Lifestyle Portal
  •   १० आश्विन २०७८, आईतवार

के हो नेट न्यूट्रयालीटी?

२१ आश्विन २०७७, बुधबार १०:३०

विश्वभरिका इन्टरनेट प्रयोगकर्तामाझ अहिले नेट न्यूट्रयालीटीको आन्दोलन चलिरहेको छ । तपाईँहरु यसप्रति कतिको सजग हुनुहुन्छ या अध्ययन गर्नुभएको छ? अहिलेको विश्वमा सरसामान किन्न देखि पढ्नसम्म इन्टरनेटको प्रयोग गरिने सन्दर्भमा नेट न्यूट्रयालीटी हामीसबैका लागि अधिकार अनि चुनौतीको कुरा हुन सक्दछ ।

suyog dhakal
लेखकः सुयोग ढकाल

सामान्य रुपमा इन्टरनेट सेवा प्रदायकले इन्टरनेटमा उपलब्ध सम्पूर्ण डाटालाई समान बितरण गर्ने अनि प्रयोगकर्ता, साम्रगी, वेबसाइट, एट्याचमेन्ट या एप्लीकेशन लगायत कुनै पनि मापदण्डमा आधारित भएर भेदभाव गर्न नपाइनु नै नेट न्यूट्रयालीटी हो । कुनै विशेष वेबसाईट या साम्रगीलाई नेट सेवा प्रदायकले जानी जानी रोक्न, सुस्त गरिदिन या बढि पैसो लिन पाँउदैनन् । यो अवधारणा कोलम्बीया विश्व बिद्यालयका प्राध्यापक टीक वु ले सन् २००३ मा ल्याएका हुन्, जसरी टेलिफोनले हरेक नम्बर र कललाई समान रुपमा साझा क्यारियरका रुपमा बितरण गर्दछ त्यस्तै इन्टरनेट पनि समान बितरक हुन जरुरी मानिएको छ ।

आउनुहोस् यस नेट न्यूट्रयालीटी अवधारणाबारे बुझौं
जब जब हामी अनलाइन आउँछौ हामीसँग निर्धारित अपेक्षाहरु हुन्छन्, जस्तै कि कुनै वेबसाईटमा कनेक्ट हुने, या हामी यो पनि अपेक्षा गर्दछौ कि मैले मेरो फोनमा राखेको डाटा र जानकारीहरु इन्टरनेट सेवा प्रदायकले दुरुपयोग या तेश्रो पक्षलाई बिक्रि नगरोस भनेर, हैन र ?

हामी फोन या कम्प्यूटरबाट जुनसुकै वेबसाइटमा गए पनि आफ्नो नियन्त्रणमा आफ्ना जानकारीहरु रहोस भनेर पनि चाहन्छौं । नेपालमा पनि फेसबुक मार्फत बिभिन्न जानकारीहरु अनि तपाइका भविष्यवाणी गरिदिने लगायतका एप्स या विजार्डहरु आँउछन् । कहिलेकाँही कुनै त्यस्ता अविश्वस्नीय एपहरुले पठाएका विजार्डले हाम्रो एकउन्ट पनि ह्याक गर्नसक्छ या नचाहीने कुराहरु शेयर भइदिने पनि हुन्छ । त्यसो हुनु हाम्रो अधिकार अनि नेट गोपनियता दुबैको हनन हो ।

