‘सडकछाप’ मेरो भाई


कुरा केहि बर्ष अघिको हो । सबै आफ्नो आफ्नो गन्तव्यमा सफलता चुम्ने होडबाजीमा आफू, आफ्ना अनि आफन्तलाई बिर्सेर रफतारमा कुदिरहेका हुन्थे । लाग्थ्यो सबैको आँखामा सुनौलो सपनाहरू सजिएको छ । सपना पूरा हुन भन्दा पहिले कोहि आफ्नो गन्तव्यबाट बिचलित हुन चाहन्थेनन् । सबैको हातमा घडी थियो र घडीलाई नि पछि पर्ने हेतुले कुदिरहेका हुन्थे । अझ रमाइलो त तब हुन्थ्यो जब घडी नहुनेले पनि अरुलाई समय सोधेर हतार हतार समय पछाडि दौडधुप गर्थे । लाग्थ्यो जिन्दगीको जहाज नै छुट्दै छ ।

लेखकः सुनिल शाही

म पनि त्यही समाजमा हुर्केको न परे । भलै जिन्दगीमा कुनै गन्तव्य थिएन तर पनि समयसँगै कुदिएन भने अरुले पल्टाएर कुचेर मर्लान भन्ने पीर यदाकदा मनमा हुँदो रहेछ । त्यसैले पनि म आफ्नो पढाईको सिलसिलामा गाउँमा बजार सम्म आउजाउ गर्ने गर्थे । यसै त अल्छी म झन् बिहान बिहान कलेज जान भनेपछि मर्न गए जस्तै हुन्थ्यो तर के गर्नु जानु त पथ्र्यो नै, समयसगै चल्नु जो थियो । कलेजको बस मा आवतजावत गर्ने हो भने बिहान अलि सबेरै उठेर बस भेट्न पुग्नु पर्थ्यो । यदी समयमा पुगिएन भने बस छुटेर पब्लिक बसमा जानु पथ्र्यो । बिहान ढिला उठ्ने भएकोले पनि प्राय पब्लिक बसमा नै सफर हुन्थ्यो मेरो । हरेक पाँच सात मिनेटमा बस आइरहने हुँदा कुनै समस्या थिएन ।

जाडो मौसममा भने बिहान अबेरसम्म हुस्सु लाग्ने हुँदा गाउँ घरमा गैंडाको डर हुन्थ्यो । डराई डराई भएनी घरबाट दस मिनेटको पैदल यात्रा पछि महेन्द्रनगर राजमार्ग सम्म बसको लागि पुगिन्थ्यो । चिसो मौसममा अनि बिहान अबेरसम्म पनि हुस्सु लागेर अधेरो अधेरो हुने हुँदा प्राय बस हो कि ट्रक हो ठम्याउन नसक्दा धेरै बसहरु छुट्ने गथ्र्यो । अलिक उज्यालो भएपछि भने जसोतसो कलेज चाहिं पुगिन्थ्यो । यसरी दिनहुँजसो गाउँबाट बजार अनि बजार बाट गाउँ फर्किने रुटिन नै बनेको थियो । बिहानी कक्षा सकेर घर फर्कदा बाह्र÷एक बजीसकेको हुन्थ्यो । घरमा ग्यास चुलो थिएन त्यसैले पनि अगेनामा दाउरा बालेर खाना बनाउने बाध्यता थियो । कलेजबाट फर्किदा भोकले लम्पट पारेको हुन्थ्यो अनि गर्मी महिनामा त दिउसो आगो बाली खाना ताउन पनि गाह्रो नै हुन्थ्यो । भनिन्छ भोजन भन्दा भोक प्यारो हो । सायद जो कोहि भनेको थियो निकै साचो भनेको थियो । त्यसैले पनि चिसो नै किन नहोस खाना खान पाउँदा निकै आनन्द आउँथ्यो ।

