केटकेटीलाई ललाई फकाई सुनचाँदीका गहना लुट्ने पक्राउ


काठमाण्डौ, ८ आश्विन, २०७७ । उपत्यकाको विभिन्न स्थानहरुबाट स-साना बालबालिकाहरुलाई ललाई फकाई कानको मुन्द्रा लुटपाट गर्ने र सो खरिद गर्ने कार्यमा संलग्न दुईजना लाई प्रहरीले पक्राउ गरेको छ।

काठमाण्डौंको बालाजु मनमैजु; कपन; कपुरधारा; गल्कोपाखा; स्युचाटार; कोटेश्वर; बालकुमारी; गोठाटार; पानी ट्याङ्की; महांकाल; आरुबारी; नारायणटार लगायतका ठाउँहरूबाट बिभिन्न मितिमा २२ पटक साना बालबालिकाको कानको मुन्द्रा लुटपाट गर्ने महिला र सुन किन्ने पुरुषलाई महानगरीय प्रहरी वृत्त बौद्धको टोलिले नियण्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भैरहेको ।

हालसम्म २० जना अभिभाबकहरू प्रहरी सम्पर्कमा आएको तथा केही प्रहरी सम्पर्कमा आउन बाँकी रहेको । साथै आफ्ना बालबालिकालाई अपरिचित व्यक्तिसँग कसरी सुरक्षित हुने भनेर सिकाएमा भविष्यमा पुनः यस प्रकृतिका घटनाहरू दोहोरिन पाउनेछैनन ! नेपाल प्रहरीद्वारा जारी सामाग्रीमा उल्लेख गरिएको छ ।


Loading comments...