Lifestyle Portal
  •   ९ माघ २०७९, सोमबार

डलर देखाई रकम लुटपाट गर्ने पाँच जना पक्राउ

१० आश्विन २०७७, शनिबार २१:११

लोकप्रिय

भक्तपुर । सूर्यबिनायक नगरपालिका-२ बालकोटस्थित रोज भिलेज नजिकबाट काठमाडौं धापासी बस्ने व्यक्तिलाई डलर देखाई नेपाली ५ लाख रुपैंया लुटेको अभियोगमा ५ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-१ बस्नेहरु सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका ३६ वर्षीय खेल बहादुर तामाङ, ३३ वर्षीय रेल बहादुर तामाङ, भक्तपुर मध्यपुर ठिमी नगरपालिका-९ बस्नेहरु सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-६ घर भएका ५६ वर्षीय श्याम बहादुर तामाङ, २५ वर्षीय रामकृष्ण तामाङ र ३२ वर्षीया कान्छी तामाङ रहेका छन् ।

लुटपाटको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई भक्तपुर मध्यपुर ठिमी नगरपालिका-९ बाट पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद २ लाख ४२ हजार ९ सय ३५ रुपैयाँ, ५ थान मोबाइल, २ थान मोटरसाइकल र २ बण्डल डलर भनि झुक्काउन तयार गरिएको कागजको बिटो समेत प्रहरीले बरामद गरेको हो ।

साथै २०७७ साउन ८ र १९ गते मध्यपुर ठिमी नगरपालिका-९ र ५ बाट ७ लाख रुपैयाँ, २०७७ भदौ ३१ गते मध्यपुर ठीमी नगरपालिका-२ बाट ५ लाख रुपैयाँ, २०७७ असोज ६ गते मध्यपुर ठिमी नगरपालिका-९ बाट ९ लाख ८० हजार रुपैयाँ नगद लुटपाट भएको घटनामा समेत उनीहरुको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

उनीहरु उपर आवश्यक अनुसन्धान भइरहेको तथा अन्य लुटपाटका घटनामा संलग्न रही फरार रहेका अन्य व्यक्तिहरुको खोजी गरिरहेको उक्त परिसरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ, १९ पुस :  काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द

एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको

एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई  पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल

कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई