कङ्ग्रेस नेता गगन थापालाई कोरोना संक्रमण


काठमाण्डौ । नेपाली कङ्ग्रेसका नेता गगन थापालाई कोरोना संक्रमण भएको छ । उनलाई कोरोना संक्रमण भएको युथ काग्रेसका अध्यक्ष सचिन तीमल्सीनाले लाईभमान्डुलाई जानकारी दिए । तिमल्सीनाले गगन थापालाई सनिवार कोरोना बताउदै उनी अहिले होम आइसोलेसनमा रहेको जानकारी दिए ।

गगन थापालाई कोरोना संक्रमण देखीएतापनि उनको स्वास्थ्य कुनै समस्या भने नदेखीएको उनले बताए । गगन थापाले आफ्नो सामाजिक संजालमा आफूलाई कोरोना संक्रमण भएको बताउदै लेखेका छन्:

असाेज १५ गते पार्टी कार्यालयमा भएकाे PCR परीक्षणमा मलाई काेभिड संक्रमण देखिएको जानकारी पाएँ।मेरो स्वास्थ्य अवस्था सामान्य छ । अहिले म घरमै आइसोलेसनमा छु । यस बिचमा मेरो सम्पर्कमा रहनुभएका सबैले सजगता अपनाउनुहुन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसंग परामर्श गर्नुहुन अनुरोध गर्दछु ।


Loading comments...