राष्ट्रिय एकता अभियानद्वारा चीनद्वारा अतिक्रमण गरिएको भूमी सम्बन्धमा नापी विभागसँग सूचना माग


काठमाण्डाै । नापी विभागसँग सूचना माग गरिएकाे छ । राष्ट्रिय एकता अभियानका संयाेजक विनय यादवले सिमानाकाे विषय उल्लेख गरेर सूचना माग गरेका हुन् । उनले उक्त सूचना अध्ययन प्रयाेजनाका लागि माग गरेका हुन् ।

यादवले नापी विभागमा दर्ता गराएकाे निवेदनमा नेपाल-चीन स्थित २ देशकाे सीमा छुट्याउने स्तम्भ नम्बर ११ र १२ काे जीपीएस काेर्डिनेट कति हाे?, नेपाल-चीन सीमामा रहेका सीमा स्तम्भहरूकाे जीपीएस काेर्डिनेट अभिलेख गर्ने काम कुन मितिमा सम्पन भएकाे हाे? र नेपाल-चीन सीमा स्तम्भहरूकाे पछिल्लाे सुपरीवेक्षण कुन मितिमा भएकाे थियाे भन्ने जानकारीकाे साथै प्रतिवेदन माग गरिएकाे छ ।

त्यस्तै निवेदनमा सीमा स्तम्भहरूकाे सुपरीवेक्षणअनुसार कुन कुन सीमा स्तम्भ भेटिएकाे भन्ने जानकारी माग गरिएकाे छ ।


Loading comments...