कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण, श्रीमती रमिला पनि पोजेटिभ


काठमाण्डौ। हास्य कलाकार कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण भएको छ । उनले आफुलाई कोरोना संक्रमण भएको फेसबुकमा पोस्ट गर्दै जानकारी दिएका हुन् । सामान्य लक्षण देखिए पछि आचार्य र उनकी श्रीमती रमिलाले पिसिआर टेस्ट गरेको र आज आएको रीपोर्टमा उनीहरु दुबैलाई कोरोना संक्राण भएको जनाएको छन् ।

उनले आफूलाई कोरोना भएको पुस्टी भए पछि फेसबुकमा लेखेका छन्

सामान्य लक्षण देखिएकोले हिंजो मेरो र मेरो श्रीमती रमिलाको पिसिआर टेस्ट गरेका थियौं । हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो । हाम्रो स्वास्थ्य अवस्था सामान्य छ । हामीसंग सम्पर्कमा रहनुभएका सम्पूर्ण महानुभावहरुले होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउनुहोला ।

यहाँहरुको माया, आशिर्बाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्ने छौं । कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिबार्य रुपमा अबलम्बन गर्नुहुन अनुरोध गर्दछौं ।

haribansa corona


Loading comments...