अण्डा (फुल) भेज हो या ननभेज ? वैज्ञानिक निश्कर्ष यस्तो छ


प्रायः मानिसको दिमागमा एउटा जिज्ञासा हुने गर्दछ कि हाँस या कुखुराको अण्डा (फुल) भेज-vegetarian हो या ननभेज-nonvegetarian (शाकाहारी हो या मान्साहारी)? केही मानिस यसलाई मान्साहारी मान्दछन् किनकी अण्डा कुखुरीले पार्दछ । तर हामीले यहाँ भेज या ननभेज के हो त्यो तनाव लिइराख्नु नपर्ला । हाम्रो लागि वैज्ञानिक उत्तर छ यहाँ जस अनुसार अण्डा भेज हो तर केही केही मानिस वैज्ञानिकको यस तर्कलाई मान्न तयार छैनन ।

दूध शाकाहारी की मान्साहारी
शाकाहारीहरुका अनुसार अण्डा कुखुराको शरीरबाट निश्किएको हो यस र कुखुरा मान्साहारी हुनेभएकोले उसले पार्ने अण्डा पनि ननभेज नै हो । तर तपाईंलाई जानकारी रहोस् कि दूध पनि जनावरबाटै प्राप्त हुन्छ, उसोभए दूध कसरी शाकाहारी भयो ?

यसरी थाहा लाग्यो कि अण्डा शाकाहारी हो
अण्डा तीन तहले बनेको हुन्छ । पहिलो खोल, दोश्रो खान मिल्ने सेतो भाग तथा तेश्रो अण्डाको पँहेलो भाग अर्थात् योक । अण्डाबारे भएको एक रिसर्च अनुसार अण्डाको सेतो भागमा केवल प्रोटिन हुन्छ र यसमा जनावरको कुनै तत्व रहेको हुदैन । त्यसका कारण प्राविधिक रुपमा अण्डाको सेतो भाग (Egg White) भेज अर्थात साकाहारी हुन्छ ।

अण्डाको सेतो भाग (Egg White) झै एक योक अर्थात अण्डाको पँहेलो भागमा प्रोटिनका साथै कोलेस्ट्रोल तथा फ्याट पनि राम्रो मात्रामा रहेको हुन्छ । अण्डा कुखुरा तथा कुखुरीको मिलन पछि मात्र कोरल्न लायक हुन्छ । यसरी कोरलन लायक अण्डामा ग्यामीट सेल्स हुन्छ, जसले त्यस्तो अण्डालाई मान्साहारी बनाउदछ । जबकि बजारमा पाइने बिकासे कुखुराका अण्डाहरु कुखुरासँगको मिलन बेगैर उत्पादन भएको हुन्छ र त्यस्ता अण्डालाई मान्साहारी बनाउने तत्व ग्यामीट सेल्स हुन्न ।


Loading comments...