Lifestyle Portal
  •   ३० बैशाख २०७८, बिहीबार

तपाईंलाई भाइबरमा ‘लटरी पर्‍यो’ भन्दै अडियो आयो? : सतर्क रहनुहोला ठगहरुको धन्दा बढेको छ

१२ आश्विन २०७७, सोमबार २२:१७

काठमाण्डौ । मीना (नाम परिवर्तन) लाई भाइवरमा आएको अपरिचीत कलले शुभकामना दिँदै वहाँले लटरी जित्नुभएको र १ मिलियन डलर पुरस्कार पाउनुभएको जानकारी दियो । एक्कासीको खुशीको खबरले मीनाको हर्षको सिमा रहेन अनि कलरको सुझाव अनुरुप उनले यस कुरालाई गोप्य नै राखिन् । उक्त पुरस्कार नेपाल आउन अन्तरदेशिय कारोवार नियम अनुरुप तिर्न पर्ने करको रकम मीनालाई भरपाइ गर्न लगाइयो, मीनाले ५ लाख नेपाली रुपैँया भरपाई पनि गरिन तर त्यसपछि कल आएन । महानगरिय प्रहरी प्रभाग लगायत देशैभरि यस्ता कैंयन ठगीका केसहरुको सुनुवाई भइरहेको छ ।

suyog dhakal
लेखकः सुयोग ढकाल

सामाजिक सञ्जालहरु चलाउनुहुन्छ अनि मुख्यतया भ्वाइस र भिडियो मेसेजीङ एप्सहरु भाइबर, इमो प्रयोग गर्नुहुन्छ भने यहाँहरु सतर्क रहन अत्यन्त जरुरी छ । यस्ता मेसेजिङ एपबाट लटरी/चिठ्ठाको नाममा ठगी धन्दाका घटनाहरु दिनानुदिन बढ्दो छ । यस्ता मेसेजिङ एप्सहरुमा देशभित्रै अनि देशबाहिरका नम्बरहरुबाट कल आउने अथवा अडियो सन्देश सिधै नेपाली मोबाइल नम्बरहरुबाट आउने क्रम बढ्दो छ, आज लाइभमाण्डूमा हामी यस विषयको चर्चा गर्दैछौं ।

ठगले ‘भाइबर कल सेन्टर USA बाट’ भन्दै लटरी/चिठ्ठा पर्‍यो भनि भाइबरमा पठाएको अडियो

यस्ता कल आउने प्रकरणहरु समान्यता कुनै पनि देश या क्षेत्रमा चुनाव भइरहेको अवस्थामा धेरै पाइने अध्ययनहरुले बताएको छ, चुनाव प्रचारका क्रममा सहयोग गर्ने या धम्की दिने र अन्य भ्रामक समाचार प्रकाशन गर्ने त्रास लगायतका कुराहरु गर्न फोन गर्ने प्रकरणहरु निकै पाइने रहेछ भने सामान्यतया कुनै स्कीम, पुरस्कार या लोटरी/चिठ्ठा परेको बताँउदै भन्सारमा पुरस्कार अड्केको या अन्तरदेशिय आर्थिक् कारोवारमा कर लाग्ने बताउँदै मान्छेहरुलाई ठूलो धनको प्रलोभनमा पारेर उक्त कलरको अकाउण्टमा रकम पठाउन लगाउने पाइएको छ, यस विषयमा हामी सबै जानकार रहन जरुरी छ ।

एक त भाइबरमा हुने यस्तो स्क्यामहरुमा भाइबरको प्रयोगकर्ताको जानकारी सुरक्षण सम्बन्धी प्रविधिमा एउटा ठूलो दूलो छ नत्र कसरी नेपाली नम्बरहरुमा यस्ता सन्देश सिधै आइपुग्नसक्छ । अथवा हुनसक्छ यस्तो एपले हाम्रो कन्ट्याक्ट बुकका सबै जानकारीहरु सुरक्षित रुपमा राखेको छैन । व्यवस्थित ठगी गर्ने गिरोहहरुले यस्ता एपहरुको कमजोरीको फाइदा उठाउँदै रिजनल मोबाइल नम्बर रेन्जमैं टार्गेट गरी सामूहिक रुपमा सजिलै यस्ता ठगीका घटनाहरु घटाइरहेका छन् ।

यसै सन्दर्भमा नेपाल प्रहरीले पनि नागरिक सचेतनाका लागि सूचना जारी गरेको थियो । नेपाल प्रहरीद्वारा सूचनामा लेखिएको छः

भाईवर, फेसबुक, व्हाट्सएप, ईमो लगायतका माध्यम प्रयोग गरेर ठुलो रकम चिट्ठा पर्यो भनी ठगी गर्ने गिरोह सक्रिय रहेको छ ।
यस किसिमका प्रलोभनमा परेर रकम लेनदेन नगर्नहुन अनुरोध गर्दछौं ।

सचेत रहौं । सुरक्षित रहौं ।

हुन त नेपालमा टेलीकम र इन्टरनेट सेवा प्रदायकले यस्ता स्काम कललाई ट्र्याक गर्ने जनाएपनि सम्पूर्ण रुपमा यसको निरोध भन्दा पनि हामी प्रयोगकर्ताहरुको सजगता नै यसको मुख्य रोकथाम हो ।

नेपाल टेलीकमले त इन्टरनेट सेवा प्रदायकहरुलाई यस्ता स्काम कललाई गेटवे नदिन उर्दी पनि जारी गरेको छ, तर हरेक पटक यस्ता कलको पहिचान र निरोध सम्भव नहुन सक्दछ । यद्धपी कलिङ लाइन आइडेन्टीफिकेशन नभएका कलहरुलाई रोक्न भने थालिएको छ तर पनि यस्ता ठगीका घटनाहरु बेलाबखत हुँदै आएको तथा सम्पूर्ण रुपमा नरोकिएको पाएका छौं ।

धेरैजसो भारत, श्रीलंका र पाकिस्तानका लाइनबाट यस्तम कल नेपाली प्रयोगकर्ताहरुलाई आउने पाइयो । पछिल्लो समयमा नेपाली प्रयोगकर्ताहरुको डाटा ब्रिच र साइबर सुरक्षाका मुद्दाहरु निकै उठिरहेका छन्, विश्वभरिका करोडौं प्रयोगकर्ताहरुको मनपर्ने मेसेजिगं एप्सहरुको डाटा ब्रिचको कारणले यस्ता स्काम कलहरुको बिगबिगी नेपाल जस्तो बिकासोन्मुख अनि प्राविधिक संरचना र साइबर सुरक्षा उति मजबुत नभएको देशमा बढि पाइएको हो । यस विषयमा जनचेतना अनि जागरुकताको निकै खाँचो छ ।


अन्य सम्बन्धित समाचार हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं । केपी ओली पुनः प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्या भण्डारीले नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता

काठमाडौं । कोरोनाको जोखिम बढ्दै गएपछि बैंकिङ सेवामा व्यापक कटौती भएको छ । यसअघि सिमित शाखामात्र खुल्दै आएकामा बैंकहरुले सिमित

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार बनाउनका लागि दावी पेश गर्न दिएको समयसीमामा कुनै पनि दलले सरकार बनाउने दावी पेश

कठमाडौं। चीनले नेपाललाई उपलब्ध गराएको कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो डोज जेठ २ गतेबाट लगाउन थालिने भएको छ। त्यसका लागि