Lifestyle Portal
  •   ४ चैत्र २०७९, शनिबार

कोरोनाको भ्याक्सिन ल्याउन नेपाल के गर्दैछ ?

८ आश्विन २०७७, बिहीबार २२:१९

लोकप्रिय

आजको TOUGHtalk हाइलाइट्स

  • अमेरिकाबाट डाक्टर बिजय ढकाल जो कोरोनाभाइरसको जटिल परिक्षणहरु गर्ने अमेरिकास्थित ‘Sonic Reference Lab’ कोभिड-१९ टास्कफोर्समा साइन्टिफिक एडभाइजर ।
  • चिकित्सक, जनस्वास्थ्य विद तथा संक्रामक रोगका सोधकर्ता तथा पछिल्लो समय भ्याक्सिनको बिकासबारे चाँसो राखिराख्नुभएका डाक्टर किरणराज पाण्डे । डाक्टर किरणराज पाण्डेसँग Internal Medicine स्वास्थ्यसँग विशेष अनुसन्धानको अनुभव छ ।
  • फोक्सो तथा सघन उपचारमा विशेषज्ञता राख्नुहुने डाक्टर रक्षा पाण्डे । डाक्टर रक्षा पाण्डेसँग सिंगापुरस्थित ‘National University Hospital’ मा ७ वर्ष चिकित्सा क्षेत्रमा काम गरेको अनुभव छ ।

कोराना भारइस (कोभिड–१९) को संक्रमण शुरु भएको करिब नौ महिना भयो । यो अवधिमा संसारका करिब तीन करोड भन्दा बढी मानिसहरु संक्रमति भएका छन भने करिब १० लाखको मृत्यू भइसकेको छ ।

संक्रमणको दर अहिले नेपालमा पनि बढेर गएको छ । झण्डै ७० हजार संक्रमति भइसकेका छन् भने मृत्यू हुनेको संख्या पाँच सय हाराहारीमा पुग्दैछ । यति छोटो अवधिमा संसारभर नै फैलिएको यो भाइरसको रोकथाम र नियन्त्रणको ठुलो चुनौती अब हामी सामु पनि देखा पर्दैछ । हामी अझै पनि न त यसबाट बच्न व्यत्तिगत तहमै आवश्यक विशेष सावधानी अपनाउन सकिरहेका छौ न सरकारका तर्फ हुनु पर्ने भर पर्दो व्यवस्थापन नै ।

अनि यति नै बेला कैयौ देशका बैज्ञानिकहरु भ्याक्सिन निर्माणमा जुटेका छन् र सफलताको नजिक पुगेको दाबी गरिरहेका छन् । धेरैजसो देशहरुले त आफ्ना नागरिकलाई बचाउन भ्याक्सिन उत्पादक कम्पनीहरुसंग प्रि–बुकिङ समेत गर्न थालिसकेका छन् ।

कोरोना विरुद्धको भ्याक्सिनको विकास कहाँ कहाँ, कसरी भइरहेको छ ? यसको विकासका लागि अरु कति समय लाग्छ ? यसका जटिलताहरु के छन् ? भ्याक्सिन पत्ता लागेको अवस्थामा नेपालले छिटो आफ्नो मुलुकमा भित्राउन के के पहल गर्नुपर्छ ?

कि संसारभरका अन्य मुलुकहरु भ्याक्सिन बनेको अवस्थामा कसरी आफ्नो मुलुकमा ल्याउने र नागरिकहरुलाई बचाउने भनेर तदारुकता देखाइरहेको अवस्थामा नेपाली अधिकारीहरु के गरिरहेका छन् ? यसका साथै अहिले बढिरहेको संक्रमितको संख्या र मृत्युले के संकेत गर्छ । आगामी दिनमा हामीलाई कोरोना भाइरसले कसरी घेर्दैछ ?
यस्तै प्रश्नको जवाफ खोज्नका लागि आजको संवादमा आज तीन जना डाक्टरहरु हुनुहुन्छ । अमेरिकाबाट डा. विजय ढकाल । उहाँ कोरोना भाइरसका कठिन टेस्टहरु गर्ने अमेरिकाको सोनिक रेफ्रेन्स ल्याबको कोभिड–१९ टास्कफोर्समा साइन्टिफिक एडभाइजरको रुपमा कार्यरत हुनुुहन्छ ।

त्यस्तै नेपालबाट जनस्वास्थ्यविद् समेत रहनु भएका संक्रामक रोगका सोधकर्ता र पछिल्लो समय यसको भ्याक्सिनको विकासबारे चासो राखिरहनुभएका जनस्वास्थ्य विज्ञ डा किरणराज पाण्डे र फोक्सो तथा क्रिटिकल केयरमा विषेशज्ञता राख्नु हुने डा.रक्षा पाण्डे ।

TOUGHtalk को ताजा अंक हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति

वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले

केही दिन पहिले (२०२७९, फागुन ५) उद्योग मन्त्रालयले एउटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णयले सरकार मातहतका निकाय तथा