yogesh bhattrai

अन्तराष्ट्रिय उडानको प्रतिश्पर्धाले मात्र जहाज भाडा घटाउछ – मन्त्री भट्टराई


काठमाण्डौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अन्तराष्ट्रिय उडाको प्रतिश्पर्धाले मात्र जहाज भाडा घटाउने बताएका छन् ।

बैदेशिक रोजगार पत्रकार समाजले बुधबार आयोजना गरेको वेभनार कार्याक्रममा मन्त्री भट्राईले कोरोना भाईरस (कोभिड–१९) का कारण वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका कामदारहरुको उद्धारको समस्या सम्वन्धमा सरकारले गंभीरताका साथ काम गरिरहेको बताए ।

कार्यक्रममा मन्त्री भट्टराईले समस्या समाधानका लागि उप प्रधानमन्त्री एवं रक्षामन्त्री , पररास्ट्र मन्त्री, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र आफु बीचमा छलफल र प्रधानमन्त्री र उपप्रधान मन्त्री बीचको उच्चस्तरीय परामर्शबाट अन्तर्राष्ट्रिय उडानको संख्या थप गर्ने समझदारी भएकोले समस्या क्रमशः कम हुने बताए ।

मन्त्री भट्टराईले विदेशी भूमिमा अप्ठ्यारो अवस्थामा रहेका नेपालीहरुप्रति सरकार असंवेदनशील रहेको भनेर प्रचार नगर्न पनि आग्रह गरे । विश्वभरमा अन्तराष्टिय उडान ४० प्रतिशत कटौती भएकोले यात्रुहरुले सहज रुपमा टिकट नपाएको चौतर्फी प्रभाव देखिएको बताए ।
मन्त्री भट्राईले विदेशी जहाज कम्पनीको भाडा घटाउने विषयमा नेपाल सरकारले कुनै भुमिका खेल्न नसक्ने जानकारी दिए । हवाई संझौता गर्दा नै विदेशी सरकारले जहाज कम्पनीको भाडा लगायतका विषयमा जहाज अवतरण हुने देशले हस्तक्षेप गर्न नपाउने प्रावधान राखिने बताए ।

नेपाली विमान कम्पनीको भाडा मंहगो भएको सम्वन्धमा विदेशस्थित नेपाली नियोगहरुले अनुगमन गर्न जरुरी रहेको भन्दै मन्त्री भट्राईले भाडादर केही महंगो हुन गएको विषयमा सरकार जानकार रहेको तर यो परिस्थितीको वाध्यता भएको जिकिर गरे । परिस्थिती अत्यन्त प्रतिकुल रहेको छ, तर कोरोना भाईसरसंग जुधेर नै जानु पर्छ भन्ने देखिएको छ, उनले भने ।

विदेशमा रहेका नेपालीहरुको स्वदेश फिर्तीका लागि सरकारले सक्दो कोशिस गरिरहेको भन्दै मन्त्री भट्राईले भने , पीसीआर परिक्षणमा ७२ घण्टा अगाडीको नेगेटिभ रिपोर्ट भएका यात्रुमात्र ल्याउने गरी नियमित उडान भएका देशबाट एअरलाइन्सले थप उडान माग गरेमा अनुमति प्रदान गरिने निर्णय गरिएको छ । यसले स्वदेश फर्किने समस्या क्रमशः कम गर्दै लैजाने मन्त्री भट्राईले बताए । विदेशी रोजगारदाता कम्पनीले आफ्नै खर्चमा कामदारलाई नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमति प्रदान गरिने पनि निर्णय भएको मन्त्री भट्राईले बताए ।

विदेशमा कम्पनी टुटेर अलपत्र परेका, जेल अवधि सकिएर स्वदेश फर्किनु पर्ने जस्ता कामदारहरुलाई वैदेशिक रोजगार कल्याणकारी कोषबाट उद्धार गर्ने निर्णय भएको भन्दै सरकारले केही गर्न सकेन भन्नु वस्तुगत नहुने जिकिर गर्दै त्यसका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्बन्धित देशको नेपाली नियोगसँग उडानका समन्वय गर्ने जिम्मेवार दिईएको बताए । त्यसका लागि दूतावासहरुमा खटिएका श्रम सहचारीहरुले विशेष भुमिका खेल्नुपर्ने मन्त्री भट्टराईको भनाई छ ।

सरकारले नेपाली कामदार वैदेशिक रोजगारीमा जाने प्रमुख गन्तव्य मुलुक मध्ये साउदी अरवको रियाद, कतारको दोहा र कुवेतको कुवेतसीटीबाट असोज १५ गतेदेखि नियमित उडान शुरु गर्ने निर्णय गरेको छ ।

ओमनका लागि नेपाली राजदुत शर्मिला पराजुली ढकालले गृहकार्य र उचित संयोजनको अभावमा नेपाली कामदारहरु अनपेक्षित रुपमा महंगो जहाज टिकटमा स्वदेश फर्किनु पर्ने वाध्यतामा परेको भन्दै आगामी दिनमा सरकारका तर्फबाट हुने निर्णयमा उचित संयोजनको आवश्यकता रहेको औल्याईन ।

कार्यक्रममा मध्यान्ह राष्ट्रिय दैनिकका प्रधानसम्पादक मदन कुमार श्रेष्ठले चैत ९ गते पछि नियमिततर्फका अन्तर्राष्ट्रिय हवाई उडान बन्द भएका कारण वैदेशिक रोजगारीबाट फर्किने कामदार समस्यामा परेको उल्लेख गर्दै जेठ ३२ पछि चार्टर हवाई उडान सुरु भएको तर त्यो प्रयाप्त हुन नसकेको बताए ।

सम्पादक श्रेष्ठको कार्यपत्रमा सेप्टेम्बर १ तारेखबाट महिना भरीको लागि ५८ वटा नियमित र २७ वटा चार्टर उडान तालिका भएपनि खाडीका ७ मुलुक र मलेसियाबाट फर्किने वाध्यतामारहेका ४ लाख ७ हजार नेपालीका लागि टिकट पाउन र पाएको टिकट खरीद गर्न समस्या रहेको उल्लेख छ ।


Loading comments...