‘नशामा धूत’ बलिउड : चर्चामा किंगखान, रणवीर कपुर, अर्जुन र डिनो


मुम्बई । बलीउडमा लागूऔषधको जालो सम्बन्धमा अनुसन्धान तिब्र पारेको भारतको ‘नारकोटिक्स कन्ट्रोल ब्यूरो’ (NCB) ले चाँडै नै बयानका लागि बलीउडका तीन सुपरस्टारहरुलाई बोलाउने तयारी गरेको छ भने रणवीर कपुर सम्बन्धमा थप तथ्यहरु जुटाउने तयारीमा रहेको छ । भारतीय मेडियामा विश्वस्नीय समाचारका लागि परिचित दैनिक भाष्कर एक्सक्लूसिभ कोलम अन्तर्गत ‘एनसीबी अधिकारीको ठूलो दावा’ भन्दै लेख्छ, “शाहरुख खानको घरमा अर्जुन रामपाल लागूऔषध पुर्याउँथे, हामीलाई इन्टेलीजेन्स एजेन्सीबाट पक्का प्रमाण प्राप्त भएको छ ।

तर दैनिक भाष्करको उक्त सामाग्रीमा जारी नामहरुको पहिलो अक्षरमा ‘S’, ‘R’ तथा ‘A’ नभई ‘A’, ‘D’ तथा ‘S’ उल्लेख गरिएको छ र ति अक्षरुको नाम पनि सार्वजनिक गरेको छ । A अर्थात अर्जुन रामपाल, D अर्थात डिनो मोरिया तथा ‘S’ अर्थात बलिउडका किंगखान भनिने शाहरुख खान हुन भनिएको छ ।

स्मरणीय रहोस्, यसअघि भारतको ‘नारकोटिक्स कन्ट्रोल ब्यूरो’ (NCB) ले लागूऔषध सम्बन्धमा जारी गरेको ३ जना बलिउड स्टारहरुको नामको अगाडीका अक्षर ‘S’, ‘R’ तथा ‘A’ अनुसार पनि ‘S’ ले दैनिक भाष्करको दावीलाई पुष्टि गर्छ । NCB ले ‘S’, ‘R’ तथा ‘A’ नाम भएका बलिउडका शिर्ष स्टारहरुलाई अनुसन्धानमा सहयोग गर्न पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको छ । उनीहरुको विरुद्ध पर्याप्त प्रमाण भेटिएका छन् ।

शाहरुख खान अहिले दुबईमा छन् र आईपीएल – IPL को मजा लिरहेका छन् । अर्कोतर्फ अर्जुन रामपाल मुम्बईमैं छन् र एक चलचित्रको सुटिङमा ब्यस्त छन् । डिनो मोरिया हाल मुम्बईमा छैनन ।

दैनिक भाष्कर अनुसार R अर्थात् रणवीर कपूर हुनसक्छन् । तर अहिले उनको सम्बन्धमा शाहरुख-अर्जुन जस्तो इन्टेलीजेन्स जानकारी प्राप्त भएको छैन । जबकी दुई दिनदेखि भारतीय मेडिया तथा सामाजिक सञ्जालहरुमा उनको नाम भाइरल भएको छ । २८ जुलाई २०१९ का दिन धर्मा प्रोडक्सनका मालिक करण जौहरको घरमा भएको पार्टीमा दीपिका पादूकोणका साथ साथ रणवीर कपूर पनि उपस्थित थिए । करण जौहरका अनुसार त्यस पार्टीमा कुनै पनि स्टारले लागूऔषधको प्रयोग गरेका थिएनन ।

गत २८ सेप्टेम्बरका दिन रणबीर कपुर मुम्बईस्थित घरमा परिवारका साथ आफ्नो ३८ औं जन्मदिन मनाउँदै गरेको देखिएका थिए ।

