
डा. केसीसँग वार्ता गर्न सरकारद्वारा तीन सदस्यीय वार्ता समिति गठन
काठमाडौं । २४ दिनदेखि सत्याग्रहमा रहेका डा.गोविन्द केसीसँग वार्ता गर्न सरकारले अग्रसरता देखाएको छ । सरकारले बु्धबार सत्याग्रहमा रहेका केसी संग बार्ता गर्न तीन सदस्यको वार्ता समिति गठन गरेको हो ।
शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा। गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगको निर्देशक दिलिप शर्मा सदस्य रहेको वार्ता समिति गठन गरेका हुन् । शिक्षा सचिव मैनालीका अनुसार भोलीबाट नै प्रारम्भिक चरणको वार्ता सुरु हुने बताए ।
अनसनरत डा केसीको स्वास्थ अवस्था गम्भीर समस्या देखीएको छ ।
बुधबार केसीको स्वस्थ्यमा गम्भीर समस्या दखिएएको थियो । उनको ब्लड प्रेसर घटेर ७० । ५० मा पुगेको अभियान्ता प्रितम सुवेदीले जानकारी दिएका छन् ।