
प्रधानमन्त्री ओलीद्वारा भारतीय समकक्षी प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गर्दै भारतीय समकक्षी प्रधानमन्त्री मोदीलाई सुस्वास्थ्य तथा खुशियालीको कामना सहितको शुभकामना दिनुभएको छ । यसका साथै दुवै देशहरुले आपसी साझेदारीमा कार्य गर्नका लागि आफू भारतीय समकक्षीसँग निकट भएर कार्य गर्न इच्छुक रहेको कुरा प्रधानमन्त्री ओलीको गर्दै अभिव्यक्त गर्नुभएको हो ।
Warm greetings to Prime Minister Shri @narendramodi ji on the auspicious occasion of your birthday. I wish you good health and happiness.
We will continue working closely together to further strengthen relations between our two countries.
— K P Sharma Oli (@kpsharmaoli) September 17, 2020
नेपाली समकक्षी प्रधानमन्त्री ओलीको शुभेक्षासहितको ट्वीटलाई भारतीय प्रधानमन्त्रीले प्रतिक्रिया दिनुभएको छ । वहाँको प्रतिक्रयामा लेखिएको छ, “धन्यवाद! महामहिम @kpsharmaoli हामी हाम्रो साझा संस्कृति र इतिहासको आधारमा भारत-नेपाल सम्बन्धको सुदृढीकरणको लागि तत्पर छौं ।”
Thank you, Excellency @kpsharmaoli ji! We look forward to the further strengthening of India-Nepal ties, based on our shared culture and history. https://t.co/68wkokpQk1
— Narendra Modi (@narendramodi) September 17, 2020
नेपालको संसदमा नेपाली भाषामा नै भाषण दिने भारतका पहिला प्रधानमन्त्री मोदी आफू प्रधानमन्त्री हुनुअगावै निकै पटक अनौपचारीक रुपमा अनि साधारण तिर्थालुको हिसाबले नेपालका धेरै तिर्थस्थलहरु भ्रमण गरिसकेका प्रधानमन्त्री पनि हुनुहुन्छ । नेपालका एकजना यूवालाई आफ्नो धर्मपुत्र बनाएर पालेका मोदी नेपालसँग आफ्नो छिमेकीको मात्र नभई अध्यात्मिक तथा आस्थाको पनि नाता रहेको पटक पटक बताँउदै आउनुभएको छ ।
सेप्टेम्बर १७ तारिखका दिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ७० औं वर्षमा पाइला टेक्नुभएको छ । यि ७० वर्षका विगतमा चियापसल, राष्ट्रिय स्वयमसेवक संघ, क्षेत्रिय राजनिति, राष्ट्रिय राजनिति र विश्वव्यापी भूराजनिति अनि दक्षिण एसियाली राजनैतिक परिवेश देखि विश्वभरिका केहि शक्तिशाली नेताहरुको सूचीमा भारतीय प्रधानमन्त्री मोदीको पनि नाम आउदछ । साथै सनातन हिन्दुत्वको नारा अनि राम मन्दिर निर्माणका लागि निर्णायक बिजय, रामको आस्था र तिर्थाटनका श्रृंखलाहरुमा पनि मोदीको संलग्नता, सामाजिक सञ्जालमा यिनको क्रेज र संस्कार अनि मौलिकता बिषयमा यिनको भाषण र सरलताको पनि प्रसंशा एकातिर छ ।
राहुल गान्धीले आफ्नो ट्वीटरमा प्रधानमन्त्री मोदीलाई जन्मदिन विशेष शुभकामना दिइसकेका छन्, राष्ट्रपतिले पनि शुभकामना ट्वीट गरेका छन्, टिभी जर्नलीस्ट रजत शर्माले त मोदीलाई बिगतका ७० वर्षहरुमा जीवनको मुल्य बढाउन, गल्ती सुधार्न अनि विश्वको नेता भएर गरिबहरुको जीवन उकास्न भूमिका खेलेकोमा बडो चित्कोर्षक शुभकामना दिएका छन् । रजतले इण्डिया टिभीमा ‘आपकी अदालत कार्यक्रम’ चलाँउदछन् ।
Wishing PM Narendra Modi ji a happy birthday.
— Rahul Gandhi (@RahulGandhi) September 17, 2020
त्यस्तै मोदी का कडा आलोचक भारतीय विश्लेषक तथा लेफ्टीस्ट मानिने शशी थरुरले पनि ‘सबका साथ सबका बिकास’ नारालाई यर्थाथपरक बनाउनु भन्ने सन्देशका साथ शुभकामना दिएका हुन् ।
Wishing @NarendraModi ji a happy birthday and many healthy & successful years in the service of the nation. May he be able to work more successfully to ensure that Vikas actually dawns in our country & is truly “sab ka” & “sab ka saath”! https://t.co/rSYvKQIJQS
— Shashi Tharoor (@ShashiTharoor) September 17, 2020
त्रिपुरासुन्दरी मन्दिरको कल्याणसागरमा आज प्रधानमन्त्रीको जन्मदिवसको उपलक्ष्यमा बृहत्त पूजा आजा गरिँदै छ भनेर भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।
पश्चिम भारतको गुजराज राज्यमा पर्ने महसेना जिल्लाको भादनगरमा सन १५७० मा नरेन्द्र दामोदरदास मोदीको जन्म भएको हो, सन् २००१ देखि २०१४ सम्म मोदी गुजरात राज्यका मुख्य मन्त्री हुनुहुन्थ्यो ।
न्यून आर्थिक परिवारका मोदीको बाल्यकाल बुवाको चियापसल हुँदै ८ वर्षको उमेरमा नै भाजपाको मातृ संस्था ‘राष्ट्रिय स्वयमसेवक संघ’ हुँदै अघि बढेको हो । मोदीलाई नेपालबाट शुभकामना !