पेरिस र टोक्योमा चीन विरोधी विशाल प्रदर्शन


काठमाण्डाै । टोक्यो र पेरिसमा चीनविरुद्ध विशाल प्रदर्शनहरू आयोजना गरिएको छ । चीनले गरेको दमन र मानवअधिकार उल्लंघनविरूद्ध तिब्बत, उइघुर, मंगोलिया, हङकङ र ताइवानका करिब ३ हजार मानिसहरूले अक्टूबर ३ का दिन जापानको राजधानी टोक्यो र अक्टूवर १ का दिन फ्रान्सको राजधानी पेरिसमा विशाल प्रदर्शनहरू गरेका छन् ।

हङकङमा लागू गरिएको कडा राष्ट्रिय सुरक्षा कानून, भित्री मंगोलिया स्वायत्त क्षेत्रमा मन्दारिन चिनियाँ भाषाको प्रयोग बाध्यात्मक बनाउने, तिब्बत र झिनजियांगमा धार्मिक स्वतन्त्रता विरुद्धको कारबाही र ताइवानको बिरूद्ध चीनको आक्रामक र धम्कीपूर्ण कार्यहरूकोविरुद्ध नारावाजी गरिएको थियो ।

प्रदर्शनहरूमा स्थानीयका साथै अन्य एसियाली देशका मानिसहरूले सहभागिता जनाएर एक्यवद्धता प्रकट गरेका थिए ।

चीनले पछिल्लाे समय तिब्बती, उइघुर र मङोलिएन समुदायमाथि धार्मिक तथा संस्कृतिक हस्तक्षेप बढाउदै लगेका ती समुदायहरूले आरोप लगाएका छन् । चिनियाँ शासकहरूले उइघुर समुदायमाथि विभिन्नखाले दमन गरिरहेको समाचारहरू निरन्तर बाहिर आएका छन् ।


तस्वीरहरुः ट्वीटर


Loading comments...