खाना खाएर एकछिन आराम गरेपछि चौपाया लिएर चराउन हिन्नु पथ्र्यो । गाउँमा सबैको आफ्नो आफ्नो चौपाया हुने हुँदा सबै जान मिलेर मारा जाने गथ्र्यौ । चौपायाहरुलाई चर्नको लागि छोडेपछि सबै जना ठुको बासको झ्याङ्ग मुनि बसेर सितल ताप्दै कोहि गट्टा खेल्थे, कोहि चुरीगाई भन्ने खेल खेल्थे, माईली आमा भने उनको धागोबाट के के बुन्नु हुन्थ्यो, चौधरी काकाले भने बासको चोया बाट छत्री बुन्नु हुन्थ्यो तर मलाई भने बाँसुरीमा रुचि थियो त्यसैले खोलाको डिलमा भएको एउटा आपको रुखामा चडेर बासुरी बजाउने गर्थे । कहिलेकही गट्टा खेल्दा यसले हामीलाई पालो नै दिन्न जान्ने छ यसलाई खेलाउन हुन्न भन्दा मलाई हाँसो लाग्थ्यो र म उनीहरु खेली रहेको माहोल बिगार्न चाहान्थिन त्यसैले पनि म बाँसुरीमै रमाउँथे । यसरी सबै आफ्नो आफ्नो पारामा व्यस्त हुन्थे । चौपाया अरुको बालीमा वा अलि टाढा गए भने फर्काउन जाने सबैको पालो हुन्थ्यो, यसरी पालो पालो चौपायाको नीगरानी गरिन्थ्यो ।

खाना खाएकी अवेर मारा जाने भएकोले खाजा खाने र लाने चाहिँ कमै हुन्थ्यो । बोडी फल्ने र अम्बा फल्ने मौसममा भने नुन खुर्सानी र चुक अमिलो लेर जाने अनि अरुको बारीको बोडी र अम्बा टिपेर खाने गरिन्थ्यो । सबौको बारीमा खाई नसकिने बोडी फल्थे त्यसैले पनि होला कसैले गाली गरेको सुन्न पाईन्थेन । अहिले जस्तो बेच्ने चलन थिएन सबैले बाडेर खाने चलन थियो । कुनै कुनै मौसममा त खरबुजा अनि भूइकठहर सम्म खान पाउने अवसर मिल्थ्यो । कहिले काहीँ भोगटे र निबुवा पनि साधेर खाने चलन थियो । खाई सकेपछि पानी लिन भने अलि टाढा जानुपर्ने हुन्थ्यो । पानी लिन पनि पालो पालो जानी गथ्र्यौ । कति मीठो अनि निस्वार्थ साझेदारी हुन्थ्यो । कोही कसैमाथि छल कपटको भावना हुन्थेन । कहिलेकाहीँ सितल ताप्दै गर्दा कोहि निदायो भने पनि उसको साटो अर्को चौपाया फर्काउन जाने गथ्र्यौ । अनि साझ पख कोही घाँसको भारी कोही दाउराको भारी बिकेर आफ्नो आफ्नो चौपाया खेद्दै घर फर्कन्थ्यौं । निकै आत्मीयता थियो सबैमा तर आज भोलि त्यस्तो देख्न कहाँ पाईन्छ । मानव मानव रहेनन् । स्वार्थ, लोभ लालच, कपटले मानिसलाई परिवर्तन गरायो ।

घरमा आएर चौपायालाई पानी दिएर बानी दिएपछि हात गोडा मुख धोई घरको अरु काम गर्नु पर्ने हुन्थ्यो । तर पनि कसैलाई आफ्नो काम प्रतिको प्रेसर, तनाव र डिप्रेसन थिएन । काम गर्ने बानी भएकोले होला झन् पÞmूर्तिलो अनि सहयोगी थिए सबै गाउलेहरु । म पनि मारा गएर फर्केपछि घरमा कुनै काम गर्न भए गरेर केहि बेर नारायणीको चौर तिर हवा खान निस्कन्थ्ये । चौरमा धेरै मानिसहरुको जमघट हुन्थ्यो । कोहि खेल खेल्न आएका त कोहि सबै काम सकेर सुस्ताउन आएका । साथिसंगीसँग दुख सुखको कुरा हुन्थ्यो । नारायणीको किनार भएकालेनै चौरमा निकै चिसो हावा बहन्थ्यो । जसले दिन भरेको थकानलाई भुलाई, शरीरमा पुनर ताजकी ल्याउथ्यो । चिसो हावाले गर्दा चौर निकै प्यारो थियो । चौरको छेउमा रहेका पाँच सात दशक पुरान वर पिपलको चौतारीमा हावाले पिपलका पातहरु फरफराउदा निकै मनोरम ध्वनि निस्कन्थ्यो । मनलाई सकुन् मिल्थ्यो । आन्नद छाउथ्यो । घर नै फर्किन मन लाग्थेन तर पनि खाना खाने बेला भएस बिस्तारै मानिसहरु आफ्नो आफ्नो घर तर्फ लाग्थे अनि म पनि मन नलाई नलाई नि घर फर्किन्थे । घरपुगी हात गोडा धोई खाना खान बसिन्थ्यो सबै जना सगै बसेर खाना खादा निकै रमाइलो हुन्थ्यो । खाना खाई सकेपछि आमा बहिनी भान्साको कामा लाग्नु हुन्थ्यो म चौपायालाई घाँस परला गर्न लाग्थे । अनि सबै काम सके पछि सबै आफ्नो आफ्नो बिस्तारा लाग्थ्यौ ।

केहीबेर किताबहरु पल्टाई पढेर भोली कलेजको लागि तयार भए पछि सुत्नु शीवाय अरु काम केही हुन्थेन । टिभी हेर्नको लागि घरमा टिभी थिएन । भएको एउटा रेडियो सबैको प्यारो थियो । बाबा आमा हुँदा हुँदै हामीले रिडियो सुन्ने कुनै अवसर नै थिएन । बाबा आमाले रेडियो सुन्दै निदाउने जमर्को गर्नु हुन्थ्यो त्यसैले पनि हामिले रेडियो उहाँहरुकै कोठामा झुन्डिदिन्थ्यौं ताकी उहाँहरुलाई मिठो निन्द्रा परोस् । रेडियो नेपालमा बज्ने बासुरीको धुन मलाई निकै मन पथ्र्यो । धेरै मेहेनत पछि मैले त्यो धुन बजाउन जानेको थियो । रातीमा घर भित्र बासुरी बजाउन हुन्न भन्ने मान्यता थियो त्यसैले पनि मन हुँदा हुँदै पनि बासुरी नबजाई बस्नु पथ्र्यो । केही बेरको छ्टपटाहट पछि म पनि निदाउथ्ये ।

बिहानको रुटिन त छदैथियो । जसो तसो कलेज पुगिन्थ्यो । विहान जादा मिरेमिरेमै कलेज पुगिने भएकोले सडक सुनसान नै हुन्थ्यो । कलेज सकेर घर फर्किदा भने सहर र सडक दुबै भिडभाड हुन्थ्यो । समय परिस्थितिले मानिसलाई फरक फरक अवस्थामा पु¥याउने हुनाले सडक विभिन्न परिस्थितिमा गुज्री रहेका मानिसहरु भेटिन्थे । व्यापारी देखि कर्मचारी अनि माग्ने सम्म भेटिन्थे । सहरमा माग्नेहरु भेटिनु कुनै अनौठो थिएन । विहानै मदिरापान गरेर डुङ डुङ्गती गनाउदै माग्ने र मदिरापान गरे देखी पोलीथिन व्यागमा खोइ के हो हालेर फुक्दै र तान्दै छाडा बोल्दै हिन्ने सबैसँग चीन जान थियो ।

तर एक दिन एउटा फुच्चे टाउको कन्याउँदै दाइ पैसा दिनुहोस् न तीन दिन देखि खान खाएको छैन भन्दै समीप आयो । उ अरु भन्दा छुट्टै थियो । उसको मुखबाट निस्केको दाइ भन्ने शब्दले नै मलाई किन किन आफ्नोपनको आभास गरायो अनि मैले आफुसँग भएको बीस रुपैयाँ निकालेर दिए केटो खुसी हुँदै लाग्यो । केही बेरको पर्खाइपछि बस चल्यो र म घर तर्फ लागे । लगभग आधा घन्टाको यात्रा पछि म आफ्नो घर जाने चोकमा आई ओर्लिएँ । ओर्लिदा सम्म पनि मेरो आँखामा उसको अनुहार अनि कानमा उसको आवाज गुन्जीरहेको थियो । कहाँको फुच्चे होला भन्ने कुरा मनमा खेलाउँदा खेलाउँदै घर आईपुगेछु । अनि खाना खाएपछि एकछिन आराम गरी आफ्नो दैनिक काममा जानु त छ्दै थियो ।

भोलिपल्ट बिहानै कलेज लागि तयार भएर कलेज तर्फ लागें । सधै जसो लोकल बस स्टेशनमा बस पर्खेर आउन पथ्र्यो । बसमा बसेपछि बस छुट्ने समय सम्म पर्खनुपथ्र्यो । आज पनि सोही फुच्चे बसमा उक्लियो अनि सबैसंग सहयोगको हात फिजाउँदा फिजाउँदा उसले दस पन्ध्र रुपैया बनायो अनि मु्स्कुराउँदै मेरो समीप आएर फेरि हिजोकै कुरा दोहोरायो दाइ पैसा दिनुहोस् न तीन दिन देखि केही खाएको छैन । मैले हास्दै भने अनि हिजोको पैसाले केही आएन हो ? उ हास्यो अनि मैले आज पनि बीस रुपैयाँ निकालेर दिए । एक हातले सिगान पुछ्दै मलाई फर्की फर्की हेर्दै उ आफ्नो कामको लागि आर्को बसमा उक्लियो । म आफ्नो घर तर्फ लागे ।

