Lifestyle Portal
  •   ५ चैत्र २०७९, आईतवार

चीनद्वारा अनौपचारिक रुपमा जारी ‘आर्थिक नाकाबन्दी’का कारण नेपाली व्यवसायी समस्यामा

१८ आश्विन २०७७, आईतवार १३:३०

लोकप्रिय

काठमाण्डाै । कोरोना महामारीले विश्वका अधिकांश देशको आर्थिक प्रणाली धरासयी बनेको छ । साेही क्रममा काराेनाले नेपालको अर्थतन्त्रमा समेत गम्भीर चुनौती थपिएको छ । वर्तमान अवस्थामा चीनद्वारा नाकामा गरिएको अनौपचारिक आर्थिक नाकाबन्दीले नेपालमा थप समस्या उत्पन्न भएकाे छ। चीनसँगको अतोपानी पारी खासामा पनि नेपाली व्यवसायीका डेढ सयभन्दा बढी कन्टेनरमा सामान थन्केको ६ महिना बितेको छ । चीनले रसुवागढी र तातोपानी नाकाबाट नेपाल भित्रिने सामाग्रीहरु र कार्गोमा थप प्रतिबन्ध लगाएपछि नेपालमा थप समस्या उत्पन्न भएकाे हाे ।

चीनकाे नाकाबन्दीले व्यवसायी र नागरिकलाई निकै समस्या भोग्नु परेको छ । चाडबाडको समय नजिकिँदा अनौपचारिक नाकाबन्दीले नेपाल र नेपालीलाई निकै कठिन बनाउने भएको छ । चीनको यो कदम नेपाल र चीनबीचको सम्बन्धका लागि राम्रो होइन । यसबाट चीन आफ्नो मात्र स्वार्थ र लाभमा केन्द्रित रहेको देखिन्छ । चीन जस्तो देशले महामारीको बेलामा नेपाल जस्तो छिमेकी मुलुकलाई सहयोगी भावना देखाउनुपर्ने हो । तर, ऊ आफ्नै लाभमा मात्र केन्द्रित देखिदैछ ।

विगत केही महिनादेखि नेपालबाट चीन कुनै सामाग्री निर्यात हुन सकेको छैन् । प्रत्येक दिन सय वटा ट्रक चीन जान तयार रहेपनि एक दूई वटा ट्रक मात्र चीन भित्रिने गर्दछ । ट्रक चालकहरुको पिसिआर परिक्षणको नतिजा देखाएपनि नाका भन्दा भित्र प्रवेश गर्न बन्देज गरिएको छ । यसले नेपालको सार्वभौमिकतामाथि नै आँच पुर्याएको देखिन्छ ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका बच्चु पौडेलका अनुसार खासा, नेलम, ल्यासा र केरुङमा गरी करिव दुई हजार कन्टेनर सामानहरु सीमा पारी छन् । ‘तीमध्ये सबैभन्दा बढी १२–१३ सय कन्टेनर सामान केरुङमा मात्र छ । हामीले छिट्टो पहलकदमी लिइ दिनु पर्र्यो भनेर बारम्बार परराष्ट्र मन्त्रालयसँग अनुरोध गरिरहेका छौं । चीनस्थित नेपालका राजदूत महेन्द्रबहादुर पाण्डेलाई पनि भनेका छौं । वाणिज्य मन्त्रालयसँग पनि आग्रह गरेका छौं’, पौडेल भन्छन्, ‘उहाँहरु हामीले कुटनीतिक पहल र कुराकानी गरिहेका छौं । चाँडै मिल्छ भन्नुहुन्छ । सायद एक साताभित्रमा मिल्ला कि ?’ अर्का एक व्यवसायीका अनुसार परराष्ट्र मन्त्रालयले बलियो पहलकदमी लिइ दिएको भए यति लामो नाकाबन्दी हुने थिएन ।

यसैबीच भारतसँग जोडिएको दक्षिण नाकाको आवत जावतमा भने कडाई देखिएको छैन् । नेपालीहरु सीमापार व्यापारमा विना अवरोध पहुँच बनाउँदै आएका छन् । दुवै देशबीच महामारीको संक्रमण झन् चुनौती बनेको देखिन्छ । त्यसपश्चात पनि भारतले नाका खोली आफ्नो मित्रवत सम्बन्धलाई कायम राखेको छ । नेपाल र भारतबीच जारी नयाँ नक्सा विवादमा समेत आफ्नो नाका खोली खुलस्त रुपमा आवत जावतमा प्रवेश गर्न दिएकोमा मित्रवत सम्बन्ध कायम राखेको छ । नेपाललाई भारतले कान्डला पोर्टलाई प्रयोग गर्न अुनमति समेत दिएको छ ।

चीनको ‘अनौपचारिक नाकाबन्दी’ ले नेपालको एक अर्ब डलरको आर्थिक नोक्शानी पुग्ने देखिन्छ । भारतसितको व्यापार सम्बन्ध कायम रहेतापनि नेपालले चीनलाई ३० प्रतिशत सामाग्री निर्यात गर्ने सम्झौता भएको थियो । तर, नेपाल र भारतको व्यापार सन्धी अन्र्तगत नेपाली उत्पादन सामाग्री आयातमा सुन्य शुल्कमा आवत जावत भइरहेको छ । त्यसकारण नेपालले आफ्नो सानो र मध्यम व्यापार निर्यातलाई कायम गर्न सफल भएको छ । जस्तै कृषी, हर्बल मेडिसिन, सिन्थेटिक सामाग्री रहेको छ । तर, चीनलाई निर्यात गर्ने नेपाली सामाग्रीहरु समेतमा चीनले सुन्य शुल्क लिने बताएको छ । तर, उक्त सम्झौता कागजमै सिमित रहेको देखिन्छ । चीनसंगको ट्रान्जिटको विषय विगतमा वास्तविक रुपमा निकै फरक पाइएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति

वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले

केही दिन पहिले (२०२७९, फागुन ५) उद्योग मन्त्रालयले एउटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णयले सरकार मातहतका निकाय तथा