lapsoj

ल्याप्सोजकोे निःशुल्क कानुनी परामर्शबाट दर्जनौँलाई लाभ


काठमाडौं । कोरोना संकटपछि विभिन्न कारणले विपतमा परेका वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई सामाजिक न्यायका लागि कानुन तथा नीति मञ्च (ल्याप्सोज) ले निःशुल्क कानुनी परामर्श दिइरहेको छ । यसबाट दर्जनौँ व्यक्तिहरुले कानूनी सेवा लिएका छन् ।

रोजगारी खोसिएका र स्वदेश फर्किन पनि रोक लगाइएको अवस्थामा पीडामा रहेका नेपाली श्रमिकलाई ल्याप्सोजले निःशुल्क कानुनी परामर्श र सहायता उपलब्ध गराईरहेको हो । जेठ १५ देखि थालिएको परामर्श सेवामा अहिलेसम्म दर्जनौं व्यक्ति लाभान्वित भएको ल्याप्सोजले जनाएको छ ।

“कुनै पनि नेपाली श्रमिकलाई लागेको जुनसुकै जिज्ञासा अथवा प्रश्न टिपाउन सानो फाराम भर्नु फाराम भरेर या भाइबर, ह्वाट्सएप, इमोमार्फत ९८०११६७०३४ नम्बरमा मेसेज सकिनेछ,’ ल्याप्सोजका अधिवक्ता वरुण घिमिरेले बताए ।

यो कार्यक्रमअन्तर्गत कानुनी परामर्श, सम्बद्ध रोजगार गन्तव्यको कानुनी जानकारी, नेपाल फर्किन चाहनेहरूका लागि प्रक्रियागत जानकारीलगायतका विविध जिज्ञासा मेटाउन प्रयास गरिने घिमिरेको भनाइ छ ।


Loading comments...