हिमालयन एयरलाइन्सलाई दिने भनिएको ‘सेल्फ ग्राउन्ड ह्यान्डेलिङ’ बारे ‘नेवानि कर्मचारी संघ’को आपत्ति


काठमाण्डाै । नेपाल वायुसेवा निगम कर्मचारी संघले हालै विदेशी लगानीको हिमालयन एयरलाइन्सलाइ यही भदौ ४ गते मन्त्रीको ठाडो निर्देशनमा सेल्फ ग्राउन्ड ह्यान्डेलिङ सेवाको नाममा एकलौटी रूपमा विदेशी लगानीमा संचालित हिमालय एयरलाइन्सलाई गर्नदिने निर्णय प्रति आपत्ति जनाउँदै चरणवद्ध विरोधका कार्यक्रमहरु सार्वजनिक गरेको छ भने यो गलत निर्णय हो भन्दै, “राष्ट्र र राष्ट्रिय हित विपरीत रहेको ठहर गर्दै परिस्थितिको आँकलन गरी सो निर्णय तत्काल खारेज गरी निगम हितमा आवश्यक कार्य गर्न” ने.वा.नि कर्मचारी संघले अनुरोध समेत गरेको छ ।

नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको एक मात्र राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमले विभिन्न आरोह र अवरोह पार गर्दै समग्र राष्ट्रलाई परेको राष्ट्रिय संकट तथा विपतको घडिमा संधै देश र जनताको हितमा कार्य गर्दै आएको छ । चाहे त्यो इराक, अफगानिस्तानको कहाली लाग्दो दर्दनाक घटनाका मृतकहरुको उद्धार होस वा देशमा नाका वन्दि, हाल Covid -19 संकमणको अवस्थामा देश र विदेशमा अलपत्र रहेका नेपालीको उद्धार कार्यमा र अति आवश्यक सामाग्रिहरु आपूर्तिमा सकिय संलग्न भै देश र जनतालाई समाज कल्याणको कार्य गरी गौरवमय इतिहास कायम भएको संस्था हो।

स्राेतका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले भने थाई र इन्डियन एयरलाइन्सले पाएको सेल्फ ग्राउन्ड ह्यान्डेलिङको सुविधा हिमालयलाई दिन लागिएको जनाएको छ ।

पहिलाे चरणकाे कार्यक्रमहरू
१२ गते साेमबारका दिन ठीक दिनकाे ३ बजे ने.वा.नि केन्द्रीय कार्यालय कान्तिपदमा पत्रकार सम्मेलन तथा आन्दोलनका कार्यक्रमहरूकाे घाेषणा
१३ गते मंगलबारका दिन नेपाल वायुसेवा निगमका सम्पूर्ण कर्मचारीहरूकाे कालाे पट्टी बाधेर कार्यालयकाे काम गर्ने
१४ गते बुधबार संचालन समिमि, कार्यकारी अध्यक्ष र नायब महाप्रबन्धककाे कार्यकक्ष घेराउ तथा तालाबन्दी
१५ गते बिहीबार विभागीय प्रमुखकाे कार्यकक्ष घेराउ
१६ गते शुक्रबार दिनकाे १२ बजे आन्दोलनकाे समिक्षा संघकाे केन्द्रीय कार्यलयमा गर्ने
१८ गते देखि दाेस्राे चरणका ठप्प पार्ने कार्यक्रमकाे घाेषणा गर्ने

नेवानि कर्मचारी संघद्वारा जारी विज्ञप्तीको पूरा पाठ


Loading comments...