Lifestyle Portal
  •   २४ श्रावण २०७९, मंगलवार

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ५ वर्षपछि पक्राउ

९ आश्विन २०७७, शुक्रबार २२:४०

काठमाण्डौ । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त मैतिदेवी बस्ने सिरहा विष्णुपुर गाउँपालिका-५ लक्ष्मीपुर घर भएका २४ वर्षीय रवि कुमार यादवलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

२०७२ बैशाख १५ गते बिहान ललितपुर गोदावरी नगरपालिका-५ लेले फैडोल सामुदायिक वनमा सुनसरी ईटहरी नगरपालिका-४ भई ललितपुर चापागाउँ बस्ने २६ वर्षीया आरती परियारको धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा संलग्न रही फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाण्डौको मैतिदेवीबाट पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा उक्त घटनापश्चात यादव भारतस्थित बैङलोरमा लुकिछिपी बस्दै आएको समेत खुल्न आएको छ । उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त चापागाउँ ललितपुर पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पर्वको बहानामा अराजकता फैलाएको भन्दै ‘विश्व हिन्दू परिषद् नेपाल’द्वारा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।

बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका

हाम्रा बजारहरूमा पच्चीस पैसा, पचास पैसा, एक रुपियाँका सिक्का देखिन छाडेको वर्षौं भयो। यसैगरी एक र दुईका कागजी नोट बजारमा

भारत सरकारको अनुदान सहयोगमा तनहुँ जिल्लाको घिरिङ गाँउपालिकामा अवस्थित श्री दिपक माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ । भारतीय