कुवेतका वयोवृद्ध राजाको मृत्यु, कुवेतमा शोक


कुवेत । कुवेतका राजा शेख अहमद अल जाबेर अल सबाको मृत्युसँगै कुवेतले ४० दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । ९१ वर्षका शेख सबह केहि वर्षयता बिरामी थिए, सन् १९२९ मा शेखलाई मध्यपूर्वको दूरदृष्टि सोच भएका नेताका रुपमा चिनिन्छ । ४० वर्ष कुवेतको परराष्ट्र मन्त्रालयमा कार्य गरेका यिनी सन् २००३ मा कुवेतका प्रधानमन्त्री भएका थिए । शेख सबह कुवेतको २५० वर्ष पुरानो कुवेत शासक परिवारका १५ औं शासक थिए, श्रीमतीको मृत्युपश्चात उनी लामो सयमदेखि एक्लै बसिरहेका थिए, यिनी दार सल्वा महलमा बस्दथे जुन महल यिनले आफ्नी छोरी सल्वाको नाममा बनाएका हुन् । सल्वाको क्यान्सरका कारणले सन् २००२ मा मृत्यू भएको थियो ।

सन् २०१९ को अगष्टमा शेखलाई मेडिकल समस्या आएर अस्पताल भर्ना गरिनुपर्ने भनी कुवेती सरकारले बताएको थियो । सन् २०२० को जुलाइमा यिनलाई शल्यक्रियाका लागी अमेरिकाको मीनीसोटाको प्रसिद्ध मायो क्लीनीकमा लगियो तर यिनको स्वास्थमा खासै सुधार आएको थिएन । सन् १९९० को गल्फ यूद्ध पछि आधूनिक कुवेतको खाका कोर्न अनि कुवेतको परराष्ट्र नीती र अन्य देशहरुसँगको सम्बन्ध सुधारमा र मुख्यतया कुवेत र इराकको वर्षौ पुरानो तितो सम्बन्ध सुधारमा र मध्यपूर्वको शान्ति प्रक्रियामा शेख अललजवर अल मुहम्मदको सदा सर्वदा सम्झना गरिनेछ । कुवेतकी अहिलेकी राजकुमारी र प्रभुत्वमा रहेकी शासकको पटकपटकको अनुदारता र अनादरको सामना शेख जवरले गरेका थिए ।

सन् २००० मा हृदयमा पेसमेकर लगाइएको र सन् २००२ मा एपेन्डीक्सको शल्यक्रिया गरेका यिनको सन् २००७ मा यूरिनरी ट्याक शल्यक्रिया गरिएको थियो । सवाहका पुत्र र पूर्व उपप्रधानमन्त्री बिचमा अब कुवेतको शासनको उत्तराधिकारीको बन्ने भन्ने विषयमा निर्णय गरिनेछ ।

सन् २०१८ मा कुवेतले एउटा समिट आयोजना गर्दै आइसील विरुद्ध लड्न इराकलाई ३० विलियन अमेरिकन डलर सहयोग गरेको थियो, यो सबै शेख सबाहको नेतृत्वमा भएको थियो । सन् २०१३ मा सिरियालाई पनि कुवेत सरकारले शेख सबाहको नेतृत्वमा अरबौं डलर सहयोग गरेको थियो ।

कुवेतका प्रधानमन्त्रीका अनुसार शाही परिवारले यस शोक पछि उत्तराधिकारी बिषयमा निर्णय लिने छ । शेख जवरको पार्थिव शरीरलाई १८ औं शताव्दीबाटै कुवेतका शासकहरुलाई गाडिने सुलैविखत चिहानमा राष्ट्रिय झण्डामा बेरेर गाडिने छ । हजारौंको सँख्यामा सर्वसाधरणहरु अनि सैनिकहरुको उपस्थितीमा कुवेतले आफ्नो प्रिय शासकलाई अलविदा गरिने चलन रहेको छ । पटक-पटक हत्या प्रयासबाट बचेका यिनी सन् १९९० मा इराकी सेनाको कुवेत आक्रमण क्रममा पनि जोगिएका थिए । साउदी अरबमा शरण लिन पुगेका शेखले त्यहाँबाट नै कुवेतको नयाँ शासकीय स्वरुप र फिर्ता प्रक्रिया योजना गरे, विश्वको समग्र तेल खानीमध्य १० प्रतिशत चाँही केवल कुवेतमा छ । अमेरिकी सेनाको सहयोगमा कुवेत फिर्ता लिएका जबरको आधूनिक कुवेतको निर्माणमा ठूलो योगदान छ ।


Loading comments...