
भूमि अतिक्रमण विरुद्ध ‘नेपाल रिपब्लिकन’द्वारा चिनियाँ दूतावास अगाडी प्रदर्शन
१३ आश्विन २०७७, मंगलवार २०:२१
काठमाण्डौ । नेपाली भूमि मिचेको भन्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन भएकाे छ । नेपाल रिपब्लिकन पार्टीले हुम्लामा चीनले नेपाली भूमि अतिक्रमणको विरोधमा प्रदर्शन गरेकाे हाे ।
उक्त पार्टीकाे अगुवाइमा पुगेको समूहले ‘गो ब्याक चाइना’ भन्दै नाराबाजी लगाएका छन् । त्यस्तै सहभागीहरूले चिनियाँ हस्तक्षेपकाे कडा निन्दा गरेका थिए भने नेपालमा चीनकाे दादागिरीले हद पार गर्र्यो भन्दै चीनविरूद्द आक्राेश समेत पाेखेका छन् ।
सहभागीहरूले नेपालकाे भूमि फिर्ता गर, चिनियाँ बिस्तारवाद मुर्दाबाद, हुम्लाकाे नेपाल-तिब्बत सीमाबाट कम्युनिष्ट चीन फिर्ता जा भन्दै चीनविरूद्द नारा लगाएका हुन् ।
हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालपारीको गाउँ लिमीको लाप्चा क्षेत्रमा चीनले भवन निर्माण गरेको हाे । नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाउने कार्य अन्तिम चरणमा पुर्याएको छन् । नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले दिएको जानकारी अनुसार भवन बनाउने कार्य तिब्र गतिमा भइरहेकाे छ ।
उनले नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा नौ वटा व्यापारिक प्रयोजनका भवन बनाएको जानकारी दिए । ‘चिनियाँ पक्षको जिम्मेवार अधिकारीसँग आफूले बुझ्न खोजेपनि त्यो प्रयास सफल सकेन ।’ उनले भनेका छन् ।
चीनद्वारा नेपाली भूमी अतिक्रमण सम्बन्धी पछिल्ला सामाग्रीहरु
१) नेपाली भूमीमा चीनको भवन निर्माण, नेपालीलाई प्रवेशमा रोक
२) हुम्लामा चिनले गरेको भूमी अतिक्रमण विरुद्ध ‘लुम्बिनी नागरिक समाज’को विरोध
३) नेपाली भूमि मिचेको विरोधमा चिनियाँ दूतावास अगाडि युवाहरुको ब्यापक प्रदर्शन
४) हुम्ला घटनाका विरुद्ध सुर्खेतमा प्रदर्शन, ‘राष्ट्रिय एकता अभियान’का दुईजना पक्राउ
५) नेपाली भूमी अतिक्रमणविरुद्ध चिनियाँ दूतावास अगाडि प्रदर्शन, ६ जना पक्राउ
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ, १९ पुस : काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई