पर्सा जिल्लाको वर्तमान स्वास्थ्य अवस्थाप्रति सरोकारवालाहरु चिन्तित


वीरगञ्ज । पर्साको हाल स्वास्थ्य अवस्था देखेर सरोकारवालहरुको ध्यानार्कषण भएको छ । पर्सामा अहिले उपचार नपाएर अस्पताल भौतारिनु परेकोले गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले जिल्ला प्रशासन र्कायालय पर्साको ध्यानार्कषन गराएको छ ।

कोरोना महामारीका कारण पर्सामा हजारौं सकंक्रमित छन भने कयौंले ज्यान गुमाएका छन । साथै पर्सामै ८ जना भन्दा बढी व्यतिm उपचार नपाएर अस्पतालको गेटमा मृत्यु भएको सर्वविदितै छ ।

उपचार नपाएर मृत्यु भएको कारणले पर्साको स्वास्थ्य अवस्था नराम्रो भएकोले गिरिजा प्रसाद कोईराला फाउण्डेशनका अध्यक्ष मोहम्मद सहाबुद्दिनको अध्यक्षतामा सचिव धिरज प्रसाद गुप्ताले पर्साका प्रमुख जिल्ला अधिकारी आशमान तामाङलाई ज्ञापन-पत्र बुझाएका छन् ।

गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनको अध्यक्षतामा ज्ञापन पत्र बुझाउन गएका समुहले पर्साको कोरोना महामारी तथा पर्सा जिल्लाको स्वास्थ्य क्षेत्रको यथास्थितीबारे पर्साका प्रमुख जिल्ला अधिकारीसंग सल्लाह गरेका छन् ।

जिल्ला प्रसासन कार्यालय पर्सामा गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साका सह सचिव मिंन्टु देवि सिंह, कोषाध्यक्ष मनोहर साह, सदस्य प्रिति सिंह,जंगबहादुर पटेल, सन्तोष कुमार गुप्ता, शेख नेजामुदिन, दिनानाथ प्रसाद गुप्ता, पप्पु सिंह, सदिप कुमार केवट, जितेन्द्र ठाकुर, मनजेश र्कण, पप्पु बैठा, संजय पटेल, सफु शर्मा, अशोक बैठा, कर्ण पटेल, लालबाबु साह लगायतका र्कायकर्ताको उपस्थिति रहेको थियो ।

ज्ञापन-पत्रको वास्तविक प्रति


Loading comments...