
सम्भावित अर्को मानव बलीको घटना टर्यो : महिलालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा २ जना पक्राउ
१५ आश्विन २०७७, बिहीबार २०:१०
सुनसरी । ललाई फकाई प्रलोभनमा पारी २ जना महिलालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । भारत-नेपालको सीमानामा यस्तो किसिमको घटना २०७७ मा मात्रै यो तेश्रो घटना हो जसमा पूजापाठ, धामी झाक्रीको बहानामा मानव बलीका लागि भारततर्फ लान खोजिएका थिए ।
पक्राउ पर्नेहरुमा सप्तरी कृष्ण सवरन गाउपालिका-४ बनौली बस्ने २९ वर्षीय महम्मद साहिल मन्सुरी र सिरहा लहान नगरपालिका-१९ कटाह वस्ने २९ वर्षीय जिवछकुमार साह रहेका छन् । स्थानीय प्रहरीले सशस्त्र प्रहरी बल समेतको सहयोगमा सुनसरी कोशी गाँउपालिका-८ पूर्वी टोला नाका र भारतको सुपोल जिल्ला भिमनगर-१२ वोर्डर इलाकाबाट ती महिलालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुले भारत सुपौल भिमनगरस्थित बाबाको मन्दिरमा पूजामा बस्नु पर्ने, पूजामा बसे वापत पारिश्रमिक पाउने, कुनै दु:ख विमार भए सो समेत सञ्चो हुने र पूजा समाप्त हुनासाथ घर फिर्ता गरीदिने भनि प्रलोभनमा पारी ललाई फकाई लिएर गएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यस अघि पनि यस्ता घटनाहरुको सत्यतथ्य सार्वजनिक भएका थिए जसमा प्रायः घटना मानव बली जस्तो जघन्य तथा अन्धविश्वाससँग जोडिएका घटनाहरु थिए ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन
काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस्ता
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो