
पहिलो राष्ट्रपतिय चुनावी बहस सम्पन्न : ट्रम्प र बाइडन बीच आक्रामक सवाल-जवाफ
अमेरिका । विश्वशक्ति अमेरिकको राष्ट्रपतिय चुनावको तयारी चुलिएको छ । यसैबिच जनताले निर्वाचनबाट लिने निर्णय अघिको सबैभन्दा रोचक प्रजातान्त्रिक अभ्यासको रुपमा रुचाइएको राष्ट्रपति पदको प्रत्यासी बीच आमने-सामने हुने प्रत्यक्ष सवाफ-जवाफ अन्तर्गत अमेरिकी राष्ट्रपति ट्रम्प तथा बाइडन बीच पहिलो सार्वजनिक राष्ट्रपतिय बहस (US Presidential Debate 2020) सम्पन्न भएको छ ।
हाइलाइट्स
- ३ नोभेम्बरमा हुँदै छ अमेरिकामा राष्ट्रपति चुनाव
- ट्रम्प तथा बाइडन बीच भयो पहलो सार्वजनिक बहस
- कोरोना महामारी, अर्थव्यवस्था जस्ता मुद्दाहरुमाथि बहस केन्द्रित
- जनमत निर्माण गर्न बहसको मुख्य भूमिका
पहिलो डिबेटमा नै ब्यापक तथा आक्रामक सवाल-जवाफ भएका छन् भने दुवैले एकअर्कालाई दोषारोपणहरु पनि गरेका छन् । कोरोना भाइरस महामारी, चुनावको वैधता तथा ट्याक्स समेत कैंयन मुद्दाहरुमा ट्रम्प तथा बाइडन ले जवाफ दिएका थिए । आ-आफ्नो तर्क तथा बिचार राख्ने बराबर समय दुवैलाई दिइएको भएपनि ट्रम्पले उक्त बहसमा बाइडन भन्दा केही बढी समय खर्चिएका थिए ।
President Trump edged out former Vice President Joe Biden on speaking time during the debate with more than 39 minutes. #Debates2020 https://t.co/mUT6i82tJn pic.twitter.com/ElUV9gxXOs
— CNN (@CNN) September 30, 2020
पहिलो सार्वजनिक राष्ट्रपतिय बहस (US Presidential Debate 2020) यस्तो परिस्थितिमा सम्पन्न भएको छ जतिखेर ‘ट्रम्पले कर छलेको’ भन्ने खालको समाचार सार्वजनिक भइरहेका थिए ।
अर्कोतर्फ बाइडनले भने यस प्रथम प्रत्यक्ष राष्ट्रपतिय बहस सुरु हुनु केही घण्टाअघि मात्रै आफ्नो कर विवरण सार्वजनिक गरेका थिए । त्यस विवरण अनुसार बाइडनले सन् २०१९ मा करिब तीन लाख डलर कर तिरेको देखिन्छ ।
ट्रम्पले चुनावका विषयमा दिए चेतावनी- यसको नतिजा राम्रो हुनेवाला छैन है!
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः एकपटक हुलाकमार्फत हुने भनिएको भोटिङ का विषयमा कन्सिपिरेसी थ्योरी पस्किएका थिए । उनले भनेः “देशभर लाखौं ब्यालेट (मतपत्र) पठाईंदै छ । फ्रड (धोकाबाजी) भईरहेको छ । कैंयन ठाउँमा ट्रम्प नामको ब्यालेटहरु फोहोर फाल्ने डस्टबिनहरुमा भेटिएका छन् ।” पश्चिमी मेडियाको दावी मान्ने हो भने ट्रम्पको यी दावीहरुमा कुनै सत्यता छैन । राष्ट्रपतिले अगाडी थपे, “भर्जीनिया मेलमैन ब्यालेट बेचिरहेका छन् र बाँकी ब्यालेटलाई नदिहरुमा फ्याकिंदै छ । यो एउटा यस्तो फ्रड (धोकाबाजी) हुन गइरहेको छ जुन तपाईंले कहिल्यै नदेख्नुभएको हुनसक्छ । देशका लागि यो भयावह स्थिति हो । जसको अन्त्य राम्रो हुनेवाला छैन ।”
ट्रम्पले चुनाव पछिको सम्भावित नतिजालाई लिएर सुप्रीम कोर्ट जाने सम्भावनालाई अस्विकार गरेनन ।
