
बंगलादेशमा कोरोनाभाइरसको चिनियाँ खोपको परिक्षण अनिश्चित
१९ आश्विन २०७७, सोमबार १६:२३
एजेन्सी । बंगलादेशमा निकै नै प्रचार गरिएको कोरोनाभाइरसको चिनियाँ खोपको सामूहिक परिक्षण अनिश्चित बनेको छ । चिनियाँ औषधि निर्माता सिनोवाक बायोटेक लिमिटेडले बाङ्लादेशसङ्ग परिक्षणको लागि आंशिक लगानी गर्नुपर्ने शर्त राखेपछि सो परिक्षण नहुन सक्ने पनि सम्भावना बढेको छ । सिनोवाक बायोटेक लिमिटेडले सेप्टेम्बर २४ मा बंगलादेशलाई लेखेको एक पत्रमा रकम प्रदान नगरेसम्म परीक्षण कार्य अगाडी बढाउन नसकिने बताएको छ ।
The much-hyped mass trial of a Chinese coronavirus vaccine in Bangladesh has become uncertain and may even be a non-starter after drugmaker Sinovac Biotech Ltd asked the Hasina government to co-finance the initiative.https://t.co/BvbmXd8ES5
— Economic Times (@EconomicTimes) October 4, 2020
बेइजिङको खोप कम्पनीले यो पत्र अन्तराष्ट्रिय केन्द्र डायरियल रोग अनुसंधान, बंगलादेशलाई पठाएको छ । “उनीहरू [सिनोवाक] ले हामीलाई सूचित गरेको छ कि यदि हामी पनि लगानी गर्यौं भने मात्र उनीहरू परिक्षण अगाडी बढाउन समर्थ हुनेछ । हामी प्रधानमन्त्रीसँग कुरा गरिसकेपछि निर्णय लिनेछौं,” स्वास्थ्य सेवा विभागका सचिव अब्दुल मन्नान भने ।
“हामी सिनोवाकमा निर्भर छैनौं ।” सरकार खोपको विकास भएपछि अन्य उपायहरू खोज्दैछ, “मन्नानले थपे । स्थानीय मिडिया डेनो स्टारका अनुसार सिनोभ्याकले पत्रमा कति फन्डको आवश्यकता पर्छ र अन्तिम समयमा किन उनले फन्ड खोजिरहेको छ भनेर उल्लेख गरिएको छैन ।
तसर्थ चीनले सुरू सुरूमा बंगालदेशलाइ निःशुल्क खाेप दिने गरी प्रचारबाजी गर्याे । र अहिले आएर पैसा माग्न थालेपछि त्यहाँकाे सरकारले अन्य विकल्प तिर लागेकाे छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ, १९ पुस : काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल