‘रेड वाइन’मार्फत पहिलो पटक स्क्रिन सेयर गर्दै पल र साम्राज्ञी: फर्स्ट लूक सहित


काठमाण्डौ । स्टार कलाकार पल शाह तथा युवा ढुकढुकी साम्राज्ञी राज्यलक्ष्मी शाहले पहिलो पल्ट स्क्रिन सेयर गर्नेभएका छन् । यूवा मेडिया ब्यवसायी तथा चलचित्र निर्माता रमेश एम के पौडेलको निर्देशनमा चलचित्र ‘रेड वाइन’ मा पल शाह तथा साम्राज्ञीको जोडी देख्न सकिने छ । रेड वाइनमा हास्य अभिनेता सन्दीप क्षेत्री पनि शिर्ष भूमिकामा रहेका छन् भने नव नायिका इमिली लामालाई फरक भूमिकामा देख्न सकिनेछ ।

रुद्रप्रिया तथा राज्जा रानी जस्ता अर्थपूर्ण सफल चलचित्र लगायत आधा दर्जन नेपाली कथानक पस्किसकेका पौडेल ‘रेड वाइन’बाट चलचित्र निर्देशनमा डेब्यु समेत गर्दैछन् । हाल अमेरिकामा रहेका निर्देशक पौडेलले अमेरिकामा मैं यसको सम्पूर्ण छायाङ्कन हुने बताएका छन् ।

आर्यन फिल्मस् प्रोडक्सन प्रालि तथा BODHI HD ले निर्माण गर्न लागेको यो फिल्मलाई सबिर श्रेष्ठले लेखेका हुन् भने 8848 Media House LLC को पनि साथ रहेको छ । चलचित्रको छायाङ्कन दशैं र तिहारको बीचमा हुने जनाइएको छ ।


Loading comments...