के डोनाल्ड ट्रम्पले चुनाव हारेमा सत्ता छाड्ने छैनन?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव हारेमा सत्ताको शान्तिपूर्ण हस्तान्तरण गर्ने वाचालाई अस्विकार गरिदिएका छन् । क्रिस वेलेसले सोधे, “के तपाईं आफ्नो समर्थकहरुलाई चुनावको नतिजा नकारात्मक आएमा अशान्ति उत्पन्न नगर्न भन्नुहुनेछ, के आज तपाईं यो घोषणा गर्नुहुनेछ कि जबसम्म चुनावको नतीजाको स्वतन्त्र रुप पुष्टि हुनेछैन तबसम्म तबसम्म तपाईं आफ्नो जीत घोषणा गर्नुहुनेछैन ।”
ट्रम्पले भने, “म आफ्नो समर्थकहरुलाई मतदानमा भाग लिनका लागि भन्ने छुँ । यदि पारदर्शी तरिकाले चुनाव हुन्छ भने म यसका लागि तयार छुँ । तर यदि हज्जारौं ब्यालेटका साथ कुनैपनि छेडछाड भएमा मैले कुनैपनि किसिमको सहयोग गर्नसक्ने छैन ।”
ट्रम्पले यसअघि पनि हुलाकमार्फत हुने मतदानलाई लिएर प्रश्न उठाउँदै आएका छन् ।
अर्कोतर्फ, बाइडनले चुनावको नतिजा सार्वजनिक नहुञ्जेल जीतको घोषणा नगर्ने कुरामा सहमति जनाएका थिए ।
बाइडनले भने, “यो जनतालाई मतदानको अधिकारबाट पर राख्ने प्रयास हो । किनकी उनले मानिसहरुको मनमा डर भरिरहेका छन् कि शायद यो चुनाव वैध छैन ।” बाइडनले उपस्थित जनसमूदायहरुलाई अपील गर्दै भने, “तपाईं मतदान अवस्य गर्नुहोस् । तपाईंले नै यस चुनावको नतिजा तय गर्नुहुनेछ । यदि हामिले भोट प्राप्त गर्नेछौं भने यो सबै भ्रमहरुको समाधान हुनेछ । ट्रम्पको बहिर्गमन हुनेवाला छ । ट्रम्पले मेल इन ब्यालेट (हुलाकी मतदान विधि) ले गर्ने वास्तविक गणनाको डरले विरोध गरिरहेका छन् ।”
ट्रम्पले बहसका क्रममा बाइडनका छोराको प्रसङ कोट्याए
ट्रम्प प्राय यस्ता बहसहरुमा व्यक्तिगत हमला गर्न माहिर छन् । यस पटक पनि ट्रम्पले बाइडनका छोरा हन्टर बाइडनमाथि निशाना लगाउँदै उनको लागूऔषध दूर्ब्यसनको मुद्दाको उठान गरे जसमा बाइडनले पनि तत्काल जवाफ फर्काएका थिए । बाइडनले भने, “हो मेरो छोरा लागूऔषधको समस्यामा थियो तर उ बहादूरीका साथ यसबाट बाहिर निस्कन सफल रह्यो, मलाई मेरो छोरोमाथी गर्व छ ।”
ट्रम्पको कार्यकालमा अमेरिका सबैभन्दा कमजोर, रोगी तथा गरीब: बाइडन
बहसका क्रममा सहजकर्ताको प्रश्न थियो, “मिस्टर प्रेसिडेन्ट! राष्ट्रपति पदका लागि जनताले तपाईंलाई किन चुन्ने?” ट्रम्पले सेनासँग आफ्नो रेकर्डलाई जोड्दै आफू राष्ट्रपतिका लागि पुन निर्वाचित हुनुपर्ने धारणा राखे भने अर्कोतर्फ बाइडनले “ट्रम्पको शासनकालमा अमेरिका सबैभन्दा कमजोर, रोगी, गरीब, बाँडिएको तथा सबैभन्दा ह्रिन्सक देश बन्न पुगेको छ । ट्रम्प कहिल्यै पनि आफ्नो वाचामाथि कायम रहँदैनन ।
बाइडनले ट्रम्पलाई भने ‘रेसिस्ट – नश्लवादी’ – मानिस बीच नफरत फैलाउँछन् भन्ने लगाए आरोप
