Govinda_Kc

डा केसीको स्वास्थ्य अवस्था गम्भीर


काठमाडौं । अनसनरत डा केसीको स्वास्थ अवस्था गम्भीर समस्या देखीएको छ ।

उनको अहिले ब्लड प्रेसर घटेर ७० । ५० मा पुगेको अभियान्ता प्रितम सुवेदीले जानकारी दिएका छन् । सुवेदिले डा. केसीसँग उपचाररत टीमले आन्तरीक परामर्श गर्दै गरेको समेत जानकारी दिए ।

उनलाई अहिले नर्मल स्लाइन दिइएको छ । उनले स्लाइनबाहेक अन्य कुनै पनि उपचार सेवा लिन मानेका छैनन् । उनको उपचारमा खटिएका डाक्टर डा सुभाष आचार्यका अनुसार केसीलाई जुनसुकै समयमा आइसीयूमा राखेर उपचार गर्नुपर्ने हुनसक्छ ।

डा गोविन्द केसीले १९ औं अनसनको आज २४ औ दिन हो । गत भदौ २९ गते छ बुँदे माग राखेर जुम्लाको एक मन्दिरमा सत्याग्रह सुरु गरेका थिए ।

उनका मागहरु यसप्रकार रहेका छन्ः
१। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस लगायतका कार्यक्रमहरु संचालन गरियोस् । प्रधानमन्त्रीले नाजायज रुपमा रोकिराखेको उक्त प्रतिस्ठानको स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गरियोस् । गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्याएर पठनपाठन शुरू गरियोस् । प्रदेश नं दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस् ।

२। हामीसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस् ।

३। त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएको नियुक्ति सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गरियोस् । विश्वबिद्यालय, काउंसिल र प्रतिस्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शि ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस् ।

४। बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो निशुल्क सेवा सुनिस्चित गरियोस् ।

५। मास्कको प्रयोग र सामाजिक दुरीलाई अनिवार्य गर्दै पीसीआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त गरियोस् । कोभिड तथा अन्य रोगका सबै बिरामीहरुका लागि समेत उचित उपचारको व्यवस्था गरियोस् ।

सम्बन्धीत समाचारहरु

१) उधारो माग पूरा नगरिए सत्याग्रह कुनै बेला पनि शुरु हुनसक्छः डा. केसी
२) डाक्टर केशीको अनशन केही समयको लागि स्थगित
३) सत्याग्रह नं. १९ः जुम्लाको बाबिरा मष्ठो मन्दिरबाट सुरुभयो डाक्टर गोविन्द केसीको सत्याग्रह
४) डाक्टर केसीको इच्छा विपरीत अनसन स्थलबाट जबरजस्ती अस्पताल लगियो


Loading comments...