
पीडितमाथी पीडा माथी पीडा, दोषिलाई उन्मुक्ति – अत्याचार गर्नेलाई कारवाहीको माग
१६ आश्विन २०७७, शुक्रबार १३:३८
वीरगञ्ज । वडा प्रहरी कार्यालय श्रीपूरले कुटपिटमा संलग्नहरुलाई उन्मुक्ति दिएपछि प्रहरीप्रतिको जनविश्वास गुमेको बताएका छन् । नेपाल पत्रकार महासंघ, वीरगञ्ज शाखाको सभाहलमा आज पीडित राकेश साह र रमेश पासवानले पत्रकार सम्मेलन गरि सो गुनासो गरेका हुन् ।
घटना अनुसार असोज १३ गते बिहान ८ः३० बजे रमेश पासवानका छोरा अजय पासवानलाई बाटोमो कुटपिट गरिरहेको देखेपछि सुजित साहले झगडा छोडाएको केहि समय पछि वीरगञ्ज २३ प्रसौनी बिर्ताका ईमरान अंसारी, ईरफान अंसारी, खुरसिद अंसारी, नुरसिद अंसारी, ग्यासुदिन मियाँ, मनिफ अंसारी र कमरोदा अंसारी सहितको हूलले स्थानिय राकेश साहको घरमा प्रवेश गरि ३ वर्षिय छोरी आरुषि साह, भाई सुजित साह, आमा धर्मशिला देवी स्थानिय अजय पासवान र निरज श्रेष्ठलाई कुटपिट गरि गम्भिर घाइते बनाएको कुरा पीडित पक्षधरले नेपाल पत्रकार महासंघको सभाहलमा आज आयोजित पत्रकार सम्मेलनमा बताएका हुन ।

कुटपिटबाट गम्भिर घाईते धर्मशिला देवी र सुजित साहको वीरगञ्ज न्युरो हस्पिटल पानीटंकी र अजय पासवानको सूर्य हस्पिटलमा उपचार भईरहेको जनाइएको छ ।
कुटपिट गर्ने बिरुद्ध जाहेरी दिंदा समेत प्रहरीले जाहेरी नलिई थप पिडा दिने काम गरेको कुरा पत्रकार सम्मेलनमा पीडित राकेश साहले बताए । वडा प्रहरी कार्याल श्रीपुरका प्रहरी निरिक्षक दिपक साहले पक्राउ गरेका चार जनालाई समेत छोडेर पीडितलाई थप पीडा दिने काम गरेको पत्रकार सम्मेलनमा पीडित साहले जनाएका छन । ।
पीडितको उपचार भईरहेको बेला आक्रमण गर्नेलाई उन्मुति दिई घटना दवाउन प्रहरी नै सक्रिय रहनुले प्रहरी नै दोषीलाई उन्मूक्ति दिने र निर्दोषलाई झन त्रसित बनाउने काममा लाग्नुले कानूनी राजको समेत उपहास भएको कुरा पीडितले पत्रकार सम्मेलनमा जनाए । असोज १८ गते आईतबार सम्म प्रहरीले जाहेरी लिएन भने स्थानीय न्यायका पक्षधरको बीचमा जाने र सडक आन्दोलन गर्ने चेतावनी समेत पत्रकार सम्मेलनमा अर्का पीडित रमेश पासवानले दिएका छन । पत्रकार सम्मेलनमा स्थानिय प्रल्हाद गुप्ता लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ, १९ पुस : काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई