नेपाली काँग्रेसका सांसदद्वारा हुम्ला निरीक्षण : चिनियाँ अतिक्रमणमा परेको लिमीवासी भन्छन् ‘चिनियाँले धम्की दिए’


काठमाण्डौ । हुम्लास्थित नेपाल चीन सीमा विवादले नयाँ मोड लिएकाे छ । चीनले नेपाली भूमिलाई कब्जा नै गर्ने नियतसाथ एकतर्फी भवन बनाएर हुम्लावासीलाइ धम्की दिइरहेकाे छ । अर्कोतर्फ, भेटिएको भनिएको १२ नं. जङ्गी पिलर पनि हतार हतार नयाँ बनाएको कुरा यस अघि नै सञ्चारमाध्यमहरुबाट सार्वजनिक भइसकेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता जीवनबहादुर शाहीको नेतृत्वमा स्थलगत निरीक्षणका लागि गएको जनप्रतिनिधिको टोलीले नयाँ पिल्लर बनाएर राखेको अवस्थामा भेट्टाएको थियो ।

अनुगमन टोलीसँगै लिमी पुगेका पत्रकार जनक बहादुर शाहीले ‘नेपालका भूभाग चिनियाँ पक्षले अतिक्रमण’ गरेको कुरा फेसबुकमा लेख्नुभएको छः

चिनले सिमा अतिक्रमण गरेको छ । नेपाल सरकारले स्थलगत अनुगमन र अध्यन नै नगरी चिनले सिमा मिचेको छैन भन्नू सान्दर्भिक नहोला । हाम्रो सिमा मात्र मिचिएको छैन, नेपालको अन उपस्थितमा सिमा स्तम्भ भत्काएर पुन निर्माण गरीएका छन । सिमा स्तम्भ पुनर्निर्माण गर्दा दुबै देशको सहमतिमा हुनुपर्छ कि पर्दैन ।यस बिषयमा सरकारले गहन अध्ययन गरी यथासक्य चाँडो सिमा सम्बन्धि बिज्ञटोली पठाई छानबिन गरीयोस । नकि सिहदरबारमा बसेर हाम्रो सिमा मिचिएको छैन भनेर चिन सरकार को गुणगान गाउने काम गरि घुम्नेमेच माथिको अन्धो मान्छे नबन सरकारले ?

केही दिन अगाडि मात्र हुम्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा स्थलगत अध्ययन गरेर आएको टोलीले के को अनुगमन गरेर आयो, के उनीहरू सिमा स्तम्भ अगाडि उभिएर आफ्नो फोटो खिच्न मात्र गएका हुन या सरकारले सिमा बारे बोल्न प्रतिबन्ध लगाइएको हो । यसको हामीलाई जवाफ चाहियो सरकार ?

स्राेतका अनुसार भूमिका विषयमा केन्द्र सरकार र सत्तारुढ नेकपाले चीनको यस गतिविधिबारे स्पष्ट जानकारी राख्दछ । साेही कारण स्थानीयबाट सत्य तथ्य बाहिर आउन थालेपछि चीनले हुम्लावासीलाई धम्क्याएर दबाब र प्रभावमा राख्न खोज्नेगरी कदम चालेकाे छ ।

कर्णाली प्रदेशका प्रतिपक्षी नेता जीवनबहादुर शाहीको नेतृत्वमा स्थलगत अध्ययनमा आएको जनप्रतिनिधिको टोलीसँग लिमीवासीले ‘चिनियाँले धम्की दिएको’ गुनासो गरेपछि उक्त कुराकाे खुलासा भएकाे हाे । कर्णाली प्रदेशका प्रतिपक्षी नेता जीवनबहादुर शाहीको नेतृत्वमा जनप्रतिनिधिको टोली गत बुधवार सदरमुकाम सिमिकोटबाट त्यसतर्फ गएको थियो।

चिनियाँको डरले लिमीवासी खुलेर बोल्न पनि सकेका छैनन् । हुम्लाकी सांसद रंगमती शाहीले स्थलगत अवलोकनका क्रममा टोलीले स्थानीय लिमीवासी चीनको दबाबमा रहेको पत्ता लागेको बताइन् । लिमीमा राज्यको पहुँच छैन ।

अर्कै राज्यजस्तो अवस्था छ । लिमीका बासिन्दा चीनमा निर्भर भएर बाँचिरहेका छन् । चीनले खाद्यान्नदेखि लत्ताकपडा, अनुदान र अन्य सहयोग दिने गरेको छ । अहिले लिमीवासीले चीनले एकतर्फी रुपमा भवन बनाएको ललुङजङको भूमिको यथार्थ बोल्न थालेपछि चीनले सबै सहयोग रोक्ने धम्की दिएको सांसद शाहीले बताइन् ।

हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालीपारीको गाउँ लिमीको लाप्चा क्षेत्रमा चीनले भवन निर्माण गरेको हाे । नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाउने कार्य अन्तिम चरणमा पुर्‍याएको छन् । नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले दिएको जानकारी अनुसार भवन बनाउने कार्य तिब्र गतिमा भइरहेकाे छ ।

उनले नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा नौ वटा व्यापारिक प्रयोजनका भवन बनाएको जानकारी दिए । ‘चिनियाँ पक्षको जिम्मेवार अधिकारीसँग आफूले बुझ्न खोजेपनि त्यो प्रयास हुन सफल सकेन ।’ उनले भनेका छन् ।

सबै तस्वीरः पत्रकार जनक बहादुर शाहीको फेसबुक पोष्टबाट


Loading comments...