अमेरिकी राष्ट्रपति चुनावमा ‘इस्लामोफोबिया’को प्रभाव


शुरु गर्छु सन् २००८ को वाराक ओवामाको राष्ट्रपतिय चुनावको विजयबाट । यसपछि यसअघिका नेतृत्व अर्थात जर्ज बुशको राष्ट्रपतिय शासनमा भएका एन्टिमुस्लीम नीति र कदमहरुको सुधार हुने व्यापक आशा थियो, ओबामाको दुई कार्यकालले बुश प्रशासनका इस्लामविरुद्धका अनेकन कदमहरु क्रमशः सुधार गरेको पनि हो, मुख्यतया वार मेकिङ र एन्टिमुस्लीम नीतिहरु ओबामाले यथेष्ट शंसोधन गरिदिएका हुन् ।

लेखकः सुयोग ढकाल

अमेरिकाको प्याट्रियोट एक्टलाई ओबामाले फराकीलो पनि बनाएका थिए र यिनको कार्यकालमा पनि इस्लामोफोबियाको बृहत बढोत्तरी नदेखिएको पक्कै थिएन । अमेरिकाको स्ट्राइकमा मारिएका इस्लाम कम्व्याटेन्टलाई ओबामाले इनीमी बम्व्याटेन्ट करार पनि दिए, यिनले सुक्ष्म तवरले अप्रत्यक्ष रुपमा सामान्य अमेरिकी मुसलमानहरुलाई थप कडाई गरेको आरोप लाग्यो ।

ओबामाले ल्याएको किल लिस्टमा डिटेन्शनको चार्जमा कुनै कसुर बिना पनि नागरीकहरुलाई मुख्यतया मुसलमानहरुलाई पटक पटक पीडा दिएको आरोप छ । अब आज १२ वर्षपछि पून अमेरिकाको चुनावमा ईस्लामोफोवियाको आवाजहरु उठिरहेका नै छन्, डेमोक्रेटिक उम्मेदवार कमला ह्यारीश र जोए वाइडेनको विजय भएमा इस्लामोफोबियाको प्रभाव र बजारिकरणको कस्तो प्रभाव रहन्छ, आजको चर्चाको विषय हो ।

संरचनागत अनि नीतिगत भेदभाव जसमा धर्मलाई आधार मानेर नागरीकहरुलाई नै प्रताडना दिइन्छ, त्यो नै अमेरिकी परिपेक्ष्यको इस्लामोफोविया हो । हुन त हिलरीले प्राइम कन्भेन्सनमा मुसलमानलाई बोल्ने अवसर दिनु र ओवामाले रमादानमा डिनर पार्टी आयोजना गर्नु अमेरिकी मुसलमानहरुका लागि राम्रो कदम थियो तर यर्थाथमा धेरै कुराहरु बाँझिएको पाइने अमेरिकी मुसलमानहरुको अहिलेको आवाजमा पाइन्छ ।

अमेरिकी वार मेकिङको ब्ल्याङ चेकका रुपमा कतै इस्लामोफोबिया प्रयोग भएको त हैन ? कि वास्तवमा अमेरिकी राजनितिको पृष्ठभूमी रेसिस्ट छैन, यो दुबै संभावनालाई केलाउन जरुरी छ, अमेरिकी मुसलमानहरुले यस पटकको चुनावमा यस तथ्यलाई आफ्नो भोट मार्फत् सम्वोधन गर्नेछन् ।

सन् २०१६ को चुनाव प्रचारमा हिलरीले किजर खानलाई डेमोक्रेटिक कन्भेन्शनमा बोलाइन्, किजरका छोरा अमेरेकी सैनिक थिए जो इराक यूद्धमा मारिएका थिए । किजरले आफ्नो समर्थन डोनाल्ड ट्रम्पको विरुद्ध रहेको बताउँदै अमेरिकी जनताहरु विशेषत् अमेरिकी मुसलमानहरुलाई हिलरीको पक्षमा मतदान गर्न आह्वान गरे तर फेरि जीत त ट्रम्पले पाए । यिनी आफ्नो राष्ट्रवादी भाषण र इस्लाम बिरोधी वक्तव्यका लागि आलोचित भएता पनि चुनावमा विजयी भए । ट्रम्पको शासन अब समापन हुँदै नयाँ अनुहारका लागि चुनाव हुँदैछ, अमेरिकाले अब कस्तो नेतृत्व पाउनेछ अमेरिकी मतदाताको मतले तय गर्ने पक्कै छ यद्धपी अमेरिकी भोट ब्याङ्कहरुको प्रभावकारितामा इस्लामोफोबियाको भूमिका अत्यन्त महत्वपूर्ण छ ।

इज्रेलको मध्यपूर्वमा प्रभाव दह्रो बनाउने क्रममा अमेरिकीहरु माझ सभ्य इज्रेली र असभ्य जिहादिस्तको नारा यस चुनावमा निकै प्रयोृग भइनैरहेको छ, ईराक वारलाई वैधानिक स्वरुप दिने समर्थकहरु कन्जरभेटिभ पक्षमा देखिन्छन् तर यसपटक यि समर्थकहरु डेमोक्रेटिक पक्षमा पनि उत्तिकै छन्, कमला ह्यारीशको भोट हिन्दुत्व अनि इमिग्रेन्ट भारतीयहरुवाट आउने मानिन्छ । भारतीय जनता पार्टीले भारत उद्गम भएकी कमलाको समर्थनमा आधिकारिक वक्तव्य नै जारी गरेको बताइन्छ, जे होस् इस्लामोफोवियाको विरुद्धका भोटहरु धेरैजसो डेमोक्र्याटहरुले लाने पक्का छ ।

मुसलमान अमेरिकी लेखक वजहाद अलीले अब अमेरिकाले मिर्च र मसला बुझेकी कमलालाई व्हाइट हाउसमा पाउने नै हो त भनी टवीट गरेका थिए, उनी कमलाको मसर्थन या विमथनमा देखिएका छैनन ।

ट्रम्पले एउटा वक्तव्यमा, ‘कमला ह्यारीश अमेरिकाको राष्ट्रपतिमा आउनु भनेको अमेरिकाका लागि लाजको विषय हो’ भनी भनेका छन् , ट्रम्पले फेब्रुअरीमा गरेको भारत भ्रमण र चर्चित भाषण अनि नरेन्द्र मोदीको अमेरिका भ्रमणका क्रममा ट्रम्पको चुनावी अभियानमा साथले भारतीय आप्रवासी भोटहरु कमलाले मात्र नलगेर ट्रम्पपक्षकाले पनि बाँड्ने छन् भन्ने स्पष्ट छ ।

रिइलेक्शनका प्रत्याशी ट्रम्पका अनुसार अमेरिकीहरुले कमलालाई कन पराँउदैनन, अर्कोतर्फ यदि कमला अमेरिकी राष्ट्रपतिको दैलोमा सफल भइन भनें उनी अमेरिकाकी पहिलो महिला उपराष्ट्रपति हुनेछिन् । लैगिंक हिसाबले कमलाको उम्मेद्वारी वलियो मानिन्छ तर पछिल्लो पटक हिलारीको महिलावादी जादु असफल भएपछि अमेरिकी भोटरहरुको स्पष्ट सेन्टीमेन्ट फरक रहेको देखिन्छ ।

कमलालाई दुबै अफ्रिक्न अमेरिकन र एसियन अमेरिकन महिलाका रुपमा स्थापित गराइएको पाइन्छ, जोए वाइडेनको कार्यकालकी उपराष्टपतिका रुपमा यिनलाई अमेरिकी जनताहरुले चुन्नेछन त? चुनावले बताउनेछ ।

ट्रम्पले बाइडेनले जितेमा चीनले जित्ने र अमेरिकाले हार्ने बताँउदै आएका छन्, अब हेरौं डिसेम्बरले के बताउनेछ ।


Loading comments...