यसरी फुच्चे मलाई दिनहुँ दाइ पैसा दिनुस न भनी माग्ने अनि मैले दिने प्रक्रिया चलिरहेको थियो । अब त मलाई फुच्चे भन्दानी भाइ नै भन्न सहज लाग्न थाल्यो । म हरेक बिहान कलजेको लागि निस्कदा फुच्चे भाइको लागि बीस रुपैयाँ छुट्टाउने बानी बसेको थियो । अनि भाइ पनि दाईले दिन्छ भन्ने थाहा पाए पछि सरसर मेरो सामु आएर मुसकुराउदथ्यो । अनि मैले पैसा निकालेर दिन्थे । उ खुशी हुँदै जान्थ्यो । कहिले काहीँ भाईको लागि पैसाको जोहो गर्न सकिन भने मलाई कलेज जान मन लाग्थेन ।

कहिले काहीँ म भाइसँग बसेर समोसा खान्थे । उसलाई समोसा निकै मन पर्थ्यो । मलाई पनि उसँग बसेर खान निकै रमाइलो लाग्थ्यो । भाईसँग बसेर खानकै लागि भएन मैले आफ्नो कलेज लाईफमा कलेजको क्यान्टिन पसिन । साथिहरुले तिमी किन खाजा खादैनौ भन्दा मैले खान्छु बाहिर खान्छु भन्थे । तर सधैं उसले दुईवटा समोसा पोको पारी लान्थ्यो । मैले उसलाई भाइ ठानेको हुँदा उसको तितो बिगतको बारेमा जान्ने कोसिस गरीन । जानेर पनि मैले उसलाई घरमा ल्याएर भाइ बनाई राख्ने मेरो अवस्था थिएन । उसले सधैं दुईवटा समोसा पोको पर्दा लाग्थ्यो दिउसोको लागि जोहो गरेको होला भनी म केही बोल्थिन । उसको खुसी नै मेरा लागि खुशीको पल हुन्थ्यो । हामीलेसँगै खाजा खाएको दिन मलाई घरमा आई खान खान मन लाग्थेन ।

मुलुकमा राजनैतिक अस्थिरताले सबै जनता मारमा परेका थियो । बिहान कलेज गएपछि विभिन्न पार्टीको आन्दोलनले कलेज अनि यातायात बन्दा हुन्थ्यो । कहिले कतिबेला कसरी कस्ले बन्दा गर्छ भन्ने कुरा नै निश्चिति थिएन । एक दुई पटक बन्दाको कारण कलेजबाट घर सम्म तीन चार घन्टाको पैदल यात्राको अनुभव पनि गरेको छु ।

एक दिन भाइसँग भेट भएन मैले कलेज देखि बस स्टेशन सम्मको सबै गल्ली नियालेर हेर कतै देखिन । कता गएछ आजा के भएछ भनी मनमा कुरा खेलाउदै घर आए र कहिले बिहान होला भनी छट्पटीमा रात काटे भोलि पल्ट कलेजमा चार पिरीएड पछि बन्दा बन्दा भन्दै कुनै पार्टीको कार्यकर्ता कलेजमा ताला लाउन आए । सबै जनालाई बाहिर निकाली दिए । यातायात र कलेज बन्दा भयो । पसलहरु खुल्लै थियो ।

कलेज जाने बाटोमा म्युजिक इस्टुमेन्ट बेच्ने पसल पनि थियो । पहिले देखिनै मैले त्यस पसलमा बासुरी किन्ने भनी भाउ बुझेको थिए आज भने बासुरी किन्ने पैसो जुटेको थियो । अनि हिजो भाइ भेटीएन र सोछे अन्तै कतै गयो होला आज नि भेट हुन्छ कि नाई भनी उसको पैसा पनि बसुरीमा लगाए । धेरै दिन पछि बासुरी किन्न पाउदा खुसिनै थिए । एउटा धुन सोही पसलमा बसेर बजार । साहुजी ले भाईले राम्रो बजाउदो रहेछौ अरु कुनै इस्टुमेन्ट बजाउछ कि नाई भनी सोधे । मैले नाई भाने । उनी ब्यापारी न थियो । एउटा कार्ड हातमा थमाउदै कुनै इस्टुमेन्ट सिक्नु छ भने हाम्रो म्युजिक स्कुलमा जाउ ल भने । मैले हस भनि कार्ड गोजीमा हाली निस्के ।

