Lifestyle Portal
  •   २१ माघ २०७९, शनिबार
Govinda_Kc

डा. केसी काठमाडौं फर्किएर सत्याग्रहमा बस्ने

५ आश्विन २०७७, सोमबार १६:०५

लोकप्रिय

जुम्ला । डाक्टर गोविनद केसी काठमाण्डौ आएर अनसन बस्ने भएका छन् । केसीले जुम्लामा आफ्नो १९ औं सत्याग्रह शुरु गरेको आज आठौं दिन दिन हो । सोमबार एक विज्ञप्ती जारी गर्दै काठमाडौं फर्किएर अनसन गर्ने जनाएका हुन् ।

यस्तो छ विज्ञप्ति
स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका लागि हामी १९औं सत्याग्रह गरेको आज आठौं दिन पुगिसकेको छ । तर यसबीच हाम्रा मागहरु पूरा गर्न सरकारले कुनै प्रयास वा पहल गरेको छैन । बरु उल्टै रातारात अपहरण शैलीमा हामीलाई सत्याग्रह स्थलबाट जबर्जस्ती अस्पतालमा सारिएको छ ।

दुई वर्ष अगाडि हामी सत्याग्रहमा रहेकै कारणले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा जसरी राज्यले आतंक फैलाउँदै हिंसा र तोडफोड गर्र्यो, अहिले पनि केन्द्रदेखि प्रदेश सरकारसम्म उनै पात्रहरु पदमा छन् । त्यसैले फेरि त्यसै खालको हिंसा र आक्रमण नहोस् भनेर हामीले जुम्लादेखि काठमाण्डौसम्म यात्रा गरेर उहींबाट सत्याग्रह जारी राख्ने निर्णय गरेका छौं । यसबीच जुम्लामा रहेर हाम्रो सत्याग्रहमा साथ दिने, सहयोग गर्ने तथा शुभेच्छा गर्ने सबैलाई धन्यवाद प्रकट गर्न चाहन्छौं । साथै हामीले राखेका सबै मागहरु पूरा गराएर मात्रै यो सत्याग्रह टुङ्गीने जानकारी पनि गराउन चाहन्छौं ।

डा गोविन्द केसी
जुम्ला
२०७७ असोज ५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ, १९ पुस :  काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द

एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको

एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई  पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल

कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई