Lifestyle Portal
  •   २४ श्रावण २०७९, मंगलवार
NRNA Health

एनआरएनए विश्व नेपाली स्वास्थ्य सम्मेलन सुरु

२ आश्विन २०७७, शुक्रबार २०:३०

अमेरिका, २ असोज, २०७७ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन सुरु भएको छ । भर्चुअल माध्यमबाट शुक्रबारदेखि सुरु भएको उक्त सम्मेलनको पहिलो चरणमा समितिका अध्यक्ष डाः संजिव सापकोटाले स्वास्थ्य हामी सबैको नैर्सगिक अधिकार भएको बताउनुहुँदै, कोरोना महामारीले हामी प्रत्येकलाई स्वास्थ्य पहिले र त्यसपछि मात्रै अरु कुरा क्रमशः आउने सिकाएको बताउनुभयो ।

स्वास्थ्यप्रति सचेत रहनुपर्ने बताउँदै डा सापकोटाले भन्नुभयो, ‘अहिले युरोप, अमेरिका, अफ्रिका, अस्ट्रेलिया, खाडी, लगायत विश्वका विभिन्न मुलुकहरुमा ५ हजारभन्दा बढी डाक्टरहरु कार्यरत छौँ र हजारौँको संख्यामा नर्सहरु हुनुहुन्छ । विश्वमा छरिएका हामी सबै स्वास्थ्यकर्मीहरु एकजुट भएर अगाडी बढ्नुपर्ने आवश्यकता छ ।’

नेपाल बाहिर रहेका ८० लाख नेपालीहरु तथा नेपालभित्रका ३ करोड गरी करिब ४ करोड मानिसहरुको स्वास्थ्य सुरक्षाका सम्बन्धमा सबैले मिलेर अगाडि बढ्नुपर्ने उहाँको भनाई थियो । डा सापकोटाले महामारीको यस्तो विषम अवस्थामा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), युनिसेफलगायत विश्व स्वास्थ्य शक्ति एकै ठाउँ उभिएर अघि बढ्नुपर्ने विषयलाई समेत जोड दिनुभएको थियो ।

औपचारिक रुपमा सम्मेलन सुरु हुनुपूर्व आज भएको पूर्व सत्रमा डा सापकोटाले स्वास्थ्यका विभिन्न २४ बुँदाहरु समेटिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सोही बुँदाहरुमा घनीभूत छलफल गरी सम्मेलनको अन्त्यमा घोषणापत्रका रुपमा जारी गरिनेछ ।

डा सापकोटाले प्रस्तुत गर्नुभएको स्वास्थ्य सम्बन्धि कार्यपत्रमा स्वास्थ्यकर्मीको भुमिका, मानसिक स्वास्थ्य, महिला स्वास्थ्यको, युवा स्वास्थ्य लगायत विषयलाई समेटिएको छ । साथै अस्पताल र क्लिनिकमा मात्रै ध्यान दिने होइन पोषिलो खाना र व्यायम लगायतमा समेत ध्यान पुर्याउनुपर्ने सुझावहरु उल्लेख गरिएका छन् ।

डा संजिवले प्रस्तुत गरेको कार्यपत्रमाथि विभिन्न मुलुकमा कार्यरत स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुले आआफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा बोल्दै नर्वेबाट डा सुरज थापाले कार्यपत्रमा मानसिक स्वास्थ्य लगायत संवेदनशील स्वास्थ्यका विषयहरु समेटिनु उपयुक्त पक्ष भएको बताउनुभयो । कार्यक्रममा बोल्दै अस्ट्रेलियाबाट डा कुश श्रेष्ठले यो विषयमा सरकारको सहभागिता पनि महत्वपूर्ण हुने बताउनुभयो ।
देशबाहिर ठूलो संख्यामा रहेका स्वास्थ्यकर्मीहरुसँग सरकारले समेत हातेमालो गरेर अगाडी बढ्नुपर्ने उहाँको भनाई थियो ।
युकेमा कार्यरत नर्स प्रसुना कडेलले आफूले विदेशमा सिकेको ज्ञान नेपालमा बाँड्न सक्ने बताउनुभयो ।

एनआरएनए कतारका सचिव आरके शर्माले सबैभन्दा ठूलो संख्यामा नेपालीहरु रहेका मध्यपूर्वी खाडी मुलुकहरुमा स्वास्थ्य सचेतनाका कार्यक्रम आवश्यक रहेको विषयमा जोड दिनुभयो ।

सचेतनाको अभावका कारण यी मुलुकहरुमा ठूलो संख्यामा नेपालीहरुले ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भएको उहाँको भनाई थियो ।
कार्यक्रममा विभिन्न मुलुकमा कार्यरत ३० भन्दा बढी स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुको सहभागी थियो । सहभागी स्वास्थ्यकर्मीहरुले घोषणा पत्रमा नर्सको भूमिका लगायत केही आवश्यक विषयहरु समेट्न सके उचित हुने सुझाव प्रस्तुत गरेका थिए ।

त्यस्तै डा सरिता पाण्डे, भुपेन्द्र बस्नेत, नर्स मन्जु संग्रैला, लगायतले कार्यक्रममा आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

शुक्रबार प्रस्तुत कार्यपत्रमाथि ३ दिनसम्म बहस चल्नेछ । शुक्रबारदेखि सुरु भएको दोस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन आइतबारसम्म चल्नेछ । सम्मेलनको औपचारिक उद्घाटन भने शनिबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालले डा सापकोटाले जानकारी दिनुभयो । अन्तिम दिन २० सेप्टेम्बर आइतबार सम्मेलनको घोषणा पत्र जारी गर्दै सम्मेलन सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पर्वको बहानामा अराजकता फैलाएको भन्दै ‘विश्व हिन्दू परिषद् नेपाल’द्वारा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।

बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका

हाम्रा बजारहरूमा पच्चीस पैसा, पचास पैसा, एक रुपियाँका सिक्का देखिन छाडेको वर्षौं भयो। यसैगरी एक र दुईका कागजी नोट बजारमा

भारत सरकारको अनुदान सहयोगमा तनहुँ जिल्लाको घिरिङ गाँउपालिकामा अवस्थित श्री दिपक माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ । भारतीय