बाटोमा मानिसको भिड अरु दिन भन्दा धेरै थियो सायद बन्दाको प्रभावले गर्दानी मानिसहरु जाममा परेका थिए । मलाई भने बस स्टेशन सम्म जान पनि मन थिएन । भाइ भेटि दैन होला आजा झन भिड छ भन्दै एक्लै बरबराउदै बस स्टेन्ड सम्म पुगे । कहि बेर पछि फुच्छे अनिधो अनि भोकाको जस्तै गरि मेरो छेउ आएर बस्यो । म सडक पेटिमा बसेको थिए । म रिसाउदै हिजो किन नआएको भनी बाझे । उ रुञ्चे स्वरमा बहिनीलाई सन्चो छैन रात भर सुतेकी छैन । मलाई सुन्त दिइन । हिजो बहिनी लाई खुवाएर आउदा ढिलो भयो हजुरलाई भेटिन बाँस छुटी सकेको थियो । फुच्चेले यति भन्ना साथ मेरा आँखा रसाई सकेको थियो अनि त्यो दुईवटा समोसा बहिनिको लागि लगेको रहेछ भन्ने मलाई लाग्यो । अनि सोधे कस्तो छ त बहिनीलाई अहिले । उस्ले भन्यो जोरो आको छ सायद रुदै थि अहिले निदाई र म यता आएको । मलाई लाग्यो आज मैले बेकारमा बासुरी किने । पैसा थिएन । अनि फुच्छेले बासुरी मुसार्दै भन्यो कति राम्रो बासुरी किन्नु भएछ दाइ मलाई नि बजाउन निकै रहर छ सिकाउनु होस न हस । मलाई लाग्यो उसले बासुरी पहिले नै देखेको हुनुपर्छ सायद बजाउछ पनि होला । मैले हस आज मसँग पैसा छैन तेरो भाग अब यहि बासुरी बजार बस्नी । उसले हस भन्यो ।

मैले भिडभाडको ख्यालौ नगरी जोड जोडले बासुरी बजाउन लागे । उ खुशी हुँदै ताली बजाई रहेको थियो ।

हामी नेपाली न हौ अनि आफ्नो मौलिक बाज यसरी गुन्जियको कसलाई मन पर्दैन र ? बिस्तारै बन्दाले रोकीको मान्छेको भिड हामी दाजु भाईको समिमा हुन लाग्यो । कसैले पाँच दस रुपैयाँ भाईको हातमा थमाएको देख्दा मलाई निकै हौसला बढ्यो अनि सोछे दुई चार वटा धुन र बिरहको गित बजाए भने बहिनीलाई उपचार गर्ने पैसा जुट्छ । मैले आफुले जानेका सबै गित र धुन बजाउदा सम्म भिड निकै ठूलो भएको थियो । भनिन् नि एक जनाले थुके सुकेर जान्छ तर धेरै थुके ताल बन्छ । त्यस्तै भएको थिए सबै दयालु मन अनि सहयोगी हातहरु अगाडी बढी रहेको थियो । उता फुच्चेलाई पैसा समाल्न गाह्रो भएको थियो । आफुले सकेको र जानेको बजाए पछि मैले सबैला हात जोडि नमस्कार गरे अनि धन्यवाद दिए ।

यतिकैमा बन्दा खुलेको जानकारी आयो सबै यातायातका साधन चल्न थाले भिड आफ्नो आफ्नो गन्तव्य लियो । मैले यसो हेर भाइ निकै खुसी थियो । सायद जिबनमा पहिलो पटक उसले यती धेरै पैसा देखेको थियो । गन्न पनि अलमलिएको थियो र सबै पैसा मलाई दिदै दाइ गनि दिनुस त भन्यो । मैले गनि दिए बाह्र सय पचहत्तर भएको रहेछ । अनि मैले भाईला पैसा थमाउदै जाम हिन बहिनीलाई मेडिकल लाने भने उ खुसी हुँदै हास दाइ जाउ भन्यो । दस मिनेट हिनाई पछि डम्पिङ साईड नजिकैको ठूलो रुख मुनि बहिनि सुतिरहेकी थिईन । हतार हातर निधार छामे । जोरो अझै थियो सायद । बहिनीलाई उठाएर बजारमा मेरो साथिको दाईको मेडिकलमा लगे । सायद पैसा आउदैन र फोहोरी देखेर दाइले चेक अप गर्न अनकनाउनु भयो । मैले धेरै बिन्ती गरि लागेको पैसा दिने बाचा गरे । दाईले मन नलाई नलाई चेक गर्नु भयो । जोरो छ अनि कमजोरी पनि छ । यो औसधि दिनु ठिक हुन्छ आतिनु पर्दैन । भनी औसधि दिनु भयो र तीन सय बाह्र रुपैयाँको बिल पनि । मैले अघिको पैसा बाट तीन सय पन्ध्र रुपैयाँ दिए । दाईले तीन वटा चक्लेट दिनु भयो । हामिले एक ओटा खायौं ।

