Lifestyle Portal
  •   २० जेष्ठ २०८०, शनिबार
the voice of nepal

को को पुगे “द भ्वाइस” को सेमिफाइनलमा

२१ मंसिर २०७५, शुक्रबार १५:४३


ब्लाइन्ड राउण्ड, व्याटल राउण्ड हुँदै लाइभ राउण्डमा आइपुग्दा द भ्वाइस अफ नेपाल नेपाली सांगीतिक रियालिटि शो नयाँ आयाम थप्न सफल भएको छ । लुकेका साङ्गीतिक प्रतिभाहरुको खोजी तथा बिकासको लागि “द भ्वाइस अफ नेपाल” एउटा उत्कृष्ट मञ्च साबित भएको छ । चारजना सुर, ताल अनि शब्दका विज्ञ कोचहरुको साथले प्रतिस्पर्धीहरुमा नयाँ जोस तथा उत्साह थप्ने काम गरेको छ ।

सेमिफाइनलको लागि ट्यालेन्टहरु भोटिङ्ग  क्याम्पियनमा जुटिरहेका छन् । १६ जना प्रतिस्पर्धि बाट ८ जना सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलको लागि ८ जना मध्ये ६ जना ट्यालेन्टहरु सेमिफाइनलमा सुरक्षित भएका छन् । अब शनिबारको श्रृखंलाबाट अन्य दुई ट्यालेन्टहरु थपिनेछन् । सेमिफाइनलको लागि टिप प्रमोदबाट शुशिल गड्तौला, सिर्जय थपलिया सुरक्षित भएका छन,त्यसैगरी टिम दिपबाट सि.डि.बिजय अधिकारी र बिबेक वाइवा लामा सेमिफाइनलमा प्रवेश गरेका छन् । टिम सनुपबाट सप्तक दुतराज र टिम अभाया बाट शेर्या राई सेमिफाइनलको यात्रामा निरन्तरता पाएका छन् ।

शनिबारको श्रृखंलाबाट टिम सनुप र टिम अभायाबाट थप एक -एक ट्यालेनटहरु सेमिफाइनलको लागि समावेश हुनेछन् अघिल्लो श्रृखंलामा टिम अभायाबाट अनु शाक्य र कुशल आचार्य तथा टिम सनुपबाट विद्या तिवारी र शैलेश्वरी आर.एल.सिह ले आफनो प्रस्तुति प्रस्तुत गरेका थिए ।

सेमिफाइनलबाट चारजना ट्यालेन्टहरु फाइनलको लागि छनोट हुनेछन् । आफनो मनपर्ने ट्यालेन्टलाई जिताउने सम्पुर्ण जिम्मेवारी दर्शकको हातमा रहेको छ । 14 December मा कतारको दोहामा फाइनल सम्पन्न हुनेछ ।

द भ्वाइस अफ नेपालका पुराना भिडियो हेर्नका लागि

 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पृष्ठभूमि सन् २०१५ सेप्टेम्बर २५ मा सम्पन्न संयुक्त राष्ट्रसंघको महासभामा सहभागी विश्वका १९३ राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखले सन् २०३०

डा. प्रदीप ढकालद्वारा लिखित उपन्यास ‘एन्टोनिया’(आध्यात्मिक प्रेमकथा) चाडैं नै प्रकाशित हुने भएको छ । प्रेमलाई आध्यात्मिक दृष्टिबाट प्रस्तुत गरिएको उक्त

नेपालीका लागि भारत र चीन अति महत्त्वपूर्ण छिमेकी राष्ट्र हुन् । यति हुँदाहुँदै पनि भारत हाम्रो साँस्कृतिक परम्परा र सभ्यतामा

यात्रा मन पराउनेहरू यात्रामा जान्छन् । त्यसरी घुमन्ते हुन मन पराउने यदि लेखक परे भने आफू रमेका, आफू दुखेका, आफू