Lifestyle Portal
  •   १ जेष्ठ २०७८, शनिबार
yogesah bhattrai

पर्यटन क्षेत्रको समस्याका सम्बन्धमा पर्यटनमन्त्रीसँग परिसंघका पदाधिकारीहरुको छलफल

२ आश्विन २०७७, शुक्रबार २०:५१

काठमाडौं । नेपाल उद्योग परिसंघका पदाधिकारीहरुले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसँग उहाँको कार्यकक्षमा भेट गरी पर्यटन क्षेत्रले कोभिड १९ को कारणबाट व्यहोरिरहेको समस्याका बारेमा छलफल गरेका छन् । परिसंघको तर्फबाट अध्यक्ष सतिशकुमार मोर र वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालको उपस्थिति थियो ।

छलफलमा वर्तमान अवस्थामा पर्यटन क्षेत्र धरासायी बन्दै गएकोले यसलाई संकटबाट उठाउनको लागि सरकारले विशेष व्यवस्थाहरु गर्नु पर्ने धारणा परिसंघले राखेको थियो । अहिलेको अवस्थामा पर्यटन क्षेत्रलाई व्यवस्थित गर्दै होटल तथा पर्यटक गन्तव्यहरुलाई पूर्णरुपमा सञ्चालन गर्नु पर्ने र होटलहरुलाई गुणस्तर र सेवा सुविधाको आधारमा शुल्क निर्धारण गरी क्वारेन्टाइन र आइसोलेसन सेन्टर बनाउनको लागि प्रोत्साहन गर्नु पर्ने धारणा परिसंघले राखेको थियो ।

त्यसैगरी उड्डयन क्षेत्र विगत ६ महिनादेखि नराम्ररी प्रभावित भएकोले यसमा आवद्ध लगानी कर्ताहरु निरास भइरहेका छन् । रोजगारीको ठूलो हिस्सा ओगटेको उड्डयन क्षेत्रमा देखिएको अन्योलता र सो क्षेत्रका जायज मागहरुलाई सरकारले अविलम्ब सम्बोधन गर्नु पर्ने माग परिसंघले राखेको छ ।

हाल उड्डयनमा सरकारले तोकेको यात्रु संख्या र सो यात्रु संख्याको आधारमा तोकिएको भाडादर समय सापेक्ष र व्यवहारिक नभएकोले यसलाई पुनरविचार गरी पुनः दर निर्धाण गर्न मन्त्री समक्ष अनुरोध गरेकोछ ।

त्यसैगरी विदेशबाट आउने पर्यटकलाई हाल चौध दिनसम्मको क्वारेन्टाइनको व्यवस्थालाई परिमार्जन गरी तीन दिनको क्वारेन्टाइनको व्यवस्था गर्नु पर्ने सम्बन्धमा छलफल भयो । त्यसैगरी मन्त्री भट्टराईले कुनै पनि बाहिरबाट नेपाल आउने नागरिकले विगत ७२ घण्टा भित्र पिसिआर टेष्ट गरी रिपोर्ट नेगेटिभ भएको यात्रुलाई सहज रुपमा गन्तव्यसम्म जाने व्यवस्था सरकारले गरेको बताउनु भयो ।

पर्यटन तथा उड्डयन व्यवसाय र यसमा आवद्ध कर्मचारी तथा मजदुरहरु नराम्ररी प्रभावित भएकोले यसलाई गम्भिरतापूर्वक लिनको लागि परिसंघले मन्त्री समक्षा अनुरोध गरेको छ । पर्यटन तथा उड्डयन क्षेत्रले व्यहोर्नु परेका समस्याहरुमा केन्द्रित भई परिसंघले आगामी आइतवार पर्यटन मन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यमा सम्बन्धित क्षेत्रका विज्ञहरुसँग वेभनारको आयोजना समेत गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएलगतै

बलेवा। बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो। बडिगाड–४

काठमाडाैं । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध आउँदो जेठ १७ गते सम्म लम्बिएको छ ।

काठमाडौँ– नेपालमा थप १३९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४