बहिनीलाई खाना खुवाई औसधि खुवाउन थियो । त्यसैले बस पार्क तिरको होटेलमा खान सोधै हिनेम कसैले छ भनेन । निरास भएर बसेको थिए एक जन म सधैं मामा घर जाने बसको गुरु आउनु भयो र सोध्नुभयो किन भाइ के भयो निरास छौ त । मैले भने बहिनीलाई खाना खुवाउन छ दाइ कसैले नी खाना छ भनेन । गुरुले मेरो कुरा सुनेपछि हिन हामीले खाना खाने होटलमा जाउ सस्तो नि छ म कोसिस गर्छु । तेति भन्नेको सुन्न साथ देवता नै भेटीएको आभास भयो । हामी तीन जना गुरुको पछि लाग्यौं । होटल पुगेर गुरुले खाना कुन खाने भेज कि नन भेज भन्नू भयो बहिनी बिरामी भएकोले मैले सोधे भेजलाई कति पर्छ नन भेजलाई कति? साहुनी ले भन्नू भयो, भेज असी हो नन भेज के खाने कुखुरा कि खसी तेहि अनुसार छ । मैले हतार हतारमा भेज दिनुहोस् तीन ठाउम भने । अनि गुरु जी ले नन भेज खानु भयो ।

हामीले खाना पनि बिहान उठेको पैसा बाट खायौं । मलाई खान मन थिएन मैले खाए भने भाइ बहिनीले खान्छन् भन्ने बिश्वासले मैले पनि खानु पर्नी बाध्यता थियो तर मनमा मैले खाएको असी रुपैयाले भाइ बहिनिले दुईदिन समैसा खान्थे भन्नी थियो । तर पनि बहिनीलाई खुवाउन भए पनि मैले खाए । खाना खाए पछि भाईलाई बहिनीलाई औसधि खुवाउने तरीका सिकाए र भाईलाई भने तिमिले नि बासुरीमा रहर गरेका छौ यो तिमी राख अनि सिक ल । नफुटाल ल जतन गर्नु नि यसले तिमिलाई खाना खुवाउछ यसको जतन गर भन्दै बासुरी भाईलाई दिए उ खुशी हुँदै हस दाइ भन्यो । मैले गुरु जिलाई धेरै धेरै धन्यवाद दिए र खानाको पैसा बुझाएर बहिनीको लागि जुस किनेर रहेको पैसा भाईलाई दिए अनि बहिनीलाई बिहान पाउरोटी खुवाएर मात्रै औसधि खुवाउनु ल भने । उसले हस भन्यो ।

अब भने घर फर्कनु पर्छ भन्ने सोच बनाको थिए पैसा गन्ने बेलामा घर फर्कने भाडा पनि त्यसैमा मिसाएर पो दिएछु । मेरै भाइ हो भनी भाइ घर जाने भाडा छैन भनेको बिचरले पचासको नोट निकल्दै लिनुस मसँग छ भन्यो । फेरि आँखा रसाए । यति धेरै पर्दैन पन्ध्र रुपैयाँ भए पुग्छ । मसँग आईडी कार्ड छ भनेर । पन्ध्र रुपैयाँ मात्रै लीए । अनि बहिनीलाई जुस दिएर तिर्खा लाग्दा यो पिए ल । दाईलाई नदिनु तिमिले आफै सक्नु भने । उनिले पनि हस भनिन । अनि मैले भाईलाइ म घर जान्छु तिमि बहिनी लेर जाउ आज माग्नु पर्दैन भनेर पठाएर म बस स्टेन्ड तिर लागे ।

