UPDATE | ‘पुजारी’ साह हत्या प्रकरण – गलत प्रतिवेदनको विरोधमा गृहमन्त्रीको राजीनामा माग्दै जनकपुरमा प्रदर्शन


जनकपुर, २ असोज, २०७७ । पुजारी स्व. श्रीराम साह हत्या सम्बन्धमा प्रहरीले जारी गरेको अनुसन्धान प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय एकता अभियानले जनकपुरमा प्रदर्शन गरेकाे छ । प्रदेश २ को प्रदेश प्रहरी कार्यालयले ‘पुजारीको हत्या लेनदेनको कारण भएको’ भन्दै सार्वजनिक गरेको लिखित प्रतिवेदन घोर आपत्तिजनक र निन्दनीय रहेकाे भन्दै अभियानले गृहमन्त्री रामबहादुर थापा बादलको राजिनामा माग गरेका छन् ।

राष्ट्रीय एकता अभियानका स्थानीय अभियन्ता मिथुन साहकाे नेतृत्व प्रदर्शन भएकाे हाे । त्यस्तै हिन्दू युवा परिषद का संस्थापक तथा अभियान का वरिष्ठ सहयोगी सत्यम मुरारीले मन्तब्य राखेका थिए ।

अभियानका केन्द्रीय संयाेजक विनय यादवले भने, ’प्रहरीको प्रतिवेदन घटनाको वास्तविकतालाई ढाकछोप गर्ने उद्देश्यले अभिप्रेरित मात्र नभई सम्पुर्ण साधुसन्त समाजमाथिको पनि प्रहार हो । आफ्नो निजी सम्पती बेचेर मठ मन्दिर बनाउने सन्त श्री राम साहले कुनै पनि आर्थिक लेनदेन नगरेको उनको परिवारका सदस्यहरू एवंम उनको हत्याको आरोपमा पक्राउ गरिएका दुईजना आरोपीहरूका परिवारले समेत प्रस्ट पारिसकेको अवस्थामा प्रहरीले त्यसखाले प्रतिवेदन जारी गर्नु सन्त स्व. श्री राम साहमाथी मात्र नभई सम्पुर्ण हिन्दू समाजको आस्थामाथीको प्रहार हो ।’

पुजारी हत्या सम्बन्धमा प्रकाशित अन्य सामाग्रीहरु

१) नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु साहद्वारा हनुमान मन्दिर बनाउने घोषणाको सामाग्री
२) १३ औं दिनमैं समातिए हत्यामा संलग्न २ जना आरोपी, घोषणा भएको भोलीपल्टै पुजारीको सम्मानमा मन्दिर शिलान्यास सम्पन्न
३) UPDATE | स्वर्गीय पुजारी श्रीराम साहको परिवार भन्छन्ः आर्थिक लेनदेन हत्याको कारण हुन सक्दैन (भिडियो)
४) UPDATE | पुजारी हत्या सम्बन्धमा गलत रिपोर्ट दिनेलाई कारवाहीको माग
५) ‘पुजारी श्रीराम साहको हत्या’बारे प्रहरीद्वारा जारी अनुसन्धान प्रतिवेदनप्रति ‘नेपाल विश्व हिन्दु महासंघ’को ध्यानाकर्षण
६) गृहमन्त्रीको राजीनामा माग्दै प्रदेश २ को विभिन्न जिल्लाहरूमा प्रदर्शन

अभियानका कार्यकर्ताहरूले कसकाे दवावमा झुठो प्रतिबेदन बनाइयाे, गृहमन्त्री जवाफ देउ, प्रहरी प्रतिवेदन खारेज गर, हत्यारा लुकाउने प्रयास किन ? सन्त श्रीराम साहको हत्याको छानबिन गर्न विशेष समिती बनाउ, साधू-सन्तमाथीको हमला बन्द गर, हिन्दु समाज एक हौ, गृहमन्त्री राजीनामा देउ, हिन्दुविरोधि सरकार मुर्दावाद र सन्तको चरित्र हत्या गर्ने प्रहरीलाई कार्वाही गर भन्दै सरकारविरूद्द नाराबाजी लगाएका थिए ।

घटनाको तेर्ह्रौं दिन भाद्र १५ गते पुजारी साहको हत्यामा संलग्न रहेको भन्दै रौतहटको देवाही गोनाही नगरपालिकाको वडा नं. १ का स्थानीय रामनरेश पटेल तथा सोही ठाउँका बालकुमार पटेललाई प्रहरीले पक्राउ गरेको थियो । दुवै आरोपीलाई भारतीय प्रहरीको सहयोगमा दुवैलाई बिहारको पूर्वी चम्पारणको मोतिहारीस्थित ढाकाथानाबाट पक्राउ गरी ल्याइएको प्रहरीको दावी छ भने । पुजारी परिवारले घटनालाई नियोजित भन्दै आएको छ तथा निर्दोषलाई पक्राउ गरी प्रहरीले घटना ढाकछोप गर्न खोजेको आरोप लगाउँदै आएको छ । अर्कोतर्फ हत्या अभियोगमा पक्राउ परेका दुवै युवाका परिवारले पनि हामी अन्यायमा परेका छौं, निर्दोष व्यक्तिलाई दुःख दिने काम भएको आरोप छ ।

गत भाद्र ३ गते राती खाना खान भनी बसेको अवस्थामा पुजारी साहको कन्चटमा गोली हानी हत्या गरीएको थियो । आफ्नो नीजि जीवनप्रतिको स्वार्थ परित्याग गरी सन्त बनेर समाजिक जीवन बिताइरहेका पुजारीको हत्या भएको भन्दै खेसरहियावासीसहित रौतहटका आम नागरिकले निष्पक्ष छानबिनको माग गर्दै आएका छन् ।

घटनासँग सम्बन्धित अघिल्ला भिडियो रिपोर्टहरुः


Loading comments...