कश्मीरकी ‘इमेज कन्सल्टेन्ट’ जस्ले यूवाहरुलाई व्यवसायीक र व्यक्तिगत सीपहरु सिकाइरहेकी छिन


हिजीव जरगारले कश्मीरका यूवाहरुलाई व्यक्तित्व बिकास, व्यक्तिगत, व्यवसायीक सीपहरु लगायतका कुराहरु सिकाउने गर्दछिन्, उपत्यकामा आत्मविश्वास, सञ्चारसीप लगायतका जीवनउपयोगी सीपहरु सिकाउने हिजीवको बारेमा आज कुरा गर्न चाह्यौं ।

कश्मीरकी छोरी जरगार ७ वर्ष दुबईमा पनि बसेकी हुन्, आफ्नो प्रस्तुति र सञ्चारसीपका कारण यिनलाई अहिले कश्मिरका यूवाहरुले प्रेरणाको श्रोत नै मान्न थालिसकेको बताइन्छ । सन् २०१६ मा जम्मु र कश्मीरको लोकसेवा आयोगमा छनौट भएकी जरगारीले मास्टर्स दुबईबाट गरेकी हुन् । उन्का अनुसार कश्मीरका यूवाहरुमा सञ्चारसीपको अत्यन्त कमी छ, जरगारीले यसै कमीलाई पूरा गर्न आफ्ना परियोजनाहरु केन्द्रित रहेको बताएकी छिन् । यिनका अनुसार आफ्नो पहिलो सेसनमा उपस्थित कसैलाई दोश्रो सेसनमा बस्न जरुरी बनाँइदैन, यी सेसनहरु मेरा लागि हैनन, सहभागीका लागि पनि हैन, जागरुक यूवाहरु सहितको कश्मीरको लागी हो ।

श्रीनगरका धेरै कलाकार, गायक, स्टेज परफरमरहरु जरगारसीत परामर्श र तालिम लिन आँउदछन्, स्थानीय चर्चित कलाकार जुनैद हमिदले जरगारीले आफ्नो स्टेजसंगको डर कम गर्न र आत्मविश्वास बढाउन सहयोग गरेको बताँउदछन्, जुनैदको समुहमा आज २० देखि २५ जनाको साथ रहेको र यसको नेतृत्व जुनैदले गरिरहेका छन् ।

दुबईमा राम्रो तलब र जीवनयापन गरिरहेकी जरगारी पेशाले इमेज कन्सल्टेन्ट हुन्, आफ्नो जन्मभूमी कश्मिरको बिकासका लागि जरगारी मातृभूमी फर्केर त्यहीका यूवाहरुलाई प्रेरित गर्न थालेकी हुन् ।

जरगारीले अहिले शरीर अनुसारको पहिरन सेन्स, वार्डरोव ब्यवस्थापन, बडी ल्याङ्गवेज, कर्पोरेट इैमेज लगायतका कुरा र सीपहरुमा पनि त्यहाँका स्थापित व्यक्तित्व र पव्लीक फिगरहरुलाई प्रशिक्षण दिँदै आएकी छिन् । हरेक ट्यालेन्टहरुलाई निश्चित निर्देश्न चाहिन्छ, कश्मीरका ट्यालेन्टहरुलाई म प्रशिक्षण गर्नेछु, जरगारीले बताएकी हुन् ।


Loading comments...