नस्लभेदी मानसिकतालाई लिएर बाइडन तथा ट्रम्पका बीच नमिठो बहस भयो । बाइडनले भने कि ट्रम्प जनतालाई एक गर्नु बाहेक बिभेद ल्याउन खोजीरहेका छन् । उनी केवल मानिस मानिसबिच फाटो ल्याउन चाहन्छन् । ट्रम्प एक यस्ता राष्ट्रपति हुन जसले वैमनस्यता तथा नस्लीय भेदभाव बढाउन अनेकन कुराहरुको प्रयोग गरेका छन् ।
अर्कोतर्फ ट्रम्पले बाइडनमाथि सन् १९९४ को अपराध बिललाई लिएर निशाना साधे र त्यसपछि कानून व्यवस्था बनाइ राख्न आफूले गरेको प्रयास बारे बोल्न थाले । अमेरिकामा अश्वेत समूदायका विरुद्ध भएका हिंसाको घटनाहरु अमेरिकी राष्ट्रपतिय चुनावमा महत्वपूर्ण मुद्दा हुनेछ । ट्रम्पले जहाँ बाइडनमाथी कानून व्यवस्था भंग गर्न तथा सार्वजनिक सम्पत्तिलाई नोक्सानी पुर्र्याएको आरोप लगाइरहे । त्यहीं बाइडनले ट्रम्पमाथि नस्ली भेदभावको मानसिकतालाई बढावा दिने भनि आरोप लगाएका थिए ।
ट्रम्पले भने- म ट्याक्स तिर्न चाहन्न
बहसका क्रममा डोनाल्ड ट्रम्पमाथी ट्याक्स चोरीको आरोपको मुद्दाको समेत उठान भएको थियो । ट्रम्पसँग जब रत्तिभर ट्याक्स नतिर्ने सन्दर्भमा प्रश्न गरियो त्यस सन्दर्भमा ट्रम्पले आफ्नो बचाउ गर्दै भने, “म ट्याक्स तिर्न चाहन्न । अमेरिकी सिस्टममा कैंयन लूपहोलहरु छ ।” उनले ट्याक्स सन्दर्भमा अर्को दावा गर्दै भने, “राष्ट्रपति कार्यकालको पहिलो वर्ष मैंले मिलियन डलरको ट्याक्स भरेको हुँ ।”
कोरोनामाथि हाम्रो सरकारले उत्कृष्ट काम गर्र्यो: ट्रम्प
ट्रम्पले भने, “हामीले पीपीई किट बनायौं, मास्क बनायौं । हामीले भेन्टिलेटरको उत्पादन सुरु गर्र्यौं । अब हामी कोरोनाभाइरस विरुद्धको भ्याक्सिनका लागि केवल केही हप्ता पर छौं । अहिले कोरोना संक्रमणबाट न्यूनतम मानिसहरुले मात्र ज्यान गुमाइरहेका छन् ।”
ट्रम्पले चीनलाई भाइरसका लागि दोषी ठहर्र्याउँदै भने, “खराब प्रेसका कारण उनको प्रशासनलाई कोरोना नियन्त्रणका लागि असफल साबित गर्न खोजिदैछ ।”
ट्रम्प अमेरिकाको अहिलेसम्मकै सबैभन्दा खराब राष्ट्रपति: बाइडन
बाइडनले भने, “कोरोना महामारी जतिबेला फैलिरहेको थियो त्यसबेला ट्रम्प स्टक मार्केट (शेयर बजार) हेरेर बसिरहेका थिए । ट्रम्पले अमेरिकी राज्यहरुलाई लकडाउन कायम नगर्न बाध्य पारे र महामारीको खतरालाई साधारण ठाने । ट्रम्प अमेरिकाका अहिलेसम्मका सबैभन्दा खराब राष्ट्रपति हुन् । ट्रम्पलाई गल्फ कोर्सबाट निकलेर काम गर्न आवश्यक छ ।
अर्कोतर्फ ट्रम्पले आफूले अत्यन्तै शानदार काम गरेको बताउँदै बाइडेनलाई इङ्गीत गर्दै भने, “म तपाईंलाई भन्छु कि तपाईंले कहिल्यै यति शानदार काम कहिल्यै गर्नुभएको हुनुहुन्न होला, यो तपाईंको रगतमा छैन ।”
“The President has no plan,” says Joe Biden on President Trump’s handling of the Covid-19 pandemic. “He hasn’t laid out anything.” #Debates2020 https://t.co/duhpLzG7zQ pic.twitter.com/MxDLnrU1Fg
— CNN (@CNN) September 30, 2020