
आज काठमाडौमा पसल खोल्न सकिने तर जोर विजोर कायमै- हेर्नुहोस् निषेध गरिएका तथा खुकुलो भएका नियमहरु
१ आश्विन २०७७, बिहीबार ००:०९
काठमाण्डौ, १ अशोज, २०७७ । काठमाडौं जिल्लामा कोभिड १९ को संक्रमण बढ्दै गईरहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भिर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गरी कोभिड १९ को संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रणका लागि मिति असोज १ गते देखि काठमाडौमा पसल खोल्न पाइने जोर विजोर गरी यातायातका साधन चलाउन पइने भएको काठमाडौं जिल्ला प्रशासनले जनाएको छ ।
निषेध गरिएका गतिविधिहरुः
१) काठमाडौं जिल्ला भित्र सञ्चालन हुने सार्वजनिक तथा निजी सवारी साधनहरु नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गर्ने गराउने गरी जोररविजोर प्रणाली अन्तर्गत सञ्चालन गर्नुपर्नेछ तर अत्यावश्यक सेवा, कार्यालय आवत जावत र सवै प्रकारका ढुवानीका साधनको हकमा जोररविजोर प्रणाली लागू हुने छैन ।
२) खुल्ला स्थानमा मानिसहरु भेलाजम्मा हुन, भीडभाड गर्न, सभा, जुलुस, जात्रा, महोत्सव, भोजभतेर आदि गर्न र गराउन ।
३) मठ मन्दिर, मस्जिद, चर्च लगायतका परम्परागत धार्मिक तथा साँस्कृतिक स्थलहरूमा दैनिक नित्य पूजा बाहेक भीडभाड जन्य गतिविधिहरु सञ्चालन गर्नरगराउन,
४) शैक्षिक संस्थाहरु ९विद्यालय, कलेज, ट्यूशन सेन्टर, तालिम केन्द्र० सञ्चालन गर्नरगराउन साथै शैक्षिक तथा अन्य परिक्षाहरु सञ्चालन गर्नरगराउन,
५) सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, मनोरञ्जन स्थल, स्पा, सैलुन, व्यूटिपार्लर, स्वीमिङ्ग पुल, जिमखाना, हेल्थ क्लब समूहमा खेलिने खेलकुद र खेल प्रस्तुति, अन्तराष्ट्रिय खेलकुदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेल, प्रदर्शनी, पुस्तकालय, संग्रहालय, चिडियाखाना जस्ता क्रियाकलाप संचालन गर्नरगराउन ।
गर्न मिल्ने गतिविधिहरुः
यस आदेशको कार्यान्वयन प्रभावकारी रूपमा गर्न, कोभिड-१९ को संक्रमणको जोखिमबाट आफु बच्न तथा अरूलाई बचाउने उद्देश्यले यस विषम परिस्थितीका दौरान जनजीविका सहज पार्ने उद्देश्यले निशेधाज्ञा खुकुलो पनि पारिएका छन् ।
१) दैनिक क्रियाकलाप सञ्चालन गर्दा माक्सको अनिवार्य प्रयोग गर्ने, नियमित सावुन पानीले हात धुने वा
स्यानिटाइजरको उचित प्रयोग गर्ने ।
२) नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्डहरु अनिवार्य रुपमा पालना गर्ने/गराउने साथै सामाजिक/भौतिक दूरी कायम राख्दै दैनिकी गतिविधि सञ्चालन गर्न सम्पूर्ण महानुभावहरुमा अनुरोध छ ।
३) नियामक निकाय तथा सम्पूर्ण छाता संघ/संगठनहरुले मातहतका निकाय/कार्यालय वा स्थानमा स्वास्थ्य मापदण्ड पालना भए नभएको विषयमा नियमित अनुगमन गर्नु पर्नेछ ।
साथै, उल्लेखित आदेश विपरितका गतिविधिहरु गरे/गराएको पाइएमा संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही हुने बेहोरा सहितको विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीको वास्तविक प्रति हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा