Bibeksheel Nepali RTI

मेयर विद्यासुन्दर शाक्यको सोल्टि होटेल खर्च सार्वजनिक गर्न विवेकशील नेपालीको माग – कामनपा भन्छ ‘निजि खर्च हो’


काठमाण्डौ, ३१ भाद्र, २०७७ । विवेकशील नेपाली दलले काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सोल्टी होटेलमा ‘आइसोलेसन’ बस्दा भएको खर्च विवरण माग गरेको छ । गत स्थानीय निर्वाचनमा काठमाण्डौँ महानगर प्रमुखकी प्रत्याशी एवं दलकी नेतृ रञ्जु दर्शनाले सूचनाको हक बमोजिम निवेदन दर्ता गरेकि हुन् ।

दर्शनासंगै दलका संघीय समिति सदस्यहरु रजिया बानु र प्रमेश श्रेष्ठले शाक्यको ५ तारे होटेलको आइसोलेसनको खर्चमा महानगरले बेहोरेको विवरण तथा महानगरले कोभिड-१९ रोकथामको लागि गरेको खर्च विवरणको सूचना मागिएको हो । सूचनाको हक सम्बन्धिको निवेदन मार्फत दर्ता गर्न महानगरपालिका कार्यालय पुगेका दलका नेताहरुले कोभिड संक्रमण नियन्त्रण गर्न असक्षम रहेको र पारदर्शीता कायम नभएको भन्दै अशन्तुष्टि जनाएका छन् ।

निवेदन दर्ता गरेपछि नेतृ रञ्जु दर्शनाले भनिन, “नागरिकको जिउधनको रक्षा गर्न असक्षम मात्र होइन् महानगरका गतिविधहरुमा पारदर्शीता कायम नभएकोमा समेत हामीले महानगरको ध्यानाकर्षण गरायौँ ।” निवेदनमा माग भए बमोजिमको सूचना प्राप्त भएपछि त्यसको विश्लेषण गरेर भावि कदम चाल्ने विवेकशील नेपालीको तयारी छ ।

विवेकशील नेपाली दलले सूचनाको हक उपयोग गर्दै सूचना माग गर्ने निवेदन लेख्न सजिलो हुने वेवसाईट निर्माण गरेको छ । https://rti.bibeksheelnepali.com/ मा गएर सामान्य विवरण भरेर तोकिएको ढाँचामा निवेदन तयार हुने गर्दछ ।


काठमाण्डौ महानगरपालिका भन्छ, “निजि खर्चमा होटलमा सेल्फ आइशोलेसन”

त्यस्तै कामनपा नगर कार्यपालिकाको कार्यालयले प्रेस विज्ञप्ती जारी गर्दै “महानगरपालिकाको खर्चमा पाँच तारे होटलमा बस्दै आएको भनी विभिन्न संचार माध्यमहरुमा आएको” भन्ने समाचारप्रति ध्यानाकर्षण गराएको छ ।

काठमाण्डौ महानगरपालिका, नगर कार्यपालिकाको कार्यलयद्वारा जारी विज्ञप्तीको पुरा पाठ


Loading comments...