
नागरिक धरपकड तथा अत्याधिक बल प्रयोगका पछिल्ला घटनाहरुप्रति नेपाल प्रहरीको गम्भिर ध्यानाकर्षण
३ आश्विन २०७७, शनिबार १३:०४
काठमाण्डौ, ३ असोज, २०७७ । नागरिकको आवाज दबाउने तथा शान्तिपूर्ण विरोधमा पनि अत्याधिक आक्रामक हुँदै आएको नेपाल प्रहरीद्वारा निरन्तर जनआवाजलाई मत्थर पार्ने नाउँमा अत्याधिक बल प्रयोग गरी हातपात, धरपकड कुनै नयाँ कुरा हैन । पक्कै पनि यस्ता घटनाहरुले नागरिकसँग प्रहरीको अविश्वास तथा दूरी बढाउन महत्वपूर्ण भूमिका खेलेको छ ।
सबै गलत छैनन यहाँ कम्तिमा नयाँ नेतृत्वसँगै प्रहरीले नागरिकसँगका सुमधूर सम्बन्धका बाधकहरु सम्बन्धमा सम्वोधन गर्नुका साथै नागरिक प्रतिक्रियाहरुको जवाफ दिन थालेको छ ।
विद्युत प्राधिकरणका पूर्वप्रमुख कुलमान घिसिङको नियुक्तिका पक्षमा सडकमा ओर्लिएका युवामाथी प्रहरीद्वारा भएको अनावश्यक बर्बताका विरोधमा सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरुमा प्रहरीले नागरिकप्रति देखाएको आचरण प्रति आएका ब्यापक टिकाटिप्पणीप्रति जिम्मेवार बन्दै प्रहरी प्रधान कार्यालयले सम्बोधन गरेको छ ।
नेपाल प्रहरीको आधिकारिक फेसबुक अकाण्टमा लेखिएको छ:
“विगत केही दिनदेखि विभिन्न स्थानमा भएका प्रदर्शनहरुमा केही प्रहरी कर्मचारीहरूद्वारा भएको बल प्रयोगको विषयमा प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।
यहाँहरूबाट व्यक्त भएका विचार, गुनासो तथा सुझावलाई प्रहरी प्रधान कार्यालयले गम्भीरतापूर्वक लिएको छ।
घटनाको छानबिन र संलग्न प्रहरी कर्मचारीहरु उपर कसुर अनुसार आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीलाई निर्देशन दिइएको व्यहोरा समेत जानकारी गराउन चाहन्छौँ ।”
नेपाल प्रहरीले गरेको यो सार्वजनिक प्रतिवद्धता उदाहरणीय छ । ‘प्रहरी मेरो साथी’ बन्ने पथमा यस्ता प्रतिवद्धताहरु गलत साबित नहोउन ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतीय राजदूतावास, काठमाडौंले मिति २०७९ चैत्र १० गते इण्डिया हाउस परिसरमा एक समारोहको आयोजना गरी ५८ औं भारतीय प्रविधिक तथा
नेपालमा सङ्घीयता र गणतन्त्र त आयो तर यी व्यवस्थाहरूले मुलुकलाई आर्थिकरूपमा कुनै पनि किसिमको फाइदा पुर्याउन सकेको देखिएको छैन। यस
विगत १४ वर्ष देखि विश्वभर छरिएर रहेका नेपालीहरुबीच लोकप्रिय, नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ र झण्डै डेढ शताब्दीदेखि पञ्चाङ्ग
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति