
कोरोना संक्रमणका कारण विदेशमा थप २१ जना नेपालीको मृत्यु पुष्टि, निको हुने दर बढदो
११ आश्विन २०७७, आईतवार १३:२५
लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विभिन्न मितिमा थप २१ जना नेपालीको ज्यान गएको सो साता पुष्टि भएको छ ।
गैरआवासीय नेपाली संघका अनुसार कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, युएईमा १ जना, युगान्डामा १ जना गरि शनिवार साँझसम्म १७ देशमा रहेका २ सय ६५ जना नेपालीको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको हो ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार शनिवार साँझसम्म ४२ देशमा रहेका ३८ हजार ८ सय ४८ जना नेपाली कोरोना भाइरसबाट संक्रमति भएका हुन् ।
ती मध्ये ३५ हजार ७८ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो कुल संक्रमितमध्ये ९२ प्रतिशत हो ।
समितिका संयोजक डा. संजीव सापकोटाका यो साता पोर्चुगल,बेलायत, साउदी अरब, कुवेत, यूएई, संयुक्त राज्य अमेरिकामा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको हो ।
यस्तै नेपालमा मात्र ७१ हजार ८ सय २१ जना कोरोना भाइरसबाट संक्रमित भएका छन भने ती मध्ये ५३ हजार १३ जना कोरोना मुक्त भएका छन । यो कुल संक्रमितको ७१ प्रतिशत हो । हालसम्म नेपालमा ४ सय ६७ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।
कोरोना भाइरसकै कारण नेपाल सहित विश्वभर छरिएका नेपाली मध्य ७ सय ३२ जनाको निधन भएको छ । यस्तै विश्वभर १ लाख १० हजार ६० जना नेपालीमा कोरोना संक्रमण देखिएको छ भने ती मध्ये ८८ हजार ९१ जनाको कोरोना भाइरसबाट मुक्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति
वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न
भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले
केही दिन पहिले (२०२७९, फागुन ५) उद्योग मन्त्रालयले एउटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णयले सरकार मातहतका निकाय तथा