बस भित्र पस्ना साथ एक जना दाईले बोलाए र आउ यहा बस तिमी ठकुरी कान्छाको छोरो होइन र भनी सोधे । मलाईको दाइ रहेछ्न ठम्याउन गाह्रो भयो मैले प्रतीउत्तरमा हो दाइ म ठकुरी कान्छा कै छोरा हो भने अनि हजुर नि भनी जिज्ञासा राखे । उनले पौडेल माईलाको छोरा हो म, दाईले पौडेलमाई भन्नासाथ गाउको सबैभन्दा ठुलो तीन तले घरको तस्बिर मगजमा आयो । अनि मैले ए ए अनि दाइ लाई त देख्थिन त मैले घरमा भने । उहाँले अस्टे्रलिया रहेको र भखर नेपाल आएको बताउनु भयो । अनि बासुरी मीठो बजाउने रहेछौं त भन्नू भयो । मैले अलि अलि बजाउछु दाइ भने । अनि दाईले भन्नू भयो एउटा एलसिडी टिभी ल्याएको फिट गर्नी मान्छे नपरा त्यसै छ । तिमिले गर्छौ भनेको सुनेको थिए । यसो आएर त्यति गर्देउन है भाइ भन्नू भयो । मैले हस दाइ भोलि आउछुनी भने । यतिकैमा हामी ओर्लनी ठाउँ आएछ । ओर्लेर हवस् त दाइ भनी म घर तर्फ लागे ।

आज भने घर सुनसान थियो सायद म ढिलो आएको भएर आमा मारा जानू भो होला अनि बहिनी कतै आमाको काम गर्दै थिईन होला । मलाई खाना खाने मन थियन । सबै जनाले खाना खाए । मलाई निकै कर गर्दानी खाने मन थियन । सबै आफ्नो बेड तिर लाग्यौं । मनमा बहिनिलाई कस्तो भयो होला फुच्चेले औषधि खुवायो कि नाई भन्ने कुराले पिरोलेको थियो । त्यो रात निद्रै परेन । बिहान हतार हतारमा कलेजको लागि निस्किए । कलेज पुगे पछि थाहा भयो आज सनिवार पो रेछ । कलेज बन्द थियो ।

नजिकैको चिया पसलाम एक कप दूध र पाउरोटि किनेर भाइ बहिनि भएको ठाउँमा पुगें उनिहरु मस्त निन्द्रामा थिए । मैले बहिनिको निधार छामे जोरो थिएन । अनि उठाएर दुध र पाउरोटी खुवाई औषधि अलि पछि दिनु है भाई भने । भाईले अनि आज शनिवार नि आउनु भयो भन्यो । मैले झुठो बोल्दै उ… म… कलेजले बोलाएको थियो र आको तर कलेजको प्रोग्राम क्यान्सिल भएछ अनि यता पसेको भने । उसले ए ए भन्दै टाउको हल्लायो । अनि मैले लाउ तिम्रो पैसा भनी बीस रुपैयाँ निकालेको भाईले पर्दैन दाई अब म हजुरको पैसा नलिने बाँसुरी बजाउन सिक्ने हो हजुर जस्तै भन्यो । मैले एउटा बिहानी धुन सुनाए बहिनी निदाईछिन । भाईले बडो चाख मानेर सुन्यो । उसले बाँसुरी समाउन र फुक्न जानेको थियो । मैले ल बहिनिलाई औषधि बेलैमा खुवाउ है भने । उसले हस भन्यो । अनि मैले ल म घर जान्छु है भनेर घर फर्किए ।

घर आई झोला फाली ड्रेस फेरेर पौडेल बाकोमा टिभी फिट गर्न जाने सोंचले औजार निकालेर पौडेल बाकोमा पुगे । सोंचेको थिए चौध पन्ध्र इन्चको टिभि होला भनी । मैले ढोकाको बेल बजाउने बटन पुस गरे । केही बेरमा दाई आउनु भयो अनि मैले मर्निङ दाई भने । दाइले आउ भाई आउ भन्नू भयो । अनि भित्र बैठक कोठामा लानु भयो र टिभी देखाउनु भयो । टिभी देख्नासाथ म आत्तिएँ । सम्भवत् गाउँकै सबैभन्दा ठूलो टिभी मैले पहिलो पटक देखेको थिए । रिमोट पनि एक हात लामो अनि फङसन त कति हो कति । मनमा डर पनि लायो कतै टिभी सेट गर्न पो सक्दिन कि ? एकछिन म्यानुअल पल्टाएर हेरें अनि आफ्नो काममा लागे । निकै कष्टपूर्ण भयो, ठूलो टिभी कतै खसालेर फुटाउँछु कि भन्ने पीर । सहयोग गर्नी कोहि थिएनन सबले रमिता हेरीरहे । बल्ल बल्ल टिभी सेट गरि अन गरि सेटिङ्ग गरेर चलाएर देखाए । मिनि फिलिम हलको महशुस हुन्थ्यो टिभी हेर्दा । काम सकेर दाई म लाग्छु भन्दा कसैले वास्ता गरेनन । टिभी अफ गरि औजार बटुलेर निस्कन लाग्दा ढोकमा पुगेको के थिए दाईले भाइ पखत भनेर रु सयको नोट हातमा थमाए चिया खाउ भने । त्यो दिन चित्त सारै दुख्यो यो काम बेकार जानेछु भन्ने भयो । जति ठूलो उनीहरुको घर र टिभी थियो त्यो भन्दा कयौं सानो उनीहरुको मन थियो । मैले देवता स्वरुप भेटेको ड्राइभर (गुरु) लाई सम्झीए उनको काम सानो थियो मन आकाश जस्तै फराकिलो र सुन्दर थियो । अनि मिडियामा सुकिलो लुगा लगएर बसेको दाईको मन पनि खासै सुकिलो नभएको अनुभुती मलाई भयो ।

