकको खुद्रा विक्रि मुल्यमा रू १.०० प्रति लिटर घटाउँदै काठमाण्डौ निगमको डिपो क्षेत्रको १५ कि.मि. परिसर भित्रको लागि डिजेल र मट्टितेलको खुद्रा विक्रि मुल्य रू ९०.०० प्रति लिटर कायम गरेको छ, भने पेट्रोल, हवाई ईन्धन तथा एल.पि. ग्याँसको मूल्य हाललाई यथावत नै राखेको छ । हाल मूल्य समायोजन भए पश्चात् पनि भारतिय सीमा रक्सौलसँग जोडिएको नेपालको विरगञ्ज क्षेत्रमा पेट्रोल प्रति लिटर रू २९.४४ र डिजेलमा प्रति लिटर रू ३६.३८ ले नेपाल तर्फ सस्तो रहेको नेपाल आयल निगम लिमिटेडका प्रवक्ता विनित मणि उपाध्याय जानकारी दिएका छन् ।

जारी विज्ञप्तीको वास्तविक प्रति


Loading comments...