तनाबमा छन् नाम मुछिएका तिनैजना कलाकार
दैनिक भाष्करद्वारा सार्वजनिक यो खबरसँगै तिनैजना स्टारहरु आत्तिएका छन् । ‘S’, ‘R’ तथा ‘A’ तिनैजनाले NCB सँगक सम्भावित बयानहरुको सामना गर्न एकैखाले रणनीति अपनाउने कोशिस गरिरहेका छन् तथा ‘कानूनी सहयोगको लागि परामर्श सुरु गरेका छन्’। भारतीय मेडियाका अनुसार ति तीनै स्टारहरुले एकआपसमा कुराकानी समेत गरिसकेका छन् भने दीपिका पादुकोणसँग समेत सम्पर्क गरेका छन् ।

स्मरणीय रहोस् NCB द्वारा सार्वजनिक तथा दैनिक भाष्करले दावा गरेका ति तिनैजना स्टारहरुसँग दीपिकाले चलचित्रमा अभिनय गरिसकेकी छिन् । ‘S’, ‘R’ तथा ‘A’ ले कुनै पनि डिजीटल प्रमाण मेटाउन सक्छन् भन्ने कुरामा NCB सचेत छ, यी तिनैजना लागूऔषध कारोबारीहरुको सम्पर्कमा थिए ।

गत साता दीपिका पादुकोण, श्रद्धा कपुर तथा सारा अलि खानसँग लिइयो बयान
गत साता शनिवार सारा अलि खान, श्रद्धा कुपर लगायत दीपिका पादुकोणसँग NCB ले बयान लिएको थियो । बयानका क्रममा दीपिका पादुकोणले आफ्नो म्यानेजर करिश्मा प्रकाशसँग भएको च्याटका सम्बन्धमा जवाफ दिएकी थिइन । त्यस ह्वाट्सएप च्याटमा उनले ‘माल’ या ‘हैश’ उपलब्ध गराउन भनेकि छिन् । करिश्मासँग पनि NCB ले बयान लियो तर जतिबेला दुवैको आमना-सामना गराइयो त्यसबेला दुवैले च्याटमा भएको कुराकानी स्विकार गरेका थिए तर लागूऔषधको सेवनलाई भने अस्विकार गरेका थिए । करिश्माले उक्त बयानका क्रममा भनेकि थिइन ‘हैश कुनै लागूऔषध होइन’ ।

उनका साथै श्रद्धा कपूर, सारा अली खान, रकुल प्रीत सिंह, सिमोन खंबाटा तथा जया साहासँग बयान पश्चात उनीहरुको मोबाइल फोनलाई NCB ले जफत गरेको थियो । यि तीनै अभिनेतृहरुलाई अहिलेसम्म यस मुद्दामा क्लीन चिट प्राप्त भएको छैन । NCB ले थप अनुसन्धानका लागि दोश्रोपटक तिनैजनालाई बोलाउने तयारी गरेको छ ।

अहिलेसम्म, NCB ले बलीउड लागूऔषध खरिद-बिक्रि तथा उपभोगको घटनामा धर्मा प्रोडक्सनका कार्यकारी निर्माता क्षितिज प्रसादलाई पक्राउ गरेको छ । उनी बाहेक, NCB फे यस अघि सुशान्त सिंह राजपूतकी प्रेमिका रिया चक्रवर्ती तथा उनका भाई शौविक सहित १९ जनालाई एनडीपीएस अधिनियम अन्तर्गत पक्राउ गरिसकेको छ ।


सुशान्त सिंह राजपूत कथित आत्महत्या सम्बन्धमा पछिल्ला सामाग्रीहरु

१)  सुशान्त सिंह राजपूत कथित आत्महत्या नयाँ मोडतर्फः प्राविधिक रफिक भन्छन् ताल्चा तोडेपछि मलाई ढोका खोल्न दिइएन
२) सुशान्त आत्महत्या प्रकरण अर्कै मोडमा: लागूऔषध मुद्दामा ‘NCB’द्वारा प्रेमिका रिया पक्राउ
३) नशामा धूत बलिउड : ‘लागूऔषध च्याट ग्रुप’मा दीपिका आफै एडमिन, च्याटबारे ‘स्विकारोक्ती’
४) NCB को राडारमा बलीउडका आठ स्टार, लागूऔषध व्यवसायीको फोनमा भेटिएका थिए ति कलाकारहरुको नम्बर


Loading comments...