Lifestyle Portal
  •   ५ चैत्र २०७९, आईतवार

‘ग्राण्डमास्टर’ तुलसी गुरुङलाई ‘प्रबल जनसेवा श्री’

४ आश्विन २०७७, आईतवार ०९:३९

लोकप्रिय

काठमाण्डौ, ४ असोज, २०७७ । प्रवासमा रहेरपनि दशकौंदेखि मातृभूमिको सेवामा समर्पित तुलसी कुमार गुरुङलाई नेपाल सरकारले प्रबल जनसेवा श्री (चतुर्थ)ले विभूषित गरेको छ । पाँचौं संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त पदकले विभूषित गर्नुभएको हो । पूर्व ब्रिट्रिस गोर्खा सैनिक गुरुङ, हङकङ तेक्वान्दो राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षक समेत रहिसकेका छन् । तेक्वान्दोका ८ डान (ग्राण्डमास्टर) वहाँ यो स्थान हासिल गर्ने पहिलो नेपाली हुनुहुन्छ । तीन दसकभन्दा बढी समयदेखि निरन्तर सामाजिक सेवामा समेत सकृय उनी वि विल राईज फाउण्डेसनका संस्थापक पनि हुनुहुन्छ । भूकम्पपछि नेपालमा स्थापित यो संस्था विभिन्न समाजसेवासम्बन्धी गतिविधिहरुमा सकृय छ । सरकारको सम्मानले अत्यन्तै खुशी तुल्याएको बताउँदै उनले भविष्यमा अझ उर्जा तथा जिम्मेवारीका साथ देशको सेवामा सकृय रहन हौसला मिलेको बताउनुभयो ।

सन् १९७८ देखि १८ वर्ष सेनामा बिताएका वहाँ फिजिकल ट्रेनर (वारन्ट अफिसर) हुनुहुन्थ्यो । ब्रिट्रिस गोर्खाली सेनामा उक्त पद हासिल गर्ने आफु पहिलो नेपाली भएको समेत गुरुङको दाबी छ । विश्व तेक्वान्दो महासंघका अन्तर्राष्ट्रिय मास्टर प्रशिक्षक र रेफ्री वहाँ सन् १९९३ मा अमेरिकामा आयोजित विश्व तेक्वान्दो च्याम्पिएनसिप र १९९५ थाइलैण्डमा आयोजित इष्ट एसियन गेम्समा अफिसियल रेफ्री पनि हुनुहुन्थ्यो । सेनाबाट अवकाश लिइसकेपछि पनि हाल वहाँ निरन्तर तेक्वान्दोमै सकृय हुनुहुन्छ । सन् २००१ मा गुरुङले ‘हङकङ नेप्लिज् तेक्वान्दो एसोसिएसन’ खडा गर्नुभएको थियो । त्यसयता वहाँको प्रशिक्षकत्वमा तीनहजार बढीले ब्ल्याक बेल्ट लिइसकेका छन् ।

गण्डकी प्रदेश अन्तर्गतको विकट वार्चोक गाउँमा जन्मेका वहाँले सन् १९८४ मा काठमाण्डौमा आयोजित पहिलो दक्षिण एसियाली खेलकुद (साग) मा फ्रि स्टाइल १०० मिटर रिलेतर्फ काँस्य पदक जित्नुभएको थियो । वि.सं. २०३८ मा काठमाडौंमा आयोजित पहिलो राष्ट्रिय खेलकुद प्रतियोगितामा पौडीतर्फ दुई स्वर्ण र एक रजत पदक जित्नुभएको थियो । २०४० मा पोखरामा आयोजित दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा मार्सल आटर्स तर्फ स्वर्ण पदक सहित उत्कृष्ट फाइटरको उपाधि हासिल गर्नुभएको थियो ।

नेपाल सरकारले संविधान दिवसका अवसरमा ४५३ जनालाई मानपदवी, ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरेको हो ।


‘ग्राण्डमास्टर’ तुलसी कुमार गुरुङबारे अन्य सामाग्री

अप्ठेरोका सारथी ‘तुलसी’ जसले विदेशको कमाई जन्मभूमिलाई अर्पण गरे

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति

वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले

केही दिन पहिले (२०२७९, फागुन ५) उद्योग मन्त्रालयले एउटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णयले सरकार मातहतका निकाय तथा