अनि भयो दाइ पर्दैन म खासै चिया पिउदिन यो पैसा राख्नुहोस अनि हजुरको डगि (कुकुर) लाई बिस्कुट खुवाउनु हस भनी त्यहाँबाट निस्किए ।

घर आएर खाना खाई आफ्नो दैनिक तर्फलागे । बहिनीलाई निको हुँदै थियो भाईले बासुरी सिक्दै थियोब । मन खुशी थियो खाना खाएर । सुते अनि भोलिपल्ट कलेज लागे । फर्कदा भाइ भेटियो । अब उसके पैसा लिन्थेन । बरु बासुरी को केही धुन बाएर सिकाउनु भन्थ्यो । म सेकाउथे, उसले टिपि हाल्थो ।

यसरी दिनहरू बित्दै गए । सधै बिहान हाम्रो भेट हुन्थ्यो । उसले अब बासुरी बजाउन जानेको थियो । बहिनीले दाईले बजाको गित गाउथिन । यसरी दाजु बहिनी रमाउदै दिन बिताउथे ।

एक दिन कलजबाट बस स्टेन्ड सम्म आउदै थिए । छेउमा निकै ठूलो मानिसको भिड थियो । सोच आज पनि कुन पार्टीले बन्दा गर्यो । भिडलाई छिचोल्दै म अलि नजिक पुगे त्यहा मेरो भाईले मस्त बासुरी बजाई रहेको थियो । अनि बहिनिले गित गाईरहेकी थिन । समीप पुगेपछि नयन यसै रसाएछ्न । सायद यो पटक खुशीको आँसु हुनु पर्छ होला मनमा लागेको थियो अब भाइ बहिनिले सधै कमसेकम एक छाक खाना खान पाउँछन् । मैले भिड बाट हात लमकाउदै पचासको नोट पैसाको थुप्रोमा खासाले । भाइ बासुरी बजाउन बन्दा गर्यो बहिनीले रुदै पैसा फिर्ता गरि र भनी दाइ हजुरको पैसा । आखामा आँसु थामिएर आज पहिलो पटक बहिनी रुदै दाइ भनेकी थिइन । मैले मन नलाई नलाई पैसा समाएर भाइ फेरि बासुरी बजाउन लायो बहिनी गाउदै थिन । मैले घर जान्छु भनी ईसार गरे भाइ बहिनीले टाउको हल्लाउदै बिदा गरे । म घर लागे । जिबन पहिलो पटक सबै भन्दा खुशीको महसुस भएको थियो ।

अब त हरेक बिहान कलेजबाट फर्कदा भाइ बहिनिले बाई भनी हात हल्लाई बिदा गथे । अनि उनिहरु आफ्नो काममा लाग्थे । तर समयको खेल । सरकारले सडक बाल बालीका लाई घर फर्काउने योजना अनुसार सबै सडक बालबालिकालाई उठाएर कता लगेछ । समय भेटाएको मेरो भाइ बहिनिलाई समयले नै म बाट छुटायो । सरकारले मेरो भाइ बहिनिलाई काँहा पुर्र्यायो अझसम्म मैले थाहा पाएको छैन । तर सडकमा भने मेरो भाइ बहिनीहरु संख्या दिन प्रतिदिन बढेको छ । सबैमा म आफ्नो भाइ बहिनी खोज्छु तर आजसम्म पाउन सकेको छैन ।


Loading comments...