
भूकम्पपछिको पुनर्निर्माणका लागि भारतद्वारा ‘नेरु १ अर्ब ५४ करोड’को चेक हस्तान्तरण
८ आश्विन २०७७, बिहीबार २०:४०
काठमाण्डौ, ८ आश्विन, २०७७ । नेपालमा भूकम्प पछिको पुनर्निर्माणका लागि काठमाण्डौस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य खम्पाद्वारा नेपाल सरकार अर्थ मन्त्रालयका सचिव श्री शिशिर कुमार ढुङ्गानालाई नेरु १ अर्ब ५४ करोड बराबरको चेक हस्तान्तरण गर्नुभएको छ ।
यही असोज ६ गते भारतीय राजदूतावासका नियोग उप–प्रमुख श्रीमती नामग्य खम्पाले नेपाल सरकार अर्थ मन्त्रालयका सचिव श्री शिशिर कुमार ढुङ्गानालाई भारत सरकारले आवास तथा विद्यालय पुनर्निर्माणका कार्यहरुलाई प्रभावकारी कार्य सम्पादन गर्न गरेको प्रतिबद्धता अनुरुप नेरु १ अर्ब ५४ करोड (भारु ९६ करोड) बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।
भारत सरकारले आवास परियोजना अन्तर्गत १५० मिलियन अमेरिकी डलर अनुदान सहायता नेपाल सरकारलाई उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो । यस चेक हस्तान्तरणसँगै भारतले आवास क्षेत्रको पुनर्निर्माणका लागि नेपाल सरकारलाई अनुदान सहायताको ७२ मिलियन अमेरिकी डलर उपलब्ध गराइसकेको छ । भारत सरकारले गोरखा र नुवाकोट जिल्लाका ५० हजार निजी आवास पुनर्निर्माणका लागि गरेको प्रतिबद्धता मध्ये ९२ प्रतिशत १२ बैशाख, २०७२ को महाभूकम्प प्रभावित घरधूरीको आवास निर्माण सम्पन्न भइसकेको छ ।
Ms. Namgya Khampa, Deputy Chief of Mission handed over cheques amounting to NPR 1.54 billion to Mr. Sishir Kumar Dhungana, Secretary, Ministry of Finance of Government of Nepal towards post-earthquake reconstruction assistance. Details at: https://t.co/URwgnuVEpF pic.twitter.com/0PlM89e87H
— IndiaInNepal (@IndiaInNepal) September 24, 2020
यस्तै भारत सरकारले ५० मिलियन अमेरिकी डलर अनुदान सहायता अन्तर्गत ७० वटा विद्यालय र एक पुस्तकालयको पुनर्निर्माणका लागि पनि सहयोग प्रतिबद्धता गरेको छ । यस मध्ये भारत सरकारले विद्यालय पुनर्निर्माण तर्फको ४.२ मिलियन अमेरिकी डलर बराबरको पहिलो किस्ता नेपाल सरकारलाई उपलब्ध गराइसकेको छ ।
भूकम्प पछिको पुनर्निर्माण तर्फको प्रयासमा नेपाल सरकार तथा नेपाली जनतालाई निरन्तर सहयोग गर्न भारत सरकार प्रतिबद्ध रहन्छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ, १९ पुस : काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई