liver

कलेजो खराब हुँदा देखापर्ने लक्षणहरु


मानव शरीरको महत्वपुर्ण अगंका रुपमा कलेजोलाई चिनिन्छ । पाचन प्रक्रियामा यसको ठूलो भूमिका रहन्छ भन्ने कुरा धेरैलाइ थाहा भएकै कुरा हो । तौलको एउटा वयस्क मान्छेको कलेजोले मेटाबोलीज्ममा सहयोग गर्ने यस अंकको तौल लगभग १ दशमलव ३६ किलोग्राम हुन्छ । खाएका खानालाई पचाउन अनि पोषण शोस्न पित्तथैली र कलेजोले संसगै कार्य गर्दछन् । कलेजोले कार्य गर्न छाडेमा सम्पूर्ण शरीर नै बन्द हुन्छ अनि कलेजोको संक्रमण या कमजोरी बेलामा थाहा हुन नसकेमा हाम्रो स्वास्थलाई गम्भीर हानी पुगिरहेको हुन्छ । प्रति मिनेट लगभग १ लिटर रगत छान्ने कलेजोले शरीरमा १३००० बिभिन्न केमीकलहरु उत्पादन गर्दछ, । शरीरको ८० प्रतिशत कोलेस्टेरोल उत्पादनमा उत्तरदायी कलेजोले कार्य गर्न बन्द गरेमा हामीसंग जिवनको २४ घन्टा पनि बाँकी हुँदैन् ।
तसर्थ समयमै कलेजोको कार्यकुशलताका बारेमा थाहा पाउन जरुरी मानिन्छ ।

मष्तिष्क या मृगौला जत्तिकै कलेजोलाई संवेदनशीलताका हिसाबले उति संवेदनशील अंगका रुपमा हामीले हेर्दैनौ जबकी कलेजो पनि उत्तिकै महत्वपूर्ण छ । आउनुहोस ति कलेजो खराव हँदा देखापर्ने लक्षणहरुका बारेमा कुरा गरौँ ।

१. खानामा अरुची
कलेजोमा खराबी भएमा शरीरमा प्रश्स्त बायल उत्पादन हुँदैन जसले गर्दा खानामा अरुची हुन्छ । यसले गर्दा खाएको खाना पनि पर्याप्त रुपमा पच्न पाँउदैन अनि शरीरको तौलमा एक्कासी नाटकीय रुपमा कमी हुन्छ ।

२. कमजोर महसुस भइरहनु
कलेजोकै कारणले मात्र कमजोरीको महसुस हुन्छ भन्ने त छैन तैपनि बिनाकुनै बिशेष कारण सधैं कमजोर महसुस गर्नु कतै कलेजोको समस्या त हैन भनि चनाखो हुन जरुरी छ । कलेजोले पर्याप्त रुपमा कार्य गर्न नसक्दा यसले उत्पादन गर्ने केमीकलहरुको असन्तुलनमा शरीरमा प्रोटीनहरु कम हुने गर्छ र त्यसले गर्दा कमजोरी हुने गर्छ ।

३. पेट बिसन्चो भई सँधै झाडापखाला भइरहेमा
हुन त शुरुवाती गर्भावस्ता, माइग्रेन, डिप्रशेन, फुड प्वाइजनिगं लगायतमा पनि यस्तो समस्या हुन्छ तर यी कारणहरु बाहेक पनि पेट सदैव झाडापखाला या दिशामा लगातार रगत आदि देखिएमा कलेजो सम्बन्धी जाँच गराउनु उपयूक्त हुन्छ ।

४. शौचको रंगमा परिवर्तन भएमा
शौचको रंगमा परिर्वतन आएमा जस्तो कि कालो, सेतो, हरियो लगायतका रंगको देखिएमा एकफेर चिकित्सकंगि सल्लाह दिनु आवस्यक हुन्छ । कलेजोले पर्याप्त बायल उत्पादन गर्न नसकेर शौचको रंग परिवर्तन् हुन्छ ।

५. पिसाबको रंग परिवर्तन भएमा
स्वस्थ खाना अनि पर्याप्त पानी पिउने मान्छेहरुको पिसाब सामान्य रंगको हुन पर्दछ । रगतमा धेरै बिलुरुबीनको मात्रा भएमा रगतको रंग सुन्तला या खैरो रंगको हुन सक्दछ । बिचार पूर्याउन जरुरी छ ।

६. जण्डिस देखिएमा
प्रोटीन अनि अक्सीजनलाई बितरण गर्न रातो रक्तकेशीकाको महत्वपूर्ण भूमिका हुन्छ, कलेजोमा समस्या आएपछि रातो रक्तकोशिका टुक्रिन अनि क्षय हुन थाल्दछन् । जसले गर्दा शरीर पहेंलो हुने र जण्डिस जस्तो देखिने हुनसक्छ ।

स्वस्थ नै धन हो, स्वास्थको ख्याल गरौँ । यदि माथि उल्लेखित कुनै लक्षण देखिएको छ भने एकपटक चिकित्सकसंग सल्लाह गर्नुहोला ।

खानपीनको ख्याल गरौं ।माथिको जानकारी हामीले बिश्वप्रसिद्ध मायोक्लीनीकको व्लगबाट साभार गरी अनुवाद गरेका हौ ।


Loading comments...