
विवेकशील नेपाली दल र साझा पार्टीले खुवाए ७ दिनसम्म निःशुल्क खाना
काठमाडौं । विवेकशील नेपाली दल र साझा पार्टीको आयोजनामा ७ दिने “तातो भात अभीयान” समापन भएको छ । अभियानमा ललितपुरका इमाडोल, लगनखेल र सुनाकोथी गरेर ३ ठाँउमा नियमित “तातो भात अभियान” बाट खाना खुवाउने कार्य संचालक भएको थियो । अभियान अन्तर्गत हरेक दिन ३/४ सयको संख्यामा भोका मानिसहरुलाई खाना खुवाइएको थियो । अभीयानमा सहकारी पार्टीको समेत सहयोग रहेको थियो ।
दैनिक मजदुरी गर्ने तर रोजगारी गुमेकाहरु, कोठा भाडामा बस्नेहरु, समस्यामा परेकाहरु र पार्टी-पौवा, मठ-मन्दिरमा बसोबास गर्दै आउनुभएका र राज्यबाट सहयोग नपाउनु भएका आम नागरीक भोकै नपरुन भनेर यो कार्यक्रम गरिएको अभियानको अगुवाई गरेका विवेकशील नेपाली दलका नेता समुन्द्र केसीले बताए । “यो दुखको घडीमा अरु नसके पनि एक गाँस तातो भात खुवाउनु कर्तव्यबोध ठानेका हौँ”- केसी भन्छन् ।
अहीलेका सत्तासिन र प्रतिपक्ष राजनीतिक दलहरुले असाहाय नागरिकहरु निकैनै समस्यामा परेका बेला आँखा चिम्लेकाले आफूहरु विकल्पको रुपमा आएको अभियन्ताहरुले जानकारी गराएका छन् । ‘जहीले पनि चुनाव र सत्ताको लागी मात्र साँठगाँठ गर्ने पुराना राजनीतिक दलहरुलाई सामाजिक कामहरुमा पनि बिना स्वार्थ यसरी पार्टीहरु मिलेर काम गर्नुपर्छ भन्ने सन्देश दिन चाहेको’ अभियानमा संलग्न विवेकशील नेपाली दल र साझा पार्टीका नेताहरुको भनाई छ ।
विवेकशीलले अझै ७ दिन खुवाउने
७ दिने अभियान समाप्त भएपनि पुनः ७ दिन निरन्तरता दिने तयारी गरिरहेको विवेकशील नेपालीका अभियान विभाग उपप्रमुख रजिया बानुले बताइन् । आफूहरुको सामाजिक कार्यहरुले गर्दा नागरीकहरुले विकल्पको रुपमा बुझेको र निकैनै राम्रो प्रतिक्रया पाएको अभियन्ताहरुको भनाई छ । विवेकशील नेपालीले आफ्नो पक्षबाट कायक्रममा भएका खर्चहरुको विवरण पारदर्शी ढंगले सावजनिक गर्ने जनाएको छ ।
यो पनि पढ्नुहोस :
- ‘विवेकशील नेपाली’ दर्ता नगर्नुको कारण पेश गर्न आयोगलाई सर्वोच्चको आदेश
- महिलालाई दोस्रो दर्जामा राख्ने नागरिकता विधेयक अस्वीकार्यः विवेकशील नेपाली