“इन्टरनेटको तठस्तता हाम्रो चाहना हो”, सन् २०१५ मै एतिहासिक नेट तठस्तताको नियम कायम गर्न विश्वभरि आन्दोलन र पैरवीहरु भए । इन्टरनेट खुल्ला, तठस्त अनि प्रयोगकर्ताहरुलाई चाहेको जानकारी या साम्रगीहरु सहज हरुपमा प्राप्त गर्न प्रयोगमैत्री हुनुपर्दछ । स्वतन्त्र अभिव्यक्तिको अधिकार भनेझै स्वतन्त्र बिचरण अनि अभिव्यक्ति सहितको इन्टरनेट नै आजको आवश्यक्ता हो । बढ्दो इन्टरनेटको प्रयोगसँगै सेवा प्रदायकको प्रयोगकर्तामाथीको सूचनाको दमन कायम रहेमा भोली इन्टरनेट वास्तवमा इन्टरनेट नहुन सक्दछ । आइएसपी-Internet Service Provider ले प्रयोगकर्ताको प्रयोग क्रम हेरेर हेर्ने या नहेर्ने या कुन देखाउने या नदेखाउने भन्ने निर्धारण गर्न पाउँदैन । जसरी मोबाइलमा भएको रकम अनुसार पहुँचयोग्य सम्पूर्ण नम्बरहरु हामीले डायल गरेर बात मार्दा मोबाइल कम्पनी या दुरसञ्चार कम्पनीले केही बन्देज लगाउन पाउँदैन त्यस्तै इन्टरनेटको स्वतन्त्रता अर्थात् नेट न्यूट्रयालीटीका लागि विश्वभरि स्वतन्त्रताका आवाज बुलन्द उठीरहेका छन् ।

यदि इन्टरनेट प्रदायकले नेट प्रवाहमा कुन कुन साम्रगी देखाउने भनेर निर्धारण गर्न थाल्दछ तब इन्टरनेटमा हामीले त्यो मात्र देख्दछौ जुन हामीलाई नेट सेवा प्रदायकले देखाउँदछ । अनलाइन शपीङ गर्ने एउटा साईटले पैसो दिएको भरमा अन्य अनलाइन शपीङ साइट हाम्रोमा नदेखिएमा भोली सामान छानीछानी अनि चाहे अनुसार धेरै शपीङगर्न हामी कहाँ सकौंला र ?

स्वास्थ, शिक्षा लगायत सम्पूर्ण क्षेत्रमा यस्तो हुन सक्दछ भनेर नै नेट न्यूट्रयालीटीलाई अहिले हरेक नेट प्रयोगकर्ताको आधारभूत अधिकारकै क्रममा ब्याख्या गरिएको छ । नेपालमा पनि नेट प्रयोगकर्ता अनि आइएसपीहरु बढ्दा छन्, संसार नेटबाट चियाउने क्रममा यदि संसार चियाउने झ्याल नै साँगुरीएमा हाम्रो सूचना अनि पहूँचको पूर्णताको जवाफ कोसँग छ ? नेपाली कानून अनि ऐनले खुलेर साइबर संसार अनि विश्वव्यापी नेट चलनहरुलाई सम्बोधन गर्न सकेको पाइन्न । साइबर ल २०५६ पश्चात विश्वमा नेट अनि यसको प्रयोजनमा अभूतपूर्व परिवर्तन आएको छ, नेपाली कानूनी संरचना अनि संयन्त्रमा पनि यस्ता कुराहरु आत्मसाथ गर्न जरुरी देख्दछौं ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

(पितृपक्ष सन्दर्भमा मेरा जन्मपिता गणेशप्रसाद शर्मा तथा कर्मका मातापिता जयप्रसाद प्रसाई तथा भागीरथा प्रसाईका साथै सम्पूर्ण पितृहरूप्रति श्रद्धा समर्पण गर्दै

खड्क सुनार/न्युजकारखाना, मुगु । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिभाकत्व ग्रहण गरेकी मुगुम कार्मारोङ गाउँपालिका- ८ मांग्रीकी ठिल्ले साङमु लामालाई शैक्षिक

काठमाण्डौ, न्युजकारखाना । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी ओलीमाथि भगौडाको आरोप लगाएका छन् । वाईसीएलको दोस्रो

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाभित्रका स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालयले १० असोजदेखि भौतिक रूपमा विद्यार्थीलाई उपस्थित गराएर पठनपाठन गर्